Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: नेपाल विद्युत प्राधिकरणले यस वर्ष पनि ‘डबल ए प्लस– ब्ब्ं’ रेटिङ पाएको छ । इक्रा नेपाल लि.ले प्राधिकरणको रेटिङ गरी ‘इक्रा एनपी डबल ए प्लस’ स्तरको रेटिङ प्रदान गरेको छ । योसँगै प्राधिकरणले लगातार तेस्रोपटक डबल ए प्लस रेटिङ पाएको छ । प्राधिकरणको वित्तीय अवस्था, सम्पत्ति, व्यवसायिक तथा वित्तीय जोखिमहरुको विश्लेषण, व्यवस्थापकीय क्षमता, सञ्चालन प्रभावकारितामा प्रभाव पार्ने आन्तरिक तथा वाह्य वातावरणीय तत्वहरुलगायतको विश्लेषण गरी रेटिङ गरिएको हो । डबल ए प्लस रेटिङ प्राप्त गर्ने संस्थाको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमै वहन गर्न सक्ने उच्च क्षमता सुरक्षित रहन्छ । डबल ए प्लस रेटिङ पाउने संस्थासँगको वित्तीय कारोबारमा ज्यादै न्यून…

Read More

काठमाडौँ: आइतबार सुनको मूल्य प्रतितोला २७ सय रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला ४०० रुपैयाँले बढेको सुनको मूल्य आज २७ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुन प्रतितोला एक लाख ६७ हजार ५०० सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार सुन प्रतितोला एक लाख ७० हजार २०० सय रुपैयाँ निर्धारण गरिएको थियो । चाँदी आइतबार एक हजार नौ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी एक हजार नौ सय ७० रुपैयाँ निर्धारण गरिएको थियो । नेपालमा अन्तर्राष्ट्रिय बजारको आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्ने गरिएको छ । आइतबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस २ हजार…

Read More

काठमाडौँ: नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । यस्तै डिजेल तथा मट्टितेलको मूल्य घटाएको छ । निगमका अनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँ बढेको छ भने डिजेल तथा मट्टितेलको मूल्य ४ रुपैयाँ घटेको छ । इन्डियन आयल कर्पोरेशनले पठाएको नयाँ खरिद मुख्यअनुसार शनिबार पेट्रोलको ५८ पैसा बढेर र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँ ५९ पैसा घटेर आएकाले सोहीअनुसार मूल्य समायोजन गरिएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । नयाँ मूल्य आइतबारदेखि लागू हुनेछ । निगमका अनुसार नयाँ मूल्यअनुसार आइतबारदेखि काठमाडौँमा पेट्रोलको १६८ रुपैयाँ र डिजेल र मट्टितेलको १५६ रुपैयाँ प्रतिलिटर पर्ने भएको छ ।

Read More

काठमाडौँ: गृहमन्त्री रमेश लेखकले सरकारले ल्याएको अध्यादेशहरु छिटै पारित हुने बताएका छन्। फागुन ६ गते बस्ने राष्ट्रिय सभाको बैठकबाट अध्यादेशको प्रक्रिया अघि बढाइने बताएका हुन्। सरकारले जारी गरेको अध्यादेहरू संघीय संसदको दुवै सदनका दर्ता भइसकेको र सत्तापक्षीय दलहरुबीच पारित गर्ने सहमति बनेको उल्लेख गरे। सत्तारुढ दलहरुबीच सरकारले ल्याएको अध्यादेशहरु पारित गर्ने बारेमा शनिबार छलफल भएको हो। छलफल सकारात्मक रहेको र अध्यादेश छिटै स्वीकृत हुने मन्त्री लेखकले बताए। गृहमन्त्री लेखकले भने, ‘सरकारले जारी गरेको अध्यादेहरु संघीय संसदको दुवै सदनका दर्ता भएका छन्। ति अध्यादेशहरु संघीय संसदको दुवै सदनबाट स्वीकृत गराउनुपर्ने भएकाले त्यसै विषयमा केन्द्रित भएर छलफल भएको छ। अरु समसामयिक राजनीतिक…

Read More

काठमाडौँ: पोखरामा बेलुन फुट्दा घाइते भएका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा महानगरका प्रमुख धनराज आचार्यको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार सुरु भएको छ। उपप्रधानमन्त्री पौडेल र मेयर आचार्यको सघन उपचार कक्षमा उपचार भइरहेको अस्पतालले जनाएको छ। ‘उहाँहरुको प्रारम्भिक मूल्यांकन अनुसार ५–६ प्रतिशत जलेको तर अनुहारमा जलन भएकोले स्वासनली र फोक्सोमा असर पर्न सक्ने सम्भावना रहेकोले उच्च निगरानीमा उपचार गर्नुपर्ने आवश्यकता देखिन्छ’ अस्पतालले शनिबार विज्ञप्ति जारी गरेर भनेको छ। पौडेल र आचार्यको उपचारमा प्राडा विडी झा, डा प्रविण गिरी तगायतका सघन उपचार कक्षको टोली, प्राडा शंकर मान राई, डा विशाल कार्की, डा मनिष यादव लगायतको जलन विशेषज्ञहरुको टोली, डा प्रयुस…

