Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थनमा शुक्रबार पनि युवाहरुले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । युवाहरुले पार्टीभित्रै प्रधानमन्त्री ओलीको राजीनामा माग भएपछि दिनहुँजसो लगातार प्रधानमन्त्रीको समर्थनमा प्रदर्शन गर्दै आएका छन् । ओलीको नेतृत्वमा पार्टी र सरकारका काम प्रभावकारी नभएको भन्दै नेकपा स्थायी कमिटीका अधिकांश सदस्यहरुले राजीनामाको माग गरिरहेका बेला प्रदर्शन भएको हो । शुक्रबार बिहानैदेखि वर्षा भइरहे पनि त्यसको प्रवाह नगरी प्रदर्शन गरिएको हो । पार्टीको स्थायी कमिटी बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायतका नेताहरुले प्रधानमन्त्री र अध्यक्षबाट ओलीले राजीनामा दिनुपर्ने अडान राख्दै आएका छन् । पार्टीभित्रको विवाद समाधानका लागि अध्यक्षद्वयबीच वार्ता हुँदै आएपनि निकास निस्किन सकेको छैन…

Read More

काठमाडौं: काठमाडौँ उपत्यकामा पछिल्लाे २४ घण्टामा ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले काठमाडौँका २८ सहित उपत्यकामा ४२ जनामा कोरोना पुष्टि भएको बताएका हुन् । प्रवक्ता गौतमका अनुसार पाटन अस्पतालमा काठमाडौँ १५, भक्तपुर १, ललितपुर १३ जनामा कोरोना पुष्टि भएको हो। त्यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा काठमाडौँ १२, शुक्रराज ट्रपिकल अस्पताल टेकुमा काठमाडौँका १ जनामा कोरोना पुष्टि भएको हो। योसँगै पछिल्लो २४ घण्टामा थप ११८ जनामा कोरोना पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा…

Read More

काठमाडौँ: प्रधानसेनापति पुर्णचन्द्र थापा प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई बधाई तथा शुभकामना दिएका छन् । भेटघाटका अवसरमा प्रधानसेनापति थापा र आईजीपी थापा क्षेत्री बीच दुबै संगठन बीच आपसी हित, सहकार्य र समन्वयका सम्बन्धमा छलफल समेत भएको थियो । शुक्रबार प्रहरी मुख्यालय नक्साल पुगेका प्रधानसेनापति थापालाई नवनियुक्त आईजीपीले मायाको चिनो स्वरूप ‘मोमेन्टो’ प्रदान गरे थिए भने प्रधानसेनापति थापाले आईजीपीलाई अनुभव र ज्ञानको संगालो रहेका पुस्तकहरू र राष्ट्रको सुरक्षाको संकेतको रुपमा रहेको राष्ट्रिय हतियार खुकुरी समेत प्रदान गरेका थिए ।

Read More

काठमाडौं: विश्व स्वास्थ्य संगठनले सर्टिफाइ गरेको एन ९५ मास्क नेपालमा पनि पाइने भएको छ । हालसम्म नेपालमा उपलब्ध नभएको उक्त मास्क मोबाइल एप रिचार्जरले नेपालमा भित्र्याएको हो । ९५ प्रतिशतसम्म हावालाई पूर्ण रुपमा फिल्टर गर्न सक्ने उक्त मास्क कोभिड संक्रमणको जोखिमबाट बच्नका लागि धेरै उपयोगी हुने विश्वास गरिन्छ । कोरोना संक्रमणको जोखिमका बिच नेपालमा नै पहिलो पटक रिचार्जरले विश्व स्वास्थ्य संगठनले प्रमाणित गरेको एन ९५ मास्क भित्र्याएको ग्लोबल की टेक्नोलोजीका अध्यक्ष अलाइभ ग्लाइडरले बताए । साथै रिचार्जरले कार्यालय, होटल तथा रेष्टुरेण्टलाई लक्षित गर्दै गर्दै लेमन फ्लेवरको गूणस्तरीय एम एच आई ब्राण्डको थोक तथा खुद्रा बिक्री बितरण गर्न थालेको छ ।…

Read More

काठमाडौं: नेपालमा थप ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार नेपालमा थप ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा हालसम्म १६ हजार ६४९ जना संक्रमित भएका छन् । यस्तै हाल संक्रिय कोरोना संक्रमित ८ हजार ६०३ जना रहेका छन् भने हालसम्म ८ हजार ११ जना डिस्चार्ज भइसकेका छन् । कहाँ कति थपिए ? डा गौतमका अनुसार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा इलामका एकजना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा पाँचथरका २ जना, गजेन्द्र नारायणसिहं अस्पताल राजविराजमा गरिएको परीक्षणमा सिराहाका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला…

