Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
    • मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
    • आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Thursday, November 19
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » आईपीएल: आरसिवी बाहिरिने संकेत

    आईपीएल: आरसिवी बाहिरिने संकेत

    पहिलोक्लिकपहिलोक्लिकNovember 1, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    शारजहाँ: इन्डियन प्रिमियर लिग (आईपीएल) मा शनिबार क्वालिफायर १ का लागि दाबेदार रहेका दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बेंग्लोर दुवैले पराजय भोगे । मुम्बई इन्डियन्सले दिल्लीलाई र सनराइजर्स हैदराबादले बेंग्लोरलाई ५ विकेटले पराजित गर्‍यो । दिल्ली र बेंग्लोर दुवै एकतर्फी जस्तो खेलमा पराजित रहे ।

    टस हारेपछि ब्याटिङमा आएको विराट कोहलीको कप्तानीमा रहेको बेंग्लोरले शारजहाँ क्रिकेट मैदानमा ७ विकेट गुमाई १ सय २० रनमात्र बनाउन सक्यो । जेसन होल्डरले १० बलमा १ चौका र ३ छक्काको मद्दतले अविजित २६ रन बनाएपछि हैदराबादले १४.१ ओभरमै लक्ष्य पूरा गर्‍यो । दिल्लीले दुबईमा ९ विकेट गुमाई बनाएको १ सय १० रनको झिनो स्कोरलाई मुम्बईले पनि १४.२ ओभरमै पूरा गरेको थियो ।

    अन्तिम खेलमा शीर्ष स्थानको मुम्बईमाथि विजय हात पारेमा हैदराबाद प्लेअफमा सुनिश्चित् हुनेछ । दिल्लीमाथिको जितले मुम्बईको क्वालिफायर १ को औपचारिकतालाई पूरा गरेको थियो । अन्तिम खेलमा दिल्लीसँग पराजित भएमा बेंग्लोर प्लेअफबाटै बाहिरिन पनि सक्छ । दिल्ली र बेंग्लोरबीचको खेलमा पराजित हुने टोलीलाई किंग्स इलेभेन पञ्जाबले उछिन्न सक्ने छ । पञ्जाबले आइतबार पुछारको टोली चेन्नई सुपर किंग्ससँग खेल्ने छ ।

    १३ खेलको समाप्ति र १ खेल खेल्न बाँकी रहेको अवस्थामा मुम्बई १८, बेंग्लोर र दिल्ली १४–१४, हैदराबाद, पञ्जाब, राजस्थान रोयल्स र कोलकाता नाइट राइडर्सको १२–१२ अंकसहित क्रमश पहिलोदेखि सातौं स्थानमा रहेका छन् । दोस्रोदेखि सातौं स्थानमा रहने ६ टोली प्लेअफका दाबेदारका रूपमा रहेका छन् । १० अंक रहेको चेन्नई यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकेको छ । प्लेअफका लागि अर्को महत्त्वपूर्ण खेल आइतबार कोलकाता र राजस्थानका बीच हुनेछ ।

    शारजहाँको सानो मैदानमा ठूलो स्कोर बन्ने अपेक्षा गरिएको थियो तर परिणाम त्यसको ठीक उल्टो आएको थियो । सन्दीप शर्माले बेंग्लोरका देवदत्त पाडिक्कललाई ५ रनमा बोल्ड गरे । सन्दीपले कप्तान कोहलीलाई ७ रनमा आउट गरी हैदराबादलाई ठूलो सफलता दिलाए । ओपनर जोस फिलिप्सले ३१ बलमा ३२ रन बनाए । एबी डी भिलियर्सले २४ बलमा २४ रन बनाए । साहबाज नदिमले डी भिलियर्सको विकेट लिएपछि हैदराबादले खेल नियन्त्रणमा लिएको थियो ।

    Facebook Comments Box

    आरसिवी बाहिरिने संकेत
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली

    November 18, 2026

    मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।

    November 18, 2026

    आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?

    November 18, 2026

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.