काठमाडौं: नेपालमा सोमबार थप १८० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सोमबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।
डा गौतमका अनुसार पछिल्लो २४ घण्टामा २६४ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म ६ हजार ८११पुगेको छ ।
मन्त्रालयका अनुसार नेपालका ७७ वटै जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ भने कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ३५ पुगेको छ ।
त्यसैगरी, काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ५४ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
यो उपत्यकामा एकदिनमै भेटिएको आजसम्मकै बढी संक्रमित संख्या हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा उपत्यकामा ५४ जनामा कोरोना संक्रमण भेटिएको जानकारी दिएको हो।
मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतम पाटन अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका २३ जना, ललितपुरका २०, भक्तपुरका १० जनामा कोरोना संक्रमण भेटिएको छ।
यस्तै त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा काठमाडौंका एक जना गरी पछिल्लो २४ घण्टामा उपत्यकामा ५४ जनामा कोरोना संक्रमण भेटिएको छ। यो सँगै कोरोना संक्रमितको संख्या १५ हजार ९६४ पुगेको छ ।