Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: पूर्व संचारमन्त्री एबम नेकपाका नेता गोकुल बाँस्कोटाले आईतबार नेकपामा पछिल्लो पटक विकसित राजनीतिक घटनाक्रमबारे अर्को संघिन धारणा ब्यक्त गरेका छन् । बाँस्कोटाले आज आफ्नो व्यक्तिगत सामाजिक संजाल फेसबुकमा एक इस्ट्याटस लेख्दै भनेका छन्, “सिद्धान्त र संगठनात्मक प्रणाली सहितकाे सङकट उत्पन्न भएकाे भए पाे सङ्कट मान्नु लेनदेनकाे ब्यापारीक स्वार्थमा अडेकाे एकता अर्काे सम्झाैता पछि समाधान भैहाल्छ नि।वेकारकाे हल्ला।” उनले पूर्व एमाले र पूर्व माओवादीबीच भएको पार्टी एकता एक लेनदेनको व्यापारिक स्वार्थ मात्रै भएको र यो कुनै सैधान्तिक र सांगठानिक प्रणाली नभएर यो एक व्यापारिक स्वार्थ मात्रै हो भनेका छन् । पार्टीको सांगठानिक र सैधान्तिक प्रणालीमा कुनै संकट नआएकोले हाल प्रम…
काठमाडौँ: नेपाल राष्ट्र बैंकमा ७२ अर्व रुपैयाँ बराबरको पुनकर्जाका लागि आवेदन परेको छ। असोज मसान्तसम्ममा ४४ वटा बैंक तथा वित्तीय संस्थाबाट ७२ अर्ब रुपैयाँ बराबरको पुनर्कर्जा माग गर्दै आवेदन पेश भएको हो। कोभिड–१९ का कारण प्रभावित उद्योग/व्यवसायलाई राहत दिनका लागि राष्ट्र बैंकले राहत स्वरुप पाँच प्रतिशत व्याजदरमा पुनकर्जा प्रदान गर्ने मौद्रिक नीति मार्फत घोषणा गरेको थियो। पुनर्कर्जाका लागि राष्ट्र बैंकले असोज मसान्तसम्ममा सम्बन्धित बैंकमा आवेदन दिइसक्नुपर्ने र सम्पूर्ण आवेदन संकलनपछि सम्बन्धित बैंकलाई एकमुष्ट पुनकर्जा उपलव्ध गराउने व्यवस्था गरेको छ। पुनकर्जाको लागि आवेदन दिएकाहरुलाई मंसिरभित्र ऋण दिने गरी राष्ट्र बैंकले प्रक्रिया अघि बढाएको छ। आइतबार नेपाल राष्ट्र बैंकले सम्बन्धित निकायसँग छलफल…
काठमाडौँ: पूर्वमाओवादी खेमाका नेताहरुको दाबीअनुसार केपी ओलीले माओवादीसँग सम्बन्ध विच्छेद गर्ने गृहकार्य थालेको केही प्रमाणहरु छन् । पहिलो प्रमाण : बालुवाटारमा शनिबार केपी ओली र प्रचण्डसँग भेटवार्ता भएकै दिन केही नेताहरु गोठाटारस्थित पुराना नेता प्रदीप नेपालको घरमा पुगेका थिए । प्रदीप नेपालसँगको यो भेटमा प्रधानमन्त्रीका सल्लाहकारत्रय विष्णु रिमाल, डा. राजन भट्टराई र सूर्य थापाका साथै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल र स्वास्थ्यमन्त्री भानुभक्त ढकालसमेतको सहभागिता थियो । यो भेटलाई प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ‘राजनीतिक शिष्टाचार भेट’ भनेका छन् । यो भेटमा प्रधानमन्त्री ओलीका दूत बनेर पुगेका नेताहरुले अब पूर्वमाओवादीसँग सँगै हिँड्न नसकिने अवस्था आएको भन्दै पूर्वएमालेहरुलाई मिलाउने भूमिका…
काठमाडौं: प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष प्रचण्डवीच शनिबार बालुवाटारमा ११ दिनको अन्तरालमा भेटवार्ता भयो । सो भेटवार्ताले अध्यक्षद्वयवीचको दुरी घटाउने अपेक्षा गरिएको थियो । तर, प्रधानमन्त्री ओलीको नौलो प्रस्तावका कारण नेकपाभित्र थप खैलाबैला मच्चिएको छ । शनिबारको भेटवार्तामा प्रधानमन्त्री ओलीले ‘अब आ–आफ्नो बाटो लागौं’ भन्दै प्रचण्डसँग सल्लाहमै पार्टी फुटाउने प्रस्ताव राखेको नेकपा सचिवालयका एक नेताले बताए । ‘प्रधानमन्त्रीज्यूले अस्ति फोनमा पनि प्रचण्डलाई आ–आफ्नो बाटो लागौं भन्नुभएछ, हिजो बालुवाटारको भेटमा पनि त्यसै भन्नुभएछ’ ती सचिवालय सदस्यले भने, ‘आजको फोनवार्तामा पनि प्रधानमन्त्रीज्यूले प्रचण्डलाई त्यसै भन्नुभएछ ।’ प्रचण्डले ‘कहाँ यसरी सल्लाहले पार्टी फुटाउन…
काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप २८२४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख ७३ हजार ५६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । नेपालमा पछिल्लो २४ घण्टामा १३ हजार २३ जनाको पीसीआर गरिएको मन्त्रालयले जनाएको छ । त्यसैगरी हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३७ हजार ७६५ रहेको छ । यसअघि शनिबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ७० हजार ७४३ थियो । २४ घण्टामा थप २२६४ जना कोरोना संक्रमणमुक्त पछिल्लो २४ घण्टामा थप २२६४ जना कोरोना संक्रमणमुक्त…
