Author: Laxman Kafle

काठमाडौँ: यहीँ मंसिर ४ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्ष तर्फको सबै १६५ क्षेत्रको अन्तिम परिणाम आइसकेको छ। जसमा नेपाली कांग्रेसले ५७ सिटसहित अग्रता लिएको छ। नेकपा एमालेले ४४ सिटमा जित निकालेर दोस्रो भएको छ। यस्तै १८ सिट जितेको माओवादी केन्द्र तेस्रो र १० सिट जितेको नेकपा एकीकृत समाजवादी पार्टी चौथो भएका छन्। यता समानुपातिकतर्फको गणना पनि लभगभ अन्त्यतिर पुगेको छ। जसअनुसार मंगलबार बिहान ७ बजेसम्मको परिणाम अनुसार नेकपा एमालेले २८ लाख मत नघाएर पहिलो पार्टी बनेको छ। १ करोड ४ लाख ७८ हजार ७३५ मतगणना गर्दा एमालेले २८ लाख १४ हजार ६५५ मत प्राप्त गरेको हो, अर्थात २६.८६…

Read More