Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : कोरोना संक्रमण रोकथाम तथा जोखिम न्यूनीकरण गर्न गत बुधबार मध्यरातिदेखि जारी गरिएको निषेधाज्ञाको अवधि थप गर्नेबारे उपत्यकास्थित काठमाडौं, भक्तपुर र ललितपुर प्रशासनको संयुक्त बैठक आज मंगलबार बस्दै छ । अहिलेसम्मको कोरोना संक्रमणको स्थितिबारे समीक्षा गर्दै बैठकले भोली भदौ १० गतेसम्म जारी गरिएको निषेधाज्ञाको अवधि बढाउनेबारे निर्णय गर्ने तयारी भएको जनाइएको छ । त्यसअघि प्रमुख जिल्ला अधिकारी नेतृत्वको जिल्ला कोरोना संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) र उपत्यकाभित्रका स्थानीय तहसँग पनि यसबारे संयुक्त रूपमा छलफल गरिने काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) जनकराज दाहालले बताए । हिजो सोमबार उपत्यका नगरपालिका फोरमले पनि भदौ १५ गतेसम्मका लागि स्थानीय तहबाट प्रदान गरिने…
काठमाडौँ: नेपाल–भारतका प्रधानमन्त्रीबीच टेलिफोन वार्ता भएपछि पछिल्लो समय दुई देशबीच चिसिएको सम्बन्धमा केही सुधारको संकेत देखिएको छ । सीमा विवादलाई लिएर दुई देशबीचको सम्बन्धमा चिसोपना आएको थियो । तर पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोन संवादका साथै अन्य च्यानबाट समेत संवादहरु बाक्लिएसँगै दुई देशबीचको सम्बन्धमा सुधारको संकेत देखिएको हो । यहाँसम्म कि नेपालको सन्देश लिएर नेपालका लागि भारतीय राजदूत विनय क्वात्रा केही दिनदेखि दिल्लीमा छन् । नेपालले भारतसँग वार्ताका लागि गरेको पहलसँगै राजदूत क्वात्रा नेपालको सन्देश लिएर दिल्ली गएको भारतीय दूतावास स्रोतले जनाएको छ । सीमाविवाद सम्बन्धी समस्या दुवै देशले राजनीतिक र कुटनीतिक…
काठमाडौँ: विदेशमा अलपत्र नेपालीको उद्धारका लागि मङ्गलबारदेखि पाँचौँ चरणको उद्धार उडान हुने भएको छ । यसअघि भदौ १ गतेदेखि चार्टर्ड उडान गर्ने घोषणा गरिए पनि होटेल क्वारेन्टिनको व्यवस्थापन हुन नसकेको भन्दै उडान स्थगन गरिएको थियो । कोभिड ९१९ सङ्कट व्यवस्थापन केन्द्र ९सीसीएमसी० को निर्देशनमा उद्धार उडान रोकिएपछि सर्वत्र आलोचना भएको थियो । मन्त्रिपरिषद्को हालैको बैठकले उद्धार उडानका साथै पिसीआर सहज भएका मुलुकबाट निश्चित शर्तसहित नियमित उडान गर्ने निर्णय गरेको थियो । नियमित उडान भने भदौ १६ देखि हुनेछ । त्यसअघि उद्धार उडान शुरु हुन लागेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मङ्गलबारदेखि हुने उद्धार उडानको नयाँ…
काठमाडौं: संस्कृति पर्यटन तथा नागरिक उड्डयमन्त्री योगेश भट्टराईले विदेशबाट पीसीआर परीक्षण गरी रिपोर्ट नेगेटिभ आउनेहरुले नेपाल आएर होटल क्वारेन्टिनमा बस्नुनपर्ने बताएका छन् । सरकारले विभिन्न देशबाट स्वदेश फर्किने नागरिकले यहाँ आएपछि ७ दिन आफ्नै खर्चमा होटल क्वारेन्टिनमा बस्नुपर्ने निर्णय गरेको छ । विदेशमा अप्ठेरोमा परेर स्वदेश फर्किने नागरिकले होटल क्वारेन्टिनमा बस्नुपर्ने सरकारी निर्णयको आलोचना भएसँगै पर्यटनमन्त्रीले पीसीआर रिपोर्ट नेगेटिभ आएको प्रमाण भए सिधै घर जान पाउने बताएका हुन् । कोरोना संक्रमणको दर कम भएका र पीसीआर परीक्षण सहज भएका मुलुकबाट आउनेहरुले पीसीआर रिपोर्ट नेगेटिभ भएपछि मात्रै नेपाल ल्याइने र उनीहरुले होटल क्वारेन्टिनमा बस्नुनपर्ने मन्त्री भट्टराईको भनाइ छ । …
काठमाडौँ: विश्वविद्यालयहरूले रोकिएका परीक्षा वैकल्पिक माध्यमबाट भए पनि दसैंअघि नै सञ्चालन गर्ने तयारी थालिएको छ। विभिन्न विश्वविद्यालयका उपकुलपतिहरूले परम्परागतसहित अनलाइन र अन्य माध्यम प्रयोग गरेर परीक्षा सञ्चालन गर्ने बताएका हुन् । कोरोना संक्रमण घट्दै गए अनलाइनसहित अन्य विधिबाट भए पनि परीक्षा सञ्चालन गर्ने तयारीमा उनीहरु पुगेका हुन् । उपकुलपतिहरूका अनुसार असोजभित्रै वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न गृहकार्य भइरहेको छ । राष्ट्रिय युवा परिषद्ले सोमबार गरेको भर्चुअल छलफलमा उपकुलपतिहरूले पठनपाठन र परीक्षालाई वैकल्पिक माध्यमबाट सञ्चालन गर्न नसके शैक्षिक सत्र नै नाश हुने बताए । वैकल्पिक विधिलाई नै मूलधारको शिक्षा बनाउनुपर्ने उनीहरूको जोड थियो । सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने त्रिभुवन विश्वविद्यालयले…
काठमाडौँ: नेपाल पत्रकार महासङ्घले कार्यस्थलमा गएर समाचार सङ्कलन गर्ने सञ्चारकर्मीको कोरोना भाइरस (कोभिड १९)को निःशुल्क पिसीआर परीक्षणको व्यवस्था मिलाउन सरकारसंग आग्रह गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गर्दै कोभिड १९ को सङ्क्रमणको उच्च जोखिमका बीच कार्यस्थलमा खटिने सञ्चारकर्मीको निःशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउन आग्रह गर्नुभएको हो । महामारीको सङ्क्रमणबाट जोगिन आफ्नो स्वास्थ सुरक्षालाई उच्च प्राथमिकतामा राखेर मात्रै काम गर्न समेत महासङ्घले सबै सञ्चारकर्मीलाई अपिल समेत गरेको छ । सञ्चार प्रतिष्ठानले पनि अति आवश्यक बाहेक घरबाटै काम गर्ने व्यवस्था मिलाउन र कार्यालय तथा कार्यस्थलमा खटिने सञ्चारकर्मीका लागि स्वास्थ्य सामग्रीको प्रयोगसंगै पर्याप्त सचेतता अपनाउने वातावरण…
काठमाडौं: काठमाडौं उपत्यकामा आज थप २२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १७७, ललितपुरमा ३३ र भक्तपुरमा १४ जना गरी जम्मा २२४ जना संक्रमित थपिएका छन् । यअसघि आइतबार काठमाडौं उपत्यकाम १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमा काठमाडौंका ४७ महिला र ७९ पुरुष , भक्तपुरका ११ महिला र १७ पुरुष र ललितपुरमा ७ महिला र ५ पुरुष रहको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो ।
काठमाडौँ: सोमबार देशभर कोरोनाका ७ सय ४३ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टाामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या ३२ हजार ६ सय ७८ पुगेको छ। विगत २४ घण्टामा १ सय ७५ जना कोरोनाबाट निको भइ घर फर्किएको गौतमले बताए। यीसहित हालसम्म १८ हजार ८ सय ६ जना कोरोनाबाट निको भएका छन्। हाल देशभर सक्रिय संक्रमितको संख्या १३ हजार ७ सय १५ छ। त्यस्तै विगत २४ घण्टामा थप ८ मृतकमा कोरोना पुष्टि भएको छ। यीसहित हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या १ सय ५७ पुगेको छ। विगत…
काठमाडौँ: अनलाइन कारोबारमा शेयर लगानीकर्ता अभ्यस्त बन्दै जाँदा बजारमा यसको सकारात्मक प्रभाव परेको छ। लकडाउनले शेयर बजार प्रविधिमैत्री बन्दै जादा कारोबारमा समेत बढोत्तरी आउन थालेको छ । कारोबार रकमसँगै नेप्सेमा पनि दोहोरो अंकको सुधार देखिएको छ । बन्दाबन्दीले बजारका अन्य लगानीक्षेत्र संकुचीत हुँदा शेयर बजारमा लगानीकर्ताको आकर्षण थपिएको छ । प्रविधिमैत्री बजारमा लगानीकर्ता अभ्यस्त बन्दै जादाको असर नेप्सेमा देखिएको छ । लकडाउनका कारण घरमै थुनिएका लगानीकर्ताहरुले अनलाइनको अभ्यास गर्दा पनि कारोबारमा सुधार देखिएको छ । सोमबार नेप्से परिसूचक २१.२६ अंकले बढेर १ हजार ४३१ दशमलव ६० बिन्दुमा उक्लिएको छ । यसदिन १८२ कम्पनीको ४९ लाख २४ हजार २८९ कित्ता शेयर…
भैरहवा: सरकारले बन्दाबन्दी खोलेपछिको पहिलो महिनामा भैरहवा भन्सार कार्यालयको राजस्व संकलन सन्तोषजनक देखिएको छ । चालु आर्थिक वर्ष २०७७÷७८ को साउन महिनामा भैरहवा भन्सार कार्यालयले लक्ष्य भन्दा बढी राजस्व संकलन गर्न सफल भएको हो । साउनमा भन्सार विभागले भैरहवा भन्सार कार्यालयलाई पाँच अर्व ९५ करोड ९३ लाख रुपियाँ राजस्व संकलनको लक्ष्य दिएको थियो । तर कार्यालयले पाँच अर्व ९६ करोड ४० लाख २८ हजार ३०८ रुपियाँ राजस्व असुली गर्न सफल भएको छ । जुन लक्ष्य भन्दा ४७ लाख रुपियाँ बढी हो । विभागले भैरहवा भन्सार कार्यालयलाई यसवर्ष ९८ अर्व ४५ करोड ४२ लाख रुपियाँ राजस्व संकलनको लक्ष्य दिएको प्रमुख…
