Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: रोल्पाको लुङ्ग्री गाउँपालिका १ पाँङ ऐपेमा पहिरोले घर पुरिँदा ओछ्यानमा सुतिरहेको अवस्थामा दुई बालकको मृत्यु भएको छ। स्थानीय ज्ञानसिंह घर्ती मगरका छोराद्वय ८ वर्षका छोरा अमर र ११ वर्षका युवराजको पहिरोमा पुरिएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काले जानकारी दिए। हजुरबुवा, हजुरआमा र आमासँगै सुतेका उनीहरुको माथिबाट खसेको पहिरोले घर पुर्दा मृत्यु भएको हो। मृतक बालकका बुवा भने रोजगारीको शिलशिलामा भारतमा छन्। बालकका आमा, हजुरआमा र हजुरबुवालाई भने खासै चोट नलागेको प्रहरीले जनाएको छ।

Read More

काठमाडौँ: नेपाल गुणस्तर तथा नापतौल विभागले ताेकिएकाे गुणस्तरअनुरुप उत्पादन नगर्ने दुई उद्योगलाई कारवाही गरेको छ। विभागले विभिन्न उद्योगमा गरेको बजार अनुगमनका क्रममा जगदम्बा स्टील्स प्रालि बारा र मङ्गला सिमेन्ट उद्योग प्रालि धादिङलाई कारवाही गरेको हो। नेपाल गुणस्तरअनुरुप उत्पादन नगरेकाले ती उद्योगलाई कारवाही गरिएको विभागले जनाएको छ। विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले विभिन्न उद्योगबाट उत्पादित वस्तुको गुणस्तर नापतौल विभागको प्रयोगशालामा परीक्षण गराउँदा ती उद्योगले नेपाल गुणस्तरअनुरुप उत्पादन नगरेकाले कारवाही गरिएको जानकारी दिए। विभागले नेपाल गुणस्तर (प्रमाण चिह्न) ऐन, २०३७ तथा नियमावली २०४० को नियम (१६) अनुसारको कानूनी कारवाही प्रक्रिया अगाडि बढाएको हो। जगदम्बा स्टील्सको सङ्कलित नमूनामा कार्बनको मान…

Read More

चितवन: भरतपुर अस्पतालमा मृत्यु भएका तीनमध्ये एक जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमण हुनेमा रत्ननगर नगरपालिका वडा नम्बर २ का ४६ वर्षीय पुरुष रहेका छन् । अस्पतालको आकस्मीक कक्षमा आइपुग्दा बिहिबार राती उनको मृत्यु भएको थियो । मृत्यु पछि गरिएको नमुना परिक्षणमा उनमा कोरोना पुष्टि भएको हो । अन्य दुई जनाको भने नतिजा नेगेटिभ आएको छ । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार शुक्रबार बिहान मृत्यु भएकी राप्ती नगरपालिका वडा नम्बर ४ की १८ वर्षीया युवतीको नतिजा नेगेटिभ आएको छ । उपचारका लागि अस्पताल आईपुग्दा उनको मृत्यु भएको थियो । बिहीबार दिउँसो सघन उपचार कक्षमा खैैरहनी नगरपालिकाकी २२…

Read More

काठमाडौं: नेपाली चलचित्रका सम्पादक अनिल गौतमको सडक दुर्घटनामा मृत्यु भएको छ । गए राति १०ः ५५ बजे बानेश्वरबाट कौसलटारस्थित निवास फर्कने क्रममा तीनकुनेस्थित मुन्नी भैरव नजिक उनी चढेको बा २९ प १४७९ नम्बरको मोटरसाइकललाई प्रदेश ३–०१–००३ क ४५६३ नम्बरको टिपरले ठक्कर दिदा उनको मृत्य भएको हो । दुर्घटनापछि बानेश्वरको सिभिल अस्पताल पुर्याइएको गौतमको उपचारको क्रममा निधन भएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । टिपर चालक अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् । चलचित्र बिकाश कम्पनीलगायत बिभिन्न ठाउँमा रहेर  थुप्रै नेपाली चलचित्रको सम्पादन गरेका गौतम पछिल्लो समय प्राइम टेलिभिजनसँग आवद्ध रहेका थिए ।

Read More

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्माओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी फुटाउने र दुर्घटनातर्फ लैजाने षड्यन्त्रलाई विफल बनाएको दावी गरेका छन् । स्थगित भएको झण्डै डेढ महिनापछि शुक्रबार ५ घण्टा बसेर समापन भएको स्थायी समिति बैठकको सुरुमै आफ्नो धारणा राख्दै प्रधानमन्त्री समेत रहेका ओलीले पार्टी भित्रको विवाद समाधान गर्न यो बैठक सफल हुने धारणा राखेका थिए । उनले बैठकले पार्टीमा नयाँ उचाईको एकताको संकल्पसहित निश्कर्ष निकाल्ने विश्वास व्यक्त गर्दै पार्टीलाई कमजोर बनाउने र तोडफोड गर्ने देशीविदेशी तथा प्रतिकृयावादी शक्तिहरुको चाहनालाई असफल बनाउन बैठक सफल हुनेमा आफु विश्वस्त रहेको बताएका थिए । बैठकको…

