काठमाडौं: साल्ट ट्रेडिङ्ग कर्पोरेशन (एसटीसी) ले आयात गरेको चिनी एक हप्ता भित्र नेपाल आउने अपेक्षा गरिएको छ
।
भारतीय आपूर्तिकर्ताले चिनी पठाउने प्रक्रिया सुरु गरिसकेको छ र यो एक हप्ता भित्र नेपाल आउने अपेक्षा गरिएको एसटीसीका प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले बताइन्
।
एसटीसीले झन्डै दुई महिना अघि चिनी आयातका लागि १५ दिनको म्याद राखेर बोलपत्र माग गरेको थियो ।
तर पहिलो पटक निकालिएको बोलपत्रमा कुनै पनि आसयापत्र छनोट नभएपछि एसटीसीले पुन:टेन्डर सूचना जारिगरेको थियो ।
सरकारले सार्वजनिक संस्थान एसटीसी र खाद्य व्यवस्थापन तथा ट्रेडिङ्ग कम्पनीलाई ५० प्रतिशत भन्सार दरमा ३०,००० मेट्रिक टन चिनी आयात गर्न अनुमति दिएको थियो
।
साल्ट ट्रेडिङ्ग कर्पोरेशनको दोश्रोपटक गरेको बोलपत्रमा भारतको रेणुका सुगर मिल प्राइवेट लिमिटेडले २०,००० टन चिनी आपूर्तिका लागि छनोट भएको थियो ।
“हामीलाई आशा छ कि आपूर्तिकर्ताले दुई दिनभित्र यसको कारखानाबाट चिनी पठाउँनेछ र यो एक हप्तामा नेपालगञ्ज बन्दरगाहमा आइपुग्नेछ,” उनले भनिन्।
बोलपत्र पुन:निकाल्नु पर्दा चिनीको आयात गर्न झन्डै १५ दिन ढिला भएको उनको भनाई छ ।
लक्ष्य अनुसार चिनी आयात गर्न केही ढिलाइ भए पनि बजारमा चिनीको कुनै समस्या छैन किनकि निजी क्षेत्रसंग चिनीको पर्याप्त भण्डार रहेको उनले बताइन् ।
“हामीले पनि ग्राहकलाई सुपथ पसल मार्फत छुटमा प्रतिव्यक्ति चार किलोको दरले चिनी बेचिरहेका छौ,” उनले भनिन ।
एसटीसीले आयात गर्ने चिनी दशैंपछि बजारमा जाने उनको भनाई छ ।
दशैं उत्सवको तुलनामा तिहारमा चिनीको माग बढ्नेछ।
दशैं र तिहारका लागि करीव २५००० मेट्रिक टन चिनी आवश्यक पर्ने भएपनि कोरोन महामारीको बीचमा धेरै होटेल र रेष्टुरेन्टहरू बन्द हुँदा यस वर्ष चिनीको माग घट्ने उनले बतईन् ।
Facebook Comments Box