Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: नेपालमा सोमबार थप १८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा २६४ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ६ हजार ८११पुगेको छ । मन्त्रालयका अनुसार नेपालका ७७ वटै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ । त्यसैगरी, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५४ जना कोरोना…
काठमाडौं: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले प्रत्येक नागरिकको स्वास्थ्य सेवामा समान पहुँचको हकलाई सुनिश्चित गर्न स्वास्थ्यका विभिन्न विधामा अनुसन्धान हुन आवश्यक रहेको बताएका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्द्वारा आयोजित स्वास्थ्य तथा जनसङ्ख्या वैज्ञानिकको छैठौँ राष्ट्रिय सम्मेलनको आज उद्घाटन गर्दै मन्त्री ढकालले स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउन मन्त्रालयले परिषद्को सहकार्यमा विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको र आगामी दिनमा पनि स्वास्थ्य क्षेत्रको समग्र विकास तथा सुदृढीकरणका लागि सरकार तत्पर रहने उल्लेख गरे । परिषद्ले स्वास्थ्यका महत्वपूर्ण क्षेत्रको पहिचान गरी प्राथमिकताका आधारमा रहेर ती क्षेत्रमा अध्ययन अनुसन्धान गरी तथ्यमा आधारित नीति तथा कार्यक्रम निर्माण गर्न उल्लेखनीय भूमिका खेलेको जनाउँदै कोभिड–१९ को महामारीका…
काठमाडौं: कोरोना भाइरस संक्रमणका कारण ५ महिनासम्म बन्द नेपाल-चीन रसुवागढी नाका सोमबारबाट सञ्चालनमा आएको छ । चिनियाँतर्फबाट मितेरी पुलमा सामान ल्याइदिएपछि औपचारिक रुपमा नाका सञ्चालनमा आएको रसुवागढी भन्सारका प्रमुख पुण्यविक्रम खड्काले जानकारी दिए । ‘चीनतर्फबाट सामान आइपुगेको छ, हाम्रोतर्फबाट नेपाल भित्र्याउन सुरक्षाको उपायसहित अनलोडको काम सुरु भएको छ,’ भन्सार प्रमुख खड्काले भने । दुई देशबीच व्यापार सुरु गर्ने सुरक्षा मापदण्डमा समझदारी जुटेपछि नाका खुल्ने निश्चित भएको थियो । बन्द भएको ६ महिना ८ दिनपछि नाकाबाट एकतर्फी व्यापार सुरु भएको खड्काले बताए । नेपालबाट हुने निकासी र मानवीय ओहोरदोहोर भने कोरोना संक्रमण कम हुँदै गएपछि खोल्ने अनौपचारिक सहमति बनेको जनाएको छ…
काठमाडौँ: नेपाल एयरलाइन्सका तीन पाइलटसहित ७ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। जसमा चार जना भने उडान कर्मचारी रहेका छन्। एयरलाइन्स स्रोतका अनुसार सोल्टी होटलमा क्वारेन्टिनमा रहेका उनीहरूमा संक्रमण पुष्टि भएको हो। अरु सात जनाको पनि पहिलो पिसिआर परीक्षणमा पनि रिपोर्ट पोजेटिभ आएको र क्रस भेरिफिकेसनको नतिजा आउन बाँकी रहेको स्रोतले जनाएको छ। एयरलाइन्सले आफ्ना पाइलट लगायत उडान कर्मचारीलाई क्वारेन्टिनको लागि सोल्टी होटलमा राख्दै आएको छ। क्वारेन्टिनमा रहे पनि पाइलट लगायत उडान कर्मचारीहरूले एयरलाइन्सको वार्षिकोत्सवमा केक काटेर रमाइलो गरेको खुलेको छ। त्यसैले त्यहाँ सहभागी सबै व्यक्तिहरू कन्ट्याक्ट ट्रेसिङमा परेका छन्। एयरलाइन्सले आफ्ना पाइलट र उडान कर्मचारीलाई राख्न सोल्टी होटलमा ७५…
काठमाडौं: नेपाल राष्ट्र बैंकले ५० रुपैयाँका नयाँ नोट बजारमा ल्याएको छ। बैंकले सूचना जारी गर्दै असार २२ गते सोमबारदेखि नयाँ नोट चलनचल्तीका लागि बजारमा पठाउने बताएको हो। राष्ट्र बैंकले साविककै आकार, प्रकार तथा रङ्गमा संकेत नं ज/८९०००००१ देखि ट/३३ ९९९९९९ सम्मका ५० रुपैयाँका नोट बजारमा ल्याएको मुद्रा व्यवस्थापन विभागले जनाएको छ । ५० रुपैयाँको नोटको अगाडिको भागको बाँयातर्फ सगरमाथाको चित्र, दयाँतर्फ लालीगुराँसको पानी छाप र नोटको तल्लो भागको बोर्डरमा सिरिज नम्बर नेपालीमा २०७५ लेखिएको छ । उक्त नोटमा तत्कालिन गभर्नर डा। चिरन्जीबि नेपालको हस्ताक्षर रहेको छ। यस्तै नोटको पृष्ठ भागको मध्य भागमा अंग्रजेमा नेपाल राष्ट्र बैंक लेखिएको छ भने हिँउ…
