Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Wednesday, November 11
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » स्थायी कमिटी बैठक सम्पन्न, दुई अध्यक्षको निष्कर्ष- पार्टीमा फुट ल्याउन खोज्नेलाई परास्त गर्यौं

    स्थायी कमिटी बैठक सम्पन्न, दुई अध्यक्षको निष्कर्ष- पार्टीमा फुट ल्याउन खोज्नेलाई परास्त गर्यौं

    पहिलोक्लिकपहिलोक्लिकSeptember 11, 2020No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

     

    काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्माओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी फुटाउने र दुर्घटनातर्फ लैजाने षड्यन्त्रलाई विफल बनाएको दावी गरेका छन् ।

     

    स्थगित भएको झण्डै डेढ महिनापछि शुक्रबार ५ घण्टा बसेर समापन भएको स्थायी समिति बैठकको सुरुमै आफ्नो धारणा राख्दै प्रधानमन्त्री समेत रहेका ओलीले पार्टी भित्रको विवाद समाधान गर्न यो बैठक सफल हुने धारणा राखेका थिए ।

    उनले बैठकले पार्टीमा नयाँ उचाईको एकताको संकल्पसहित निश्कर्ष निकाल्ने विश्वास व्यक्त गर्दै पार्टीलाई कमजोर बनाउने र तोडफोड गर्ने देशीविदेशी तथा प्रतिकृयावादी शक्तिहरुको चाहनालाई असफल बनाउन बैठक सफल हुनेमा आफु विश्वस्त रहेको बताएका थिए ।

    बैठकको समापन गर्दै कार्यकारी अध्यक्ष प्रचण्डले पनि दुर्घटनाबाट पार्टीलाई बचाउँदै, विचारको बहस गर्दै र बैचारिक रुपमा पनि रुपान्तरणको दिशामा पार्टी र संगठन अघि बढ्नेमा आफु विश्वस्त रहेको धारणा राखेका थिए । ‘सांगाठनिक रुपमा पार्टी अझ बढी मजबुत र रुपान्तरण गर्नेगरी बैठकले आधार प्रदान गरेको छ । ढोका खुलेको छ’ प्रचण्डले सम्बोधन गर्दै भनेका थिए, ‘त्यसअर्थमा यो बैठक सफल भएको छ ।’

    उनले यसअघिका विभिन्न प्रकारका उत्तरचढाव र घटनाहरुबाट शिक्षा लिँदै केही दिनमा पार्टी एकताको उदेश्यलाई पुरा गर्नेगरी बहस, छलफलहरु अघि बढाउने तथा पार्टीलाई अझ बढी सुदृढ गर्ने र महाधिवेशनमा बहसको प्रकृयालाई उन्नत ढंगले अघि बढाएर महाधिवेशन सफल पार्न सकिने बताएका थिए ।

    ४४ सदस्यीय नेकपा स्थायी समिति सदस्यमध्ये १३ जनाले बैठकमा पेश भएको अध्यक्षद्धयको प्रस्तावमाथि धारणा राखेका थिए । सदस्यहरुले राखेका धारणलाई समेत समेट्नेगरी प्रस्ताव पारित गर्दै बैठक शुक्रबारै समापन गरिएको छ । बैठकमा माधवकुमार नेपाल, देव गुरुङ, भिम रावल, लिलामणि पोखरेल, घनश्याम भुसाल, मात्रिका यादव, अष्टलक्ष्मी शाक्य, रघु पन्त, झलनाथ खनाल र नारायणकाजी श्रेष्ठले प्रस्तावमाथि धारणा राखेका थिए ।

    प्रचण्डलाई कार्यकारी, ओलीलाई सरकार

    बैठकले केपी शर्माओलीले सरकार र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्यकारी अधिकारसहित पार्टी सञ्चालनमा केन्द्रित हुने प्रस्ताव पास गरेको छ । नेताहरुले दिएको लिखित र बैठकमा आएको सुझावलाई समेत समेटेर प्रस्ताव पारित गरेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बैठकपछि जानकारी दिए ।

    प्रवक्ता श्रेष्ठकाअनुसार अब पार्टीलाई विधि र पद्धतिमा अगाडि बढाउने र सरकार पार्टीको मागदर्शनमा चल्ने भएपनि सरकारको दैनिक कार्यमा पार्टीले हस्तक्षेप नगर्ने तर आधारभूत विषयमा पार्टीमा परामर्श गरेर मात्र निर्णय गर्ने पद्धतिको विकास हुनेछ ।

    चैत २५ देखि ३० मा महाधिवेशन
    बैठकले आगामी यो वर्षको अन्तिम अर्थात २०७७ साल चैत २५ देखि ३० गतेसम्म एकता महाधिवेशन गर्ने निर्णय पनि गरेको छ । त्यसको तयारीका लागि आगामी कात्तिकमा केन्द्रीय कमिटी बोलाइएको छ ।

    Facebook Comments Box

    ओलीलाई सरकार प्रचण्डलाई कार्यकारी
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको मान्यता, विदेशी खेलाडी भित्र्याउन बाटो खुला

    October 16, 2026

    एमबीबीएसमा ११० सिट थप, तर निजी कलेजको कोटा बढेन

    October 16, 2026

    नेपाल प्रहरी अस्पताललाई मेडिकल कलेज बनाइने छ : प्रधानमन्त्री बालेन्द्र शाह

    October 16, 2026

    लपु महानगरका प्रमुख चिरीबाबु, कांग्रेस खुला केन्द्रिय सदस्यमा विजयी

    October 16, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.