Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोभिड १९ रोकथाम तथा नियत्रणका लागि सरकार गम्भीर नभएको भन्दै आन्दोलन गर्ने भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवाले सरकार कोभिड १९ रोकथाम तथा नियत्रणका लागि गम्भीर नभएकोले दसैं लगत्तै विरोधका औपचारीक कार्यक्रम घोषणा गरी आन्दोलन गर्ने बताएका हुन् । काँग्रेसले गठन गरेको कोभिड १९ सम्बन्धी अनुगमन समितिले तयार पारेको प्रतिवेदन बुझेपछि सभापति देउवाले दसैं लगत्तै संसदभित्र र बाहिर देशैभर सशक्त विरोध कार्यक्रम गर्ने बताए । कोभिड १९ संक्रमणबाट जनताको जीवन बचाउन सरकार जिम्मेवार नबन्दा संक्रमण महामारीको रुपमा फैलिएको उनले बताए । सरकार संक्रमण रोकथाम तथा नियन्त्रणका लागि काम गर्नभन्दा पनि भ्रष्टाचार गर्नमा तल्लिन…
काठमाडौं: सिम्रिक एयरले कोरोना संक्रमितहरुकाे उद्धारका लागि एयर एम्बुलेन्स सेवा सुरु गरेको छ । पहिलो पटक सिम्रिक एयरको हेलिकोप्टरले सोमबार बुटवलबाट एक कोरोना संक्रमितलाई हृयाम्स अस्पताल ल्याएको थियो । सरकारले हालै मात्र सुरक्षा मापदण्ड अपनाएर हेलिकप्टरबाट उद्दार गर्नेसम्बन्धी मापदण्ड बनाएको थियो । सिम्रिक एयरले आफ्नो पाँचमध्ये दुई वटा हेलिकप्टर कोरोना संक्रमितको उद्धारका लागी छुट्याएको जनाएको छ । नागरिक उड्डयन प्राधिकरणले गत सोमबार नै सूचना जारी गर्दै सिम्रिक एयरको हेलिकोप्टरलाई कोरोना भाइरस संक्रमितको उद्धार गर्न अनुमति प्रदान गरेको जानकारी गराएको थियो ।
काठमाडौँ: काठमाडौं उपत्यकामा थप २ हजार ४ सय २ जनामा कोरोना भाइरसका संक्रमित थपिएका छन्। शुक्रबार स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार ४ सय २ जनामा कोरोना पुष्टि भएको हो। त्यसमध्ये काठमाडौंका १ हजार ७ सय ८४ जना, भक्तपुरका २ सय ४४ जना र ललितपुरका ३ सय ७४ जना छन्। उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो।
काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप ४३९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या १ लाख २६ हजार १३७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले शुक्रबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । मन्त्रालयका अनुसार नेपालमा हालसम्म सक्रिय कोरोना संक्रमितको संख्या ३७ हजार ३८२ रहेको छ । यसअघि विहीबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या १ लाख २१ हजार ७४५ थियो । पछिल्लो २४ घण्टामा थप ३५२२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ८८ हजार ४० पुगेको छ । उनीहरू देशका…
काठमाडौं: २५ मेगावाटको सेती नदी जलविद्युत आयोजनाले लगानी जुटाएको छ । कास्कीको सेती नदीमा निर्माण सुरु भएको आयोजनामा एनएमबी बैंकको अगुवाईमा ३ बैंक तथा वित्तीय संस्थाले साढे ३ अर्ब रुपैयाँ ऋण लगानी गर्न लागेका हुन् । आयोजनामा एनएमबिसहित कर्मचारी सञ्चय कोष र कृषि विकास बैंकले ऋण लगानी गर्ने प्रतिवद्धता जनाएका छन् । बैंक र आयोजनाको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीबीच बिहीबार वित्तीय व्यवस्थापन सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौताअनुसार अगुवाई गरेको एनएमबि बैंक एक्लैले २ अर्ब २० करोड रुपैयाँ आयोजनामा लगानी गर्न लागेको कम्पनीका अध्यक्ष जगतबहादुर पोखरेलले बताए । उनले कर्मचारी सञ्चय कोषले ८० र कृषि विकास बैंकले ५० करोड…
काठमाडौं: नेपालमा पछिल्लो २४ घण्टामा थप १७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ७१५ पुगेको छ ।
काठमाडौं: ‘बुढी गण्डकी आयोजनामा अर्बौ भ्रष्टाचार भएको’ भन्ने डा बावुराम भट्टराइको अभिब्यक्तिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले खण्डन गरेका छन् । ६५ औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भने–‘हामि त्यस्तो गैह्रम्मिेजार र अनैतिक हुन सक्दैनौ, त्यस्ता हर्कत हामी गर्न सक्दैनौ। ।’ डा. भट्टराईले केही दिनअघि प्रधानमन्त्री ओली र प्रचण्ड सहितका ठुला नेताले बुढीगण्डकी आयोजनाको अर्बौ रकम बाँडेर भ्रष्टाचार गरेको आरोप लगाएका थिए । आफ्नो सरकारले भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको निति लिएको दावी गर्दै ओलिले भट्टराईप्रति संकेत गर्दै भने–‘केहीले गैह्रजिम्मेवार तरिकाले बोलेर हिँडेको सुनेँ, कार्यारम्भ नै नभएको कसले कसरी काम गर्छ भन्ने टुंगो नभएको आयोजनामा…
काठमाडौं: साल्ट ट्रेडिङ्ग कर्पोरेशन (एसटीसी) ले आयात गरेको चिनी एक हप्ता भित्र नेपाल आउने अपेक्षा गरिएको छ । भारतीय आपूर्तिकर्ताले चिनी पठाउने प्रक्रिया सुरु गरिसकेको छ र यो एक हप्ता भित्र नेपाल आउने अपेक्षा गरिएको एसटीसीका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले बताइन् । एसटीसीले झन्डै दुई महिना अघि चिनी आयातका लागि १५ दिनको म्याद राखेर बोलपत्र माग गरेको थियो । तर पहिलो पटक निकालिएको बोलपत्रमा कुनै पनि आसयापत्र छनोट नभएपछि एसटीसीले पुन:टेन्डर सूचना जारिगरेको थियो । सरकारले सार्वजनिक संस्थान एसटीसी र खाद्य व्यवस्थापन तथा ट्रेडिङ्ग कम्पनीलाई ५० प्रतिशत भन्सार दरमा ३०,००० मेट्रिक टन चिनी आयात गर्न अनुमति दिएको थियो ।…
काठमाडौं: विहीबारको मन्त्रिपरिषद् बैठकले ९ जना सचिवको सरुवा गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ नवनियुक्त मन्त्रीसहित बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरूको सरुवा गरेको हो । सिँचाइ सचिव रवीन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा हुँदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई जल तथा ऊर्जा आयोगमा पुगेका छन् । जल तथा ऊर्जा आयोगका सचिव रमेशप्रसाद सिंहलाई सहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ । तत्कालीन सचिव केदारबहादुर अधिकारीको अवकासपछि रिक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयको जिम्मेवारी सचिव एकनारायण अर्याललाई दिइएको एक मन्त्रीले बताए । उनका अनुसार काठमाडौं महानगरपालिका सचिव अर्याललाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको…
काठमाडौँ: मुलुकका केही प्रदेशको मौसममा आंशिक बदली भएको छ । महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिक बदली भई आज एकाध ठाउँमा आज दिउँसो र राति हल्का वर्षाको सम्भावना छ । प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा दिउँसो र राति हल्का हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । अन्यत्र भने मौसम सफा रहने जनाइएको छ ।