काठमाडौं: आज बस्ने भनिएको नेकपा स्थायी कमिटीको बैठक स्थगित गरिएको छ । नेताहरुबीच सहमति प्रयासका लागि भन्दै आगामी बुधबारसम्मका लागि बैठक स्थगित गरिएको हो । यसअघि पनि दुई दिनसम्म स्थायी कमिटी बैठक स्थगित गरेर सहमति प्रयास गरिएको थियो । तर ठोस सहमति नभएपछि फेरि पनि बैठक पछि सारिएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले दिएको जानकारी अनुसार अब स्थायी कमिटीको बैठक यही असार २४ गते ११ बजे बस्ने छ । यसबीचमा नेताहरुबीच सहमतिको प्रयास जारी रहने छ । स्थायी कमिटीका अधिकांश सदस्यहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि नेकपाभित्र आन्तरिक कलह चुलिएको छ । प्रचण्ड–माधव नेपाल पक्षले प्रधानमन्त्री र…
काठमाडौँ: शीर्ष नेताबीच सहमतिको प्रयास जारी रहेकाले आजका लागि तोकिएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक यही असार २४ गतसम्मका लागि स्थगन भएको छ । आन्तरिक विवाद मिलाउन आइतबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल हुँदा दोस्रो तहका चार नेतालाई सहमतिको खाका बनाउन औपचारिकरुपमा जिम्मेवारी दिइएको थियो । कार्यदलले परामर्श र खाका निर्माणको काम गरिरहेको छ । नेकपाका केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले आजका लागि बैठक स्थगन भएको जानकारी दिनुभयो । कार्यदलमा महासचिव विष्णुप्रसाद पौडेल तथा स्थायी कमिटी सदस्य शङ्कर पोखरेल, जनार्दन शर्मा र…
काठमाडौं: आफ्नो पार्टीभित्र आन्तारिक विवाद उत्कर्षमा पुगेसँगै प्रधानमन्त्री केपी शर्मा ओलीले सेनासँगको सम्पर्क बढाएका छन् । पार्टीभित्र अल्पमतमा देखिएका प्रधानमन्त्री ओली र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच शनिबार र आइतबार दुई पटक भेट भएको जनाइएको छ । भेटका क्रममा के–के कुराकानी भयो भन्ने विषय भने बाहिर आएको छैन । ओली र थापाबीच दुई दिनको भेटवार्तामा निकै लामो कुराकानी भएको बताइएको छ । आइतबार बालुवाटारमा प्रधानमन्त्री र प्रधानसेनापतिबीच भेट भएलगत्तै रक्षामन्त्री ईश्वर पोख्रेल र प्रधानसेनापति थापाबीच पनि छलफल भएको छ । रक्षामन्त्री पोखरेलसँग प्रधानसेनापति थापाले निकै लामो समय छलफल गरेका थिए । प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्या भण्डारीलाई पार्टीको आन्तारिक विवादमा मुछ्न खोजेको…
काठमाडौं: विश्वभरका सयौँ वैज्ञानिकहरुले हावाको कणमा रहने नोभल कोरोनाभाइरसले पनि मानिसहरुलाई संक्रमित गराउन सक्ने बताउँदै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई आफ्नो सिफारिसहरुलाई सच्याउन आग्रह गरेको छन् । डब्लूएचओले कोभिड–१९ बाट संक्रमित व्यक्तिले खोक्दा वा हाँच्छ्यिु गर्दा उसको नाक र मुखबाट निस्कन पानीका थोपाका कणहरुबाट कोरोनाभाइरस मानिसबाट मानिसमा सर्ने बताउँदै आएको छ । न्युयोर्क टाइम्समा प्रकाशित रिपोर्टका अनुसारं ३२ देशका २३९ जना वैज्ञानिहरुले डब्लूएचओलाई पत्र लेख्दै हावाको स–साना कणमा रहेका कोरोनाभाइरसले पनि मानिसलाई संक्रमित बनाउने तथ्य फेला पारेको जानकारी दिएका हुन् । उनीहरुले आफ्नो अनुसन्धानलाई अगामी हप्ता प्रकाशित गर्ने तयारी गरेका छन् । पछिल्लो समय रेस्टुरेन्ट, कार्यालय, क्यासिनो लगायतमा कोरोनासंक्रमितहरुको…
काठमाडौं: सत्तारुढ नेकपाका वरिष्ठ नेता एवम् विदेश विभाग प्रमुख माधवकुमार नेपाल र नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीबीच भेटवार्ता भएको छ। वरिष्ठ नेता नेपाल र यान्छीबीच कोटेश्वरस्थित नेपाल निवासमा भेट भएको नेकपा विदेश विभागका उपप्रमुख विष्णु रिजालले पुष्टि गरेका छन्। भेटमा के विषयमा छलफल भयो भन्ने जानकारी गराइएको छैन। नेकपाभित्र आन्तरिक विवाद बढिरहेका बेला भएको नेपाल र राजदूत यान्छीको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ। यसअघि पनि नेकपा विवाद उत्कर्षमा पुगेका बेला गत वैशाख १९ गते वरिष्ठ नेता नेपाल र चिनियाँ राजदूतबीच भेट भएको थियो। त्यो बेला उनले सोही दिन (वैशाख १९) नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पनि भेट गरेकी…
