Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं : महानगरीय प्रहरीको अवधारणा अब पूर्ण रुपले परिवर्तन भएर नयाँ नामले चिनिने भएको छ । आज बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा गृह मन्त्रालय अन्तर्गत रहेको समायोजन समितिले तयार पारेको प्रतिवेदन सम्बन्धमा छलफल गर्न बसेको बैठकले महानगरीय प्रहरीको अवधारणा (काठमाडौं उपत्यका भित्र मात्रै) लाई खारेज गर्दै नयाँ अवधारणामा जाने प्रस्ताव स्विकृत गरेको हो । बैठक प्रधानमन्त्री केपी शर्मा ओली सहित गृह मन्त्री राम बहादुर थापा बादल, गृह सचिव महेश्वर न्यौपाने लगायत प्रदेश प्रहरी समायोजन समितिमा रहेका सदस्यहरुको सहभागीतामा बसेको थियो । गृह मन्त्रालयसम्बद्ध स्रोतका अनुसार महानगरीय भन्दा अरु महानगरमा पनि यस्तै संरचना बनाउनुपर्ने बाध्यताले गर्दा महानगरीय प्रहरीको अवधारणा हटाएर नयाँ…

Read More

काठमाडौं : बागमती प्रदेश प्रहरी कार्यालयले सेवा ग्राहीसँग घुस मागेको अभियोगमा चार जना प्रहरीलाई निलम्बन गरेको छ । प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष टोलीको स्टिङ अपरेशनमा पक्राउ परेका चारजना प्रहरीलाई निलम्बन गरिएको बागमती प्रदेशका डिआइजी बसन्त कुमार लामाले जानकारी दिए । निलम्बित हुनेमा ईलाका प्रहरी कार्यालय रामनगरका हवल्दार प्रकाश जैसी, प्रदेश ट्राफिक प्रहरी कार्यालयका जवान योगेन्द्र कुमार मल्ल, ईलाका प्रहरी कार्यालय मनहरीका जवान अजय महतो र जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरमा कार्यरत जवान लक्ष्मणकुमार महतो छन् । यात्रुको भेषमा प्रदेशबाट खटिएको विशेष टोलीले सोमबार सवारी चालकसँग घुस लिँदै गरेको अवस्थामा उनीहरुलाई पक्रेको थियो । निलम्बिन गरिएका प्रहरीबारे छानविन…

Read More

काठमाडौं: बजारमा चिनीको मूल्य आकाशिन थालेपछि संसदीय समितिमा उजुरी परेको छ। सरकारी संस्थानसँग रहेको मौज्दात सकिएपछि चिनी उद्योगी तथा व्यापारीहरुले मूल्य बढाएको भन्दै उद्योग तथा वाणिज्य र श्रम उपभोक्ता हित समितिमा उजुरी परेको हो। नेपालमा उद्योगी व्यापारीसँग चिनी उपलब्ध रहँदारहँदै पनि मूल्य बढाएको आरोप उजुरीमा लगाइएको छ। चिनीको कारोबार गर्ने संस्थान साल्ट ट्रेडिङ कर्पोरेसनले चिनी खरिद गर्नको लागि तालुकदार मन्त्रालयमार्फत अनुमति कुरिरहेको छ। तालुकदार निकाय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत अर्थ मन्त्रालयसँग मागिएको स्वीकृति लामो समय हुँदा पनि पाएको छैन। साल्ट ट्रेडिङले ल्याएको चिनी सस्तो हुने कारणले बजार मूल्यमा सन्तुलन हुने गरेको छ। तर अहिले उक्त…

Read More

चितवन, १४ साउन (रासस) : गत आर्थिक वर्षमा प्राकृतिक कारणले तीनवटा बाघ मरेका छन् । अघिल्लो आवमा आठवटा बाघ मरेका थिए । चितवन राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार निकुञ्जको पश्चिम क्षेत्रको नवलपरासीस्थित वेदघारी मध्यवर्ती सामुदायिक वनमा एउटा वयस्क भाले बाघ मृत फेला परेको थियो । त्यसैगरी, ठोरी र कसरामा एक–एकवटा पोथी वयस्क बाघ मृत फेला परेका हुन् । कसरामा उद्धारका क्रममा बाघ मरेको हो । दुईवटा घाइते भएर मरेका हुन भने एउटाको कारण नखुलेको उहाँले जानकारी दिनुभयो । अघिल्लो वर्षभन्दा गत वर्ष प्राकृतिक कारणले मर्ने बाघको सङ्ख्या घटेको उहाँले जानकारी दिनुभयो । दुर्लभ एकसिङ्गे गैँडा पनि…

Read More

काठमाडौँ, १४ साउन (रासस):  त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बन्दाबन्दी खुलेसँगै रोकिएका परीक्षा यही भदौको तेस्रो हप्ताबाट शुरु गर्ने तयारी थालेको छ । बन्दाबन्दी खुलेसँगै विद्यार्थीले दुई हप्ताभित्र काठमाडौँ आउने समय मागेकाले भदौ तेस्रो हप्तादेखि परीक्षा गर्ने तयारी थालेको हो । त्रिवि परीक्षा नियन्त्रण कार्यालय ९पनिका० का परीक्षा नियन्त्रक पुष्पराज जोशीले स्नातकोत्तर तह र स्नातक तहका सेमेष्टर परीक्षा भदौको तेस्रो हप्ता र वार्षिक परीक्षा असोजको पहिलो हप्तादेखि शुरु गर्ने गरी तयारी थालिएको बताउनुभयो । “भदौको पहिलो हप्ता विद्यार्थी आएपछि १४ दिनसम्म क्वारेन्टिनमा बस्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो, “अनि त्यसपछि हामी सेमेष्टरको परीक्षा सबैभन्दा कम विद्यार्थीबाट शुरु गर्ने तयारी गरेको छाँै ।”…