काठमाडौं: सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पार्टी एकता गम्भीर संकटको मोडमा पुगेको उल्लेख गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै महासचिव पौडेलले पार्टीको एकीकृत तथा अविभाज्य अस्तित्वमाथि समेत प्रश्न उठेको बताएका छन् । तर, नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले एकताको औचित्य खण्डत नहुने पनि उनले उल्लेख गरेका छन् । ‘नेतृत्व तहमा उत्पन्न अन्तरविरोधले पार्टी एकताको औचित्य खण्डित हुन सक्दैन । तसर्थ, आपसी अन्तरविरोधलाई सम्वादको कार्यसूची बनाउन, सहमतिका साथ समाधान खोज्न र पार्टी एकताको रक्षा एवम् विकासका लागि सकारात्मक योगदान गर्न समस्त नेता, कार्यकर्ता तथा सदस्य कमरेडहरुलाई अनुरोध गर्दछु ।’
काठमाडौँ: पूर्वराज्यमन्त्री खोभारी राय काठमाडौँको स्वयम्भुस्थित एक जुवा खालबाट पक्राउ परेका छन् । महानगरीय प्रहरी वृत्त स्वयम्भुको टोलीले रायसहित १० जनालाई जुवा खालबाट पक्राउ गरेको काठमाडौं प्रहरी परिसर प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले बताए । उनीहरूका साथबाट १ लाख ५३ हजार रुपैयाँ पनि बरामद भएको ज्ञवालीले जानकारी दिए । राय २०५२ सालमा शेरबहादुर देउवाको पालामा र २०५३ सालमा लोकेन्द्रबहादुर चन्दको पालामा उनी राज्यमन्त्री भएका थिए । २०६४ सालमा सर्लाही क्षेत्र नम्बर ५ बाट सांसद निर्वाचित भएका थिए ।
काठमाडौँ: कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज मन्त्री हेरफेरको तयारी गरेका छन् । मुख्यमन्त्री शाहीविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि सुरू भएको विवाद मन्त्री बर्खास्तीको तहसम्म पुग्न लागेको हो । जानकारी नदिइ संसदीय दलमा उपस्थित नभएको र नैतिकताका आधारमा राजीनामा दिन सुझाउँदा पनि नदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय दुई मन्त्रीलाई मुख्यमन्त्री शाहीले हटाउन लागेका हुन् । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावल र उद्योग, पर्यटन तथा वन, वातावरणमन्त्री नन्दसिंह बुढालाई बर्खास्तको तयारी गरेको स्रोतले बताएको छ ।
शारजहाँ: इन्डियन प्रिमियर लिग (आईपीएल) मा शनिबार क्वालिफायर १ का लागि दाबेदार रहेका दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंग्लोर दुवैले पराजय भोगे । मुम्बई इन्डियन्सले दिल्लीलाई र सनराइजर्स हैदराबादले बेंग्लोरलाई ५ विकेटले पराजित गर्यो । दिल्ली र बेंग्लोर दुवै एकतर्फी जस्तो खेलमा पराजित रहे । टस हारेपछि ब्याटिङमा आएको विराट कोहलीको कप्तानीमा रहेको बेंग्लोरले शारजहाँ क्रिकेट मैदानमा ७ विकेट गुमाई १ सय २० रनमात्र बनाउन सक्यो । जेसन होल्डरले १० बलमा १ चौका र ३ छक्काको मद्दतले अविजित २६ रन बनाएपछि हैदराबादले १४.१ ओभरमै लक्ष्य पूरा गर्यो । दिल्लीले दुबईमा ९ विकेट गुमाई बनाएको १ सय १० रनको झिनो स्कोरलाई मुम्बईले पनि १४.२ ओभरमै पूरा…
काठमाडौँ: सार्वजनिक सवारी साधनमा भाडादरको विवरण नराख्नेलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले कारबाही गर्न सुरु गरेको छ। महाशाखाले भाडादर टाँसे/नटाँसेको विषयमा जाँच अभियान नै सञ्चालन गरिएको जनाएको छ। अभियानको पहिलो दिन शनिबार चार सय २९ सवारी साधनमा भाडादर टाँस्न लगाइएको छ। सार्वजनिक सवारी साधनले नियमविपरीत चर्को भाडा लिने गरेको गुनासो आएपछि त्यसको व्यवस्थापन गर्न र यात्रुलाई गन्तव्यसम्मको भाडादर थाहा पाउन सहयोग पुगोस् भन्ने उद्देश्यले यो अभियान थालिएको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए। यात्रुबाहक सवारी साधनले तोकेकोभन्दा बढी भाडा लिने, आरक्षण सिट नराख्ने र राखे पनि कार्यान्वयन नगर्ने, क्षमताभन्दा बढी यात्रु राख्ने र ट्राफिक नियम उल्लङ्घन गर्ने…