Read More

काठमाडौं: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले भारत र बंगलादेशसँग गरेको त्रिदेशीय विद्युत ब्यापार सम्झौता कोशेढुंगा भएको बताउनुभएको छ । स्वतन्त्र उर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का पदाधिकारीहरुसँग आज भएको भेटमा उहाँले यस्तो धारणा राख्नुभएको हो ।अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको रुपमा भारत भ्रमण गर्दा भारतीय कमकक्षीसँग त्रिदेशीय विद्युत व्यापारको सहमति गर्नुभएको थियो । ‘भारत र बंगलादेशसँग मैले धेरै नै मेहनत गरेर विद्युत व्यापार सम्झौता गरेको थिएँ, यो नेपालको समृद्धिका लागि कोशेढुंगा नै हो’– उहाँले भन्नुभयो– ‘हामीले जलविद्युत उत्पादनमा गुणात्मक वृद्धि गरी भारत, चीन, बंगलादेश लगायतलाई देशलाई विक्री गरेर समृद्धिको सपना पूरा गर्न सक्नेछौं ।’भारतहुँदै बंगलादेशमा विद्युत निर्यात गर्ने र भारतलाई…

Read More

काठमाडौं: ऊर्जा जलस्रोत तथा सिंचाइमन्त्री दीपक खड्का र भारतका जलशक्तिमन्त्री सीआर पाटिलबीच भेटवार्ता भएको छ। ‘इण्डिया इनर्जी वीक-२०२५’ मा भाग लिन भारतको नयाँदिल्ली पुगेका मन्त्री खड्काले बिहिबार भारतका समकक्षी पाटिलसँग श्रमशक्ति भवन नयाँदिल्लीमा भेटवार्ता गरेका हुन् । पञ्चेश्वर बहुउदेश्यीय आयोजनाको डिपिआर चाँडो फाइनल गरेर आयोजना अघि बढाउने सहमति भएको भेटमा सहभागी ऊर्जा मन्त्रालयका वरिष्ठ उर्जा विज्ञ प्रवल अधिकारीले जानकारी दिए । भेटमा टनकपुरदेखि नेपाल-भारत सिमानासम्मको लिंक नहर निर्माण सम्पन्न भइसकेको तर पानी सञ्चालन कार्यविधि चाँडै अन्तिम रुप दिई महाकाली सन्धीअनुसार पानी छाड्ने सहमति भएको छ । यस्तै, बाढी र डुबान व्यवस्थापनको लागि संयुक्त समितिको १४ औं बैठक आगामी मार्च २२…

Read More

काठमाडौं: स्थानीय बजारमा सुनचाँदीको मूल्य बढेको छ । बिहीबार सुन प्रतितोला दुई हजार ३०० रुपैयाँले बढेको हो । बुधबार प्रतितोला सुन एक लाख ६७ हजार ५०० रुपैयाँमा कारोबार भएकामा बिहीबार सोही परिमाणको सुनको मूल्य एक लाख ६९ हजार ८०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसैगरी, चाँदी प्रतितोला ३५ रुपैयाँले बढेको छ । आजका लागि प्रतितोला चाँदीको मूल्य एक हजार नौ सय ६५ रुपैयाँ निर्धारण गरिएको छ ।

Read More

काठमाडौः स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नसर्ने रोगहरुबिरुद्ध निरोधात्मक विधि प्रवद्र्धन गर्ने उद्देश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट आरम्भ गरेको निःशुल्क स्क्रिनिङ अभियान सफल पार्न सबैमा अपिल गरेका छन् । एक सन्देश जारी गर्दै उनले नेपालमा हुने मृत्युको लगभग तीन चौथाई अनुपात नसर्ने रोगले ओगटेको भन्दै यसमा जलवायु परिवर्तन तथा बढ्दो सहरीकरणका कारण थप जटिलता थपिएको उल्लेख गरेका छन् । यसै समस्यालाई सम्बोधन गर्न सामुदायिक सहभागिता सहित अभियानका रुपमा स्थानीय तहबाट स्वास्थ्य प्रवद्र्धनात्मक, प्रतिकारात्मक एवम् उपचारात्मक सेवालाइ व्यवस्थित गर्न आवश्यक भएको महसुस गरे पछि आफूले सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा उपचारात्मक सेवा व्यवस्थित गरेसँगै निरोधात्मक विधिबाट नागरिकलाई रोगको दुष्चक्रबाट…

Read More

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले बबरमहलमा मेलम्ची खानेपानीको मुख्य पाइप फुट्नुमा आफूहरूको गल्ती रहेको स्वीकार गरेको छ । बुधबार दिउँसो बबरमहलमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुटेर पानी जलमग्न बनेको छ । यो क्षेत्रमा विद्युत् प्राधिकरणले सडकमा विद्युत्‌लाइन भूमिगतको काम गरिरहेको थियो । उक्त काम गर्ने क्रममा पाइलट ड्रिलिङपछि रिमिङ गर्दा असावधानीवस पाइपलाइनमा क्षति पुगेको विद्युत् प्राधिकरणले स्वीकार गरेको छ । उक्त विद्युत् भूमिगतको काम निर्माण कम्पनी के.ई.आईले गरिरहेको छ ।

Read More