काठमाडौं: नागरिक लगानी कोष र चन्द्रागिरी हिल्सबीच आइपीओको अन्डर राइटिङ गर्ने सम्झौता भएको छ । चन्द्रागिरी हिल्सले स्थानिय बासिन्दा एवं सर्वसाधारणमा सेयर निष्कासन तथा प्रत्याभुति नियुक्ती गर्ने सम्बन्धी आइतबार सम्झौता भएको हो । चन्द्रागिरी हिल्सको १८ लाख ४० हजार ९ सय १० कित्ता सेयरको सेयर प्रत्याभुत गर्ने सम्झौता भएको हो ।
उक्त प्रत्याभुतिमा कोषको तर्फबाट कार्यकारी निर्देशक रमण नेपाल र चन्द्रागिरी हिल्सको तर्फबाट कम्पनीका महाप्रबन्धक अभिषेक बिक्रम शाहले हस्ताक्षर गरे । चन्द्रागिरी हिल्सले आइपीओ निष्कासनको माग गर्दे धितोपत्र बोर्डमा आवेदन दिइसकेको छ ।
बोर्डले अनुमति दिने बित्तिकै आइपीओ निष्कासन प्रक्रिया अघि बढ्नेछ । यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । यसले चन्द्रागिरी थानकोटमा केबुलकार सञ्चालन गरिरहेको छ । कम्पनीले स्थानीय बासिन्दा र सर्वसाधारणका लागि आइपीओ अनुमित मागेको हो ।
