काठमाडौँ: तिहारमा सवा दुई अर्ब रुपैयाँ बराबरको सुनचाँदी बिक्री भएको छ । यो वर्षको तिहारमा लगभग दुई अर्ब रुपैयाँ बरावरको सुन र २६ करोड रुपैयाँ बरवाको चाँदीको व्रिकी भएको नेपाल सुनचाँदी व्यवसायी महासंघका पुर्व अध्यक्ष तेज रत्न शाक्यले बताए ।
उनका अनुसार तिहारको १४ दिनमा लगभग ४०० किलोग्राम सुन र ४००० किलोग्राम चाँदी भएको छ ।
यधपी गत वर्षको तुलनामा यो वर्ष सुन तथा चाँदीको कारोवारमा गिरावट आएको छ । शाक्यले अघिल्लो वर्षको तुलनामा यो वर्ष सुनको कारोबार ३० प्रतिशतले कमि भएको बताए।
“मूल्यमा भएको वृद्धिले गर्दा गत वर्षको तुलनामा यो वर्ष सुनचाँदीको कारोवारमा कमि आएको हो । यो वर्ष दैनिक २५ देखि ३० किलोग्राम सुन र २०० किलोग्राम चाँदी बिक्रि भएको छ जबकि गत वर्ष तिहारमा दैनिक ४० किलो सुन र २५० किलोग्राम चाँदी कारोवार भएको थियो ।
उनले भने धनत्रयोदशीमा सुनचाँदीको कारोबार सबै भन्दा बढी भएको छ । धनत्रयोदशीका दिनमा सुन ५० किलो र ७०० किलो चाँदी बिक्री भएको उनले बताए ।
लक्ष्मीपूजाका लागि कात्तिक कृष्णपक्षको त्रयोदशी अर्थात धनत्रयोदशीमा