Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: स्पेनिस ला लिगा फुटबलमा शीर्षस्थानको रियल मड्रिडले संघर्षपूर्ण जीत हासिल गरेको छ । आइतबार भएको खेलमा रियलले एथ्लेटिक बिल्वाओलाई १-० ले पराजित गरेको छ । घरेलु टोली एथ्लेटिकोलाई हराउन रियललाई मुस्किल परेको थियो । ७३औं मिनेटमा रामोसले पेनाल्टीमा गरेको गोल नै रियलका लागि निर्णायक सावित भयो । ड्यानी गार्सियाले मार्सेलोलाई पेनाल्टी बक्समा फउल गरेपछि रेफ्रीले भीएआरको सहायता लिदै रियललाई पेनाल्टीको मौका प्रदान गरेका थियो । जसमा कप्तान रामोस चुकेनन् । जीतसँगै रियलको ३४ खेलबाट रियलले ७७ अंक जोडेको छ । जुन दोस्रो स्थानको बार्सिलोनाको भन्दा ४ अंक बढी हो ।

Read More

काठमाडौं: मनसुनी वायुको प्रभावसँगै अहिले विभिन्न ५ वटा प्रदेशमा वर्षा भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुसँगै भारत उत्तरप्रदेशको उत्तर पूर्वी भू-भाग नजिक रहेको निम्न चापीय क्षेत्रका कारण अहिले प्रदेश नम्बर १, बागमती, गण्डकी, प्रदेश ५ र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हल्का वर्षा भइरहेको छ । मुलुकका विभिन्न भू-भागमा सामान्यदेखि पूर्ण बदली रही आज सबैजसो भू-भागमा वर्षा भए पनि दिउँसो प्रदेश ५, गण्डकी प्रदेश र प्रदेश नम्बर १ का एक दुई स्थानमा भारी वर्षा हुने महाशाखाले जनाएको छ । भारी वर्षासँगै बाढी – पहिरोको जोखिम रहेको तथा बिभिन्न क्षेत्रका नदीहरूमा पानीको बहाव बढ्ने, भू-क्षय हुने,…

Read More

काठमाडौं: कृषि विकास बैंकको प्रणाली ह्याक गरेर पैसा निकाल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ। बैंकको काठमाडौंस्थित न्यूरोड शाखाबाट संगठित रुपमा प्रणाली ह्याक गरि पैसा निकालेका थिए। उनीहरुले विभिन्न व्यक्तिहरुको खातामा रकम रकमान्तर गरी भुक्तानी लिएका थिए। सौजन तामाङलाई हिजो साँझ पक्राउ गरी प्रहरीले आज जिल्ला अदालत ललितपुरमा मुद्दा दायर गरेको छ। गत असोज ७ गते उनीहरुले न्यूरोडमा सुनिता श्रेष्ठको खातामा जम्मा ४९ लाख ५० हजार रुपैयाँ रकमान्तर भएको रकमबाट ९५ हजार भुक्तानी लिएका थिए। यसैगरी श्रवनकुमार श्रेष्ठको खातामा रकमान्तर गर्न २० लाखको चेक पेश गरेको अवस्थामा शंका लागि सिस्टम चेक गर्दा सुनिता श्रेष्ठ समेतका ब्यक्तिहरुको खातामा बैंकको मौज्दातबाट विभिन्न…

Read More

काठमाडौं: स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ढलमा देखिएको कोरोना भाइरसले अन्य व्यक्तिमा संक्रमण नसार्ने जनाएको छ। प्रवक्ता डा. जागेश्वर गौतमले हाल राजधानीको ढलको नमूना परीक्षण गर्दा कोरोना देखिएको कुरा बाहिर आएको भन्दै आजसम्म कुनै पनि अध्ययनले यसबाट संक्रमण अरूमा सरेको तथ्य नभएको बताए। उनले हालसम्म विश्वमा भएका अध्ययनले संक्रमणबाट निको भइरसकेको व्यक्तिमा पनि भाइरसको टुक्राटुक्री भेटिएको भएपनि त्यो रोग नसार्ने खालको रहेको बताए। डा. गौतमले कोरोना भाइरस सामान्य तापक्रमको पानीमा वा फोहोर पानी वा अस्पतालबाट निस्किने ढलमा दुई दिनसम्म बाँच्ने बताए। त्यसैले ढलमा कोरोना भटियो भन्दै संक्रमण समुदायस्तरमा फैलिएर जटिल भएको भन्न नहुने उनको भनाइ छ। यसबाट संक्रमण अरूमा नसर्ने भएपनि…

Read More

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको आन्तरिक विवादले उग्र रुप लिइरहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता सहकार्यका लागि काँग्रेस सभापति शेरबहादुर देउवाको साथ मागेको खुलेको छ । ओलीले असार १७ गतेले आफैले र आइतबार आफ्नो निकटस्थ नेतामार्फत देउवासँग भेट गरेर काँग्रेसको साथ मागेका हुन् । पार्टीभित्र ओलीको राजीनामाको माग बढिरहेका बेला ओलीले काँग्रेससँग छलफल अघि बढाएको खुलेको हो । आइतबारको काँग्रेस केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलले ओलीसँगको भेट र सत्ता सहकार्यबारे समाचारहरुमा आएको विषयबारे प्रश्न गरेपछिदेउवाले ओलीसँग भएको भेटवारे ब्रिफिङ गरेका हुन् । आइतबार पार्टी कार्यालय सानेमामा दिउँसो ३ बजेदेखि सुरु भएको बैठकमा सुरुमा महामन्त्री पूर्णबहादुर…

