काठमाडौँ: प्रधानसेनापति पुर्णचन्द्र थापा प्रहरी प्रधान कार्यालय, नक्साल पुगेर नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई बधाई तथा शुभकामना दिएका छन् ।
भेटघाटका अवसरमा प्रधानसेनापति थापा र आईजीपी थापा क्षेत्री बीच दुबै संगठन बीच आपसी हित, सहकार्य र समन्वयका सम्बन्धमा छलफल समेत भएको थियो ।
शुक्रबार प्रहरी मुख्यालय नक्साल पुगेका प्रधानसेनापति थापालाई नवनियुक्त आईजीपीले मायाको चिनो स्वरूप ‘मोमेन्टो’ प्रदान गरे थिए भने प्रधानसेनापति थापाले आईजीपीलाई अनुभव र ज्ञानको संगालो रहेका पुस्तकहरू र राष्ट्रको सुरक्षाको संकेतको रुपमा रहेको राष्ट्रिय हतियार खुकुरी समेत प्रदान गरेका थिए ।