Read More

काठमाडौँ: भक्तपुरमा एउटै घरमा तीन जनाको शव भेटिएको छ । प्रहरीका अनुसार एकाघरमा श्रीमान, श्रीमती र छोराको शव भेटिएको हो । शुक्रबार साँझ भक्तपुरको मध्यपुर ठिमी नगरपालिका–९ निकोसेराका सुदीप अधिकारी उनकी श्रीमती सुशीला अधिकारी र छोरा सुशान्तको शव मृत फेला परेका हो । साथै एउटा कुकुर पनि मरेको अवस्थामा भेटिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले रातोपाटीलाई जानकारी दिए । भक्तपुरको मध्यपुर थिमी नगरपालिका– ९ निकोसेरामा तीन जनाको शव गन्हाएको अवस्थामा भेटिएको एसएसपी थापाले पुष्टि गरे । उनीहरुको हत्या भएको हुनसक्ने प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), अपराध महाशाखाको टोली र भक्तपुर प्रहरी पुगेर…

Read More

काठमाडौँ: जिल्ला प्रशासन कार्यालय काठमाडौँले केही सीमित परीक्षा सञ्चालनमा सहजीकरण गरेको छ । कोभिड–१९ सङ्क्रमण रोकथामका लागि जारी निषेधको आदेशलाई केही खुकुलो बनाइएको काठमाडौँ प्रशासनले आज एक विज्ञप्ति जारी गरी अति आवश्यक परीक्षा सञ्चालन गर्न सकिने जनाएको छ । व्यावसायिक अंग्रेजी परीक्षा, टोफेल÷आइइएलटिएस, जिआरइ, जिएलएफडब्लु, जिम्याट, भाषा परीक्षालगायतका परीक्षा सञ्चालन गर्न सकिने विज्ञप्तिमा जनाइएको छ । उक्त परीक्षा भदौ ३ गतेदेखि बन्द भएको थियो । भदौ २४ गते आदेशमा केही हेरफेर गरी खुकुलो बनाउँदै व्यापार, व्यवसाय तथा अन्य सेवा क्षेत्र चलायमान गरिएको थियो तर परीक्षाको विषयमा उल्लेख नभएपछि आज प्रशासनले विज्ञप्तिमार्फत परीक्षा सञ्चालनमा सहजीकरण गरेको जनाएको हो । तोकिएका…

Read More

काठमाडौँ: भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले जग्गाको कित्ताकाट सम्पूर्ण रुपमा खुला गरिएको नभई थप व्यवस्थित र कानूनबमोजिम मात्र बनाउन खोजिएको स्पष्ट पारेको छ । मन्त्रालयले आज यहाँ पत्रकार सम्मेलन गरी सर्वोच्च अदालतबाट यस विषयलाई कानून बनाई व्यवस्थित गर्न जारी भएको आदेश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुझावका आधारमा कित्ताकाटसम्बन्धी कार्यलाई भूउपयोग ऐन, स्थानीय सरकार सञ्चालन ऐनलगायत विषयलाई आधार मानी कित्ताकाट थप व्यवस्थित र कानूनबमोजिम मात्र बनाउन खोजिएको जनाएको छ । हाल लागू गरिएको भूउपयोग ऐनमा जग्गाको वर्गीकरण गरी कृषियोग्य जग्गाको अन्य प्रयोजनका लागि खण्डीकरण गर्न नपाउने व्यवस्था गरिएको हुँदा यसलाई कित्ताकाट खुला गरिएको भन्न नमिल्ने पनि…

Read More

काठमाडौँ: काठमाडौं उपत्यकामा थप ६ सय ९६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा थप ६ सय ९६ जना संक्रमित थपिएको हो। तीमध्ये काठमाडौंका ६ सय २० जना, ललितपुरका ३८ जना र भक्तपुरका ३८ जना छन्। अहिलेसम्म काठमाडौंमा ८ हजार १ सय ६ जना, ललितपुरमा एक हजार ५४ र भक्तपुरमा आठ सय ५२ जनामा संक्रमण देखिएको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ४ सय ५४ जना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको छ। त्यस्तै, पछिल्लो २४ घण्टामा यसको संक्रमणबाट थप ५ जनाको मृत्यु…

Read More

काठमाडौँ: विश्वप्रसिद्ध ट्राभल वेबसाइट ‘ट्रिप एडभाइजर’ ले नेपालको बुद्ध एयरलाई ‘ट्रिप एडभाइजर ट्राभलरस च्वाइस, २०२० अवार्ड’ प्रदान गरेको छ । देशको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुद्ध एयरले पर्वतीय उडान (माउण्टेन फ्लाइट) मार्फत उक्त अवार्ड पाएको हो । यो अवार्ड बुद्धले निरन्तर तेस्रो पटक पाएको हो । बुद्धले यसअघि सन् २०१९ र २०१८ मा पनि अवार्ड जितेको थियो । प्रसिद्ध ट्रिप एडभाइजर ट्राभलरस च्वाइस अवार्ड पाउने नेपालको एक मात्र एयरलाइन्स हो । बुद्धले दैनिक आधादर्जन माउण्टेन फलाइट गर्ने गरेको छ । आन्तरिकतर्फ कम्पनीले दैनिक १०० उडानमार्फत छ हजार यात्रु व्यवस्थापन गर्दै आएको छ । बुद्ध एयरसँग आन्तरिक उडानका लागि ११ एटिआर…

Read More