Read More

काठमाडौँ, १४ साउन (रासस) : लकडाउन खुलेसँगै कोभिड–१९ सङ्क्रमणको दर बढेको पाइएको छ । लकडाउन खोल्नुअघिको आठ दिन र लकडाउन खुलेपछिको आठ दिनपछि परीक्षण र सङ्क्रमितको सङ्ख्या हेर्दा कोरोनाको सङ्क्रमण दर बढेको पाइएको हो । लकडाउन खुल्नअघिको आठ दिनको अवधिमा कूल ३४ हजार ४५७ नमूना परीक्षण गर्दा एक हजार ४९ जनामा सङ्क्रमण पुष्टि भएको थियो । यस्तै लकडाउन खुलेको पछिल्ला आठ दिनमा ३४ हजार १०९ नमूना परीक्षण गर्दा एक हजार २७९ जनामा कोरोना पुष्टि भएको छ । लकडाउन खुल्नुअघिको आठ दिन तीन प्रतिशतमा सीमित रहेको कोरोना सङ्क्रमण पछिल्ला आठ दिनको अवधिमा बढेर ३।७ प्रतिशत पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले…

Read More

काठमाडौँ: कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्रले स्वाब सङ्कलन गर्न प्रयोगमा ल्याएको ‘मोबाइल स्वाब कलेक्शन भेहिकल’ प्रभावकारी देखिएको छ । नेपाली सेनाको सहयोगमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) ले स्वाब सङ्कलनका लागि पहिलो पटक प्रविधियुक्त यस्तो गाडी प्रयोगमा ल्याएको हो । विश्वभर फैलिरहेको कोभिड विषाणुको सङ्क्रमणबाट चिकित्सकलाई जोगाउन नाष्टले गाडीभित्र यस्तो प्रविधि जडान गरेको हो । उक्त उपकरणबाट आज सिंहदरबार परिसरमा महान्यायाधिवक्तासहित ५०८ जनाको स्वाब सङ्कलन गरिएको थियो । सिहदरबारभित्र बढी भीड रहेका मन्त्रालयका शाखा, महाशाखा तथा फोहर सङ्कलन र चमेना गृहमा खटिनृ जनशक्तिलाई लक्ष्य गरेर त्यहाँ यस घुम्ती भ्यानलाई प्रयोग ल्याइएको केन्द्रले जनाएको छ । दैनिकरुपमा…

Read More

काठमाडौँ: धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २३।३६ अङ्कले घटेर एक हजार ४३१।५२ मा रोकिएको छ । यस्तै सेन्सेटिभ परिसूचक ५।१८ अङ्कले घटेर ३००।४९ मा झरेको छ । स्टकका अनुसार आज कूल १८७ कम्पनीका ३८ लाख ३९ हजार ६७१ कित्ता शेयर रु एक अर्ब ६८ करोड ७० लाख ९३ हजार ९१ मा खरिद बिक्री भयो । आज कारोवार भएका कूल १२ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ २१।७६, व्यापार ११।२४, होटल ५९।५, विकास बैंक २१।५५, जलविद्युत् २।२४, वित्त ६।४२, निर्जीवन बीमा १५९।८७, उत्पादन ४९।७,…

Read More

काठमाडौँ, १४ साउन (रासस) : काठमाडौँको चन्द्रागिरि नगरपालिका–१३ मा तीन घरमा पहिराले जोखिम पु¥याएपछि सुरक्षित स्थानमा सारिएको छ । केही दिनअगाडि परेको अविरल वर्षाबाट वडा नं १३ को बोगटी गाउँमा तीन घरलाई पहिराको जोखिम बढाएपछि मङ्गलबार ती घरलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो । पछिल्लो समय बाढीपहिराका कारण देशैभरि ठूलो जनधनको क्षति पु¥याइरहेका बेलामा चन्द्रागिरिमा हुनसक्ने बाढीपहिराको सम्भावित घटनालाई रोक्न नेपाली सेनाको युद्ध कवच गण सीतापाइलाबाट गएको नेपाली सेनाको टोलीले सुरक्षित स्थानमा स्थानान्तरण गरेको हो । बोगटी गाउँमा सीता रिजाल, पुष्पराज गिरी र तेजकुमारी पौडेलको घरमा पहिराले जोखिम पु¥याएपछि स्थानान्तरण गरिएको हो । सेनाको टोलीले तीनै घरको…

Read More

काठमाडौं: प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका निरजबहादुर शाही र प्रधुम्न कार्कीले बुधवार एक बजे दज्र्यानी चिन्ह लगाउँदै छन् । सोमबारको मन्त्रिपरिषद्ले शाही र कार्कीलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)बाट एआइजीमा बढुवा गरेको थियो । उनिहरुलाई मध्यान्ह प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले दज्र्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको प्रहरी प्रधान कार्यालयका प्रबक्ता तथा एसएसपी कुबेर कडायत जानकारी दिए । बढुवा भएका कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र शाहीलाई मानवस्रोत एवं प्रशासन विभागमा पदस्थापन गरिएको छ ।

Read More