Read More

काठमाडौं: कास्कीको पोखरा, नवलपरासीको बर्दघाट तथा लम्जुङका बेसिशहर र खुदीबजार क्षेत्रमा नारायणी नदीको बाढी खतराको संकेतसम्म पुगेको छ । जोखिम बढेपछि सतर्कताको घण्टी बजाइएको छ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार बिहान सात बजे दिएको जानकारीअनुसार प्रदेश २, ५ र गण्डकी प्रदेशका धेरै स्थानमा भारी वर्षा भएको छ । अर्को ६ घण्टा पनि धेरै स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । त्यसैले प्रदेश १, २, ५ र गण्डकी प्रदेश भइ बहने नदीहरुमा पानीको बहाव खतराको संकेतसम्म पुग्ने महाशाखाकि प्रबक्ता डा अर्चना श्रेष्ठले जानकारी दिईन  । यसैगरी चितवन जिल्लाको माडी क्षेत्रको…

Read More

एजेन्सी : भारतको सीमा रक्षा गर्ने क्रममा फेरि एक जना नेपाली गोर्खा सैनिकले ज्यान गुमाएका छन् । जम्मू–कश्मीरको लाइन अफ् कन्ट्रोल (एलओसी) क्षेत्र नजिक शुक्रबार सबेरै भएको गोलीबारीमा भारतीय सेनाका एक जना नेपाली गोर्खा सैनिकको मृत्यु भएको हो । युद्धविरामलाई उल्लंघन गर्दै शुक्रबार बिहान करिब एक बजेतिर पाकिस्तानतर्फबाट भएको गोलाबारीमा परेर जम्मू–कश्मीरको रजौरी जिल्लाको नोसेरा क्षेत्रमा खटिएका हवलदार सम्बर गुरुङको मृत्यु भएको भारतीय सेनाले जनाएको छ । गोलाबारीमा घाइते गुरुङको उपचारका क्रममा क्रममा मृत्यु भएको हो । भारतीय सेनाका जम्मू कमाण्डका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल देवेन्दर आनन्दले कान्तिपुरसँग घटना शुक्रबार सबेरै भएको र उपचारका क्रममा गुरुङको मृत्युको पुष्टि…

Read More

काठमाडौं:अविरल भारी वर्षाका कारण खोला तथा नदीमा आएको बाढीका कारण करिब पाँच सय मेगावाट विद्युत् उत्पादन बन्द भएको छ । नेपाल विद्युत प्राधिकरण र निजी क्षेत्रको स्वामित्वमा रहेका विद्युतगृहहरुबाट क्रमश ः करिब २४० र २५० मेगावाट विद्युत् उत्पादन बन्द भएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले वर्षाका कारण मुलुकभरको विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणाली प्रभावित भएको जानकारी दिनुभयो । बाढीका कारण प्राधिकरणका विद्युतगृहबाट करिब ४० प्रतिशत विद्युत् उत्पादन बन्द भएको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो । ‘विद्युत उत्पादन, प्रसारण र वितरण प्रणाली प्रभावित हुँदा विद्युत् आपूर्तिमा गडबढ भएको छ, करिब ५ सय मेगावाट उत्पादन हुँदा पनि केही ठाउँमा न्यूनतम…

Read More

विराटनगर:  सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । पहाडी क्षेत्रमा निरन्तरको वर्षासँगै आएको बाढीका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च मापन भएको हो । कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार सप्तकोशी नदिमा शुक्रबार बिहान १० बजे पानीको बहाव २ लाख ७ हजार ७१५ क्यूसेक मापन भएको छ । पानीको बहाव यो वर्षकै उच्च हो । कोशीमा पानीको बहाव बढ्दो क्रममा रहेका कारण ५६ मध्ये ३० वटा ढोका खुला गरेको कन्ट्रोल रुमले जनाएको छ । ब्यारेजमा खतराको संकेत रातो बत्ती बालिएको छ ।

Read More

काठमाडौं । भारतका गुण्डा नाइके विकास दुवे प्रहरी कारवाहीमा मारिएका छन् । प्रहरीको हतियार खोसेपछि जवाफी कारबाहीमा उनी मारिएको भारतीय प्रहरीको दाबी छ । दुवे बिहीबार उज्जैन भन्ने स्थानको महांकाल मन्दिरबाट पक्राउ परेका थिए । उनलाई प्रहरीले शुक्रबार बिहान कानपुर लग्दै थियो । भारतीय प्रहरीको दाबी अनुसार उनी सवार गाडी शुक्रबार बिहान साढे ६ बजे सडक किनारमा पल्टियो । त्यसपछि विकास दुवेले प्रहरीको हतियार खोसेर आक्रमणको प्रयास गरे र जवाफी कारबाहीमा उनी मारिए । दुवेको छाती र कम्मरमा गोली लागेको छ । उनलाई अस्पताल लैजाँदै गर्दा बिहान सात बजेर ५५ मिनेटमा दुवेको मृत्यु भएको भारतीय प्रहरीको दाबी छ । भारतको…

Read More