Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: सरकारले भदौ १ गतेदेखि अन्तर्राष्ट्रिय खेलकुद प्रशिक्षण सुरु गर्ने अनुमति दिएपछि खेलाडीहरूले राहत महसुस भएको प्रतिक्रिया दिएका छन् । नोबेल कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढ्न थालेछि फागुन अन्तिम सातादेखि सरकारले खेल गतिविधि बन्द गराएको थियो । यसपछि खेलाडीहरू घरमा बस्न बाध्य थिए । चार महिनाभन्दा धेरै समय मैदानबाट टाढा रहेका खेलाडीहरू अभ्यासमा फर्किन आतुर देखिएका छन् । कोरोना संक्रमणको जोखिम कम नभएकाले सर्तकताका साथ अभ्यासमा जुट्ने योजनामा रहेका खेलाडीहरूलाई सरकारको निर्णयले राहत दिएको छ । दिनभर मैदानमा हुनुपर्ने खेलाडी चार महिनादेखि घरमा बस्नु पर्दा फिटनेस र सामूहिक अभ्यासमा असर परेको राष्ट्रिय फूटबल टोलीका गोलरक्षक विकेश कुथुको भनाइ छ…

Read More

एजेन्सी: संसारभरीको चर्चित कम्पनीमध्येको एक टेस्लाका मुख्य कार्यकारी अधिकारी एलन मस्कको न्यूरालिङ्क ब्रेन इम्प्लान्ट प्रविधि सफल भएको खण्डमा संसारबाट हेडफोन जस्ता उपकरण हराएर जाने दाबी गरिएको छ । एलन मस्कले एउटा त्यस्तै प्रोजेक्टलाई फन्ड गरिरहेका छन् जसको नाम हो – न्यूरालिङ्क । यस अन्तर्गत एउटा यस्तो कम्प्युटर बनाइँदैछ जो एउटा सानो चिप आकारको हुनेछ । यसलाई मानिसहरुको दिमागमा फिट गरिनेछ । चर्चित कम्प्युटर वैज्ञानिक अस्टिन हार्वर्डसँग ट्वीटरमा कुराकानीको क्रममा मस्कले कम्पनीद्वारा बनाइएको यो उपकरणमार्फत् सङ्गीत सिधा दिमागमा पुग्ने जानकारी दिएका छन् । यो डिभाइसले कुनै पनि प्रकारको लत र डिप्रेशनबाट छुटकारा दिलाउन पनि मद्दत गर्नेछ । २८ अगस्टमा…

Read More

काठमाडौं, रासस: अविरल वर्षासँगै तमोर नदीमा आएको बाढीले ताप्लेजुङको ओलाङचुङगोलाका दुई पुल बगाएको छ । फक्ताङलुङ गाउँपालिका–७ मा पर्ने चीनसँगको सीमावर्ती ओलाङचुङगोलाका पुल गएराति बगाएको वडाध्यक्ष छेतेन भोटेले जानकारी दिए । उनका अनुसार बाढीले ओलाङचुङगोलाबाट दाङ्जेन जाने पक्की पुल र मिक्वाखोला गाउँपालिकाको पापुङ जाने काठेपुल बगाएको हो । बाढीले पुल बगाएपछि घाँसदाउरा ओसारपसारलगायतका काममा ओहोरदोहोर गर्न बन्द भएको छ । यस्तै बाढीले तिब्बतको रिउ जोड्ने सडक र चिनियाँ ठेकेदारको एउटा गाडीसमेत बगाएको बताइएको छ । सडक निर्माणका क्रममा ठेकेदारले ल्याएको गाडी सडक अवरुद्ध भएपछि ओलाङचुङगोलामा नै छाडिएको थियो । यस्तै दुई पुल बग्दा करिब रु १४ लाख बराबरको क्षति…

Read More

काठमाडौं: गत महिना असारमा वाणिज्य बैंकहरुमा २११ अर्ब निक्षेप थपिएको छ भने यस महिनामा बैंकहरुले एक खर्ब १ अर्ब कर्जा प्रवाह गरेका छन्। असारको अन्तिम साता मात्रै बैंकहरुमा ९८ अर्ब निक्षेप तथा ६१ अर्ब कर्जा विस्तार भएको नेपाल बैकर्स संघले जनाएको छ । नेपाल बैकर्स संघका अनुसार मर्जरका कारण बैंकहरुको निक्षेप तथा कर्जामा बढोत्तरी आएको हो। असारमा मेगा बैंकले गण्डकी विकास बैंक, सिटिजनले सहयोगी विकास बैंक र कुमारीले देव विकास बैंकलाई गाभेकाले निक्षेप र कर्जाको आकार बढेको हो। बैकर्स संघका प्रमुख कार्यकारी अनिल शर्माका अनुसार गत आर्थिक वर्षको चौथो त्रैमासिक अवधिको ब्याज र सरकारी भुक्तानीको रकम समेत बैंकहरुमा आएकाले निक्षेप…

Read More

काठमाडौं: त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पसहरु बुधबारबाट खुल्ने भएका छन् । साउन ६ गतेदेखि लकडाउन अन्त्य भएसँगै शिक्षक÷कर्मचारीहरुको सार्वजनिक विदा पनि सकिएकाले साउन ७ गतेदेखि क्याम्पस तथा कार्यालयहरु सुचारु हुने त्रिविले जानकारी दिएको छ । क्याम्पसहरु खुले पनि विद्यार्थीहरुको नियमित पठनपाठन र पुस्तकालय सन्चालन भने नहुने त्रिवि रजिष्ट्रारको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ । कोरोना संक्रमण जोखिमका कारण सरकारले २०७६ चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो । त्यति बेलादेखि नै क्याम्पसहरु पूर्णरुपमा बन्द गरी परीक्षाहरु पनि स्थगित गरिएको थियो । शिक्षक तथा कर्मचारीहरुलाई लकडाउन अवधिभर सार्वजनिक विदा दिइएको थियो । यद्यपि त्रिभुवन विश्वविद्यालयले प्रशासन भने असार १ गतेदेखि खोलेको थियो…

Read More

काठमाडौं: हाल देशभर मनसुनी वायुको प्रभाव छ । साथै मनसुनी न्युन चापीय रेखा पश्चिमि भू–भागमा नेपालबाट दक्षिण सरेको छ भने पूर्वी भू–भागमा नेपाल नजिक रहेको अवस्था छ। जलत था मौमस विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्य बदली रही प्रदेश ५ र गण्डकी प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भइरहेको छ। बुधबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। ती स्थानहरुका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा भू–क्षय हुने, पहिरो जाने, सडक…

Read More

चितवन: नारायणगढ–मुग्लिन सडकखण्डमा फेरि पहिरो खसेपछि सडक अवरूद्ध भएको छ । भरतपुर महानगरपालिका–२९ स्थित पन्ध्रकिलो नजिक बतासेडाँडामा पहिरो खसेको हो । डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख ई.कृष्णराज अधिकारीका अनुसार चारकिलोको पहिरो पन्छाएर सडक एकतर्फी बनाएको केही घण्टामै पुनः पहिरो खसेको हो । ठूलो चट्टानसहित पहिरो खसेका कारण नारायणगढ–मुग्लिन सडक अवरुद्ध बनेको छ । राति पौने ९ बजेतिर पहिरो खसेको हो । चारकिलोको पहिरो ३६ घण्टामा पन्छाएर दिउँसो साढे ४ बजे एकतर्फी खुलाइएको थियो ।

Read More

काठमाडौं:  सरकारले करिब ४ महिनाअघि लगाएको लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ । साउन ५ गते बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । बैठकले यो लगायत अन्य २६ वटा निर्णय गरेको छ ।

Read More

काठमाडौं: सरकारले सरकारी कार्यालयमा हाल भइरहेको दुई सिफ्टको व्यवस्था अन्त्य गरेको छ । अब विहान १० बजेदेखि साँज ५ बजेसम्म कार्यालय सञ्चालन हुने सरकारका प्रवक्ता अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। युवराज खतिवडाले जानकारी दिए । हाल विहान ८ बजेदेखि १ बजेसम्म र १ देखि ६ बजेसम्म सरकारी कार्यालय सञ्चालन भएका छन् । सार्वजनिक यातायात खुलेपछि सरकारी कार्यालय पनि नियमित १० देखि ५ बजेसम्म सञ्चालन हुने उनले बताए ।

Read More

काठमाडौं : १२० दिन लामो लकडाउन आज मंगलबार रातीदेखि हटेको छ । मन्त्रिपरिषद्को हिजो सोमबार बसेको वैठकले चैत ११ गतेदेखि सुरु लकडाउन साउन ६ अर्थात आज मंगलबार मध्यरातदेखि हटाउने निर्णय गरेको हो । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन गरेको थियो । पटक पटक म्याद थपेर जेठ २६ सम्म पूर्ण रुपमा कायम रह्यो । त्यसपछि निजी सवारी जोर विजोर प्रणालीमा र पसल सञ्चालन गर्न दिएको सरकारले क्रमशः लकडाउन खुकुलो बनाउँदै लगेको थियो । आज मंगलबार मध्यरातबाट लकडाउन पूर्ण रुपमा हटेको सरकारका प्रवक्ता एवं सञ्चार र अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिएका छन…

Read More