काठमाडौं: प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा भएका निरजबहादुर शाही र प्रधुम्न कार्कीले बुधवार एक बजे दज्र्यानी चिन्ह लगाउँदै छन् ।
सोमबारको मन्त्रिपरिषद्ले शाही र कार्कीलाई प्रहरी नायब महानिरीक्षक (डीआईजी)बाट एआइजीमा बढुवा गरेको थियो ।
उनिहरुलाई मध्यान्ह प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले दज्र्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको प्रहरी प्रधान कार्यालयका प्रबक्ता तथा एसएसपी कुबेर कडायत जानकारी दिए ।
बढुवा भएका कार्कीलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र शाहीलाई मानवस्रोत एवं प्रशासन विभागमा पदस्थापन गरिएको छ ।
Facebook Comments Box