Read More

काठमाडौं: पछिल्लो २४ घण्टामा थप २९३ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ । उनीहरु मध्ये ३५ जनाको मृत्यु भएको छ भने ६ हजार ५४७ जना डिस्चार्ज भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै कञ्चनपुरमा ३२ जना संक्रमित थपिएका छन् । यस्तै रौतहटका २९ जना, काठमाडौं, धनुषा र कैलालीका २७२७ जना, बाजुराका २०, सल्यान १५, सुर्खेत र महोत्तरीका १२१२ जना र प्युठानका ११ जना छन् । डडेलधुराका ९ जना, सर्लाही र दैलेखका ७७ जना, बर्दियाका ५ जना, रुकुम पश्चिम, अर्घाखाँची र बैतडीका ४४ जना, डोटीका ३…

Read More

काठमाडौं:  बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको निर्माण सम्पन्न भएको छ । आइतबार मेलम्ची आयोजनाको निर्माण सम्पन्न भएको बारे जानकारी दिन खानेपानी मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खानेपानी मन्त्री बिना मगरले मेलम्चीको उद्घाटन छिटै गरिने जानकारी दिनुभयो । आइतबार बिहानबाट मेलम्ची खोलाको पानी आयोजनाको सुरुङ मार्गमा पथान्तर गरिएको छ । सुरुङ मार्ग भरिन केही दिन लाग्ने र त्यसपछि सुरुङको अन्तिम परीक्षण हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । पत्रकार सम्मेलनमा बोल्दै मेलम्ची खानेपानी आयोजनाका प्रमुख तिरेश प्रसाद खत्रीले सुरुङमा पानी हालिसकिएकाले केही दिनमा नै २६ किलोमिटर लामो सुरुङ भरिने र त्यसपछि सुरुङ खाली गरी फेरि पानी हालेर उपत्यकामा पानी बितरणको…

Read More

काठमाडौं: नागरिक लगानी कोष र चन्द्रागिरी हिल्सबीच आइपीओको अन्डर राइटिङ गर्ने सम्झौता भएको छ । चन्द्रागिरी हिल्सले स्थानिय बासिन्दा एवं सर्वसाधारणमा सेयर निष्कासन तथा प्रत्याभुति नियुक्ती गर्ने सम्बन्धी आइतबार सम्झौता भएको हो । चन्द्रागिरी हिल्सको १८ लाख ४० हजार ९ सय १० कित्ता सेयरको सेयर प्रत्याभुत गर्ने सम्झौता भएको हो । उक्त प्रत्याभुतिमा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र चन्द्रागिरी हिल्सको तर्फबाट कम्पनीका महाप्रबन्धक अभिषेक बिक्रम शाहले हस्ताक्षर गरे । चन्द्रागिरी हिल्सले आइपीओ निष्कासनको माग गर्दे धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ । बोर्डले अनुमति दिने बित्तिकै आइपीओ निष्कासन प्रक्रिया अघि बढ्नेछ । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले…

Read More

काठमाडौँ : दुई एयरलाइन्सले विभिन्न मुलुकबाट दैनिक औसत पाँचदेखि छवटा अन्तर्राष्ट्रिय उडान गरी समस्यामा परेका नेपालीलाई उद्धार जारी राखेका छन् । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र निजी क्षेत्रको हिमालय एयरलाइन्सले चार्टर्ड उडान गरी उनीहरुलाई स्वदेश फर्काइरहेका हुन् । नेपाल एयरलाइन्सले दैनिक तीनदेखि चार र हिमालयले दैनिक दुईदेखि तीन उडान भर्दै आएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । यी उडानमा कहिलेकाहीँ गन्तव्य तथा उडान सङ्ख्यामा पनि तलमाथि हुने गरेको छ । दुवै एयरलाइन्सले जुलाई महिनामा हुने उडान तालिका बनाएर धमाधम चार्टर्ड उडान गरिरहेका छन् । नेपाल एयरलाइन्सले जुलाई ११ तारिखसम्मको उडान तालिका सार्वजनिक गरेको छ ।…

Read More

काठमाडौँ : कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो एक सातामा विदेशमा थप १३ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संयुक्त अरब इमिरेट्स (युएई)मा थप छ, भारतमा पाँच, ओमान र कुवेतमा एक÷एक नेपालीको मृत्यु भएको हो । समितिका अनुसार शनिबार साँझसम्म विभिन्न १४ देशमा १४३ नेपालीको कोरोना सङ्क्रमणबाट मृत्यु भइसकेको छ । हालसम्म बेलायत, युएई, साउदी अरब, बहराइन, कुवेत, कतार, आयरल्यान्ड, जापान, टर्की, नेदरल्यान्ड र स्विडेन, ओमानलगायत देशमा रहेका नेपालीको मृत्यु भएको छ । एनआरएनए स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार यस हप्ता विदेशमा मध्यपूर्वका देशबाहेक अन्य मुलुकमा कोरोना सङ्क्रमणको…

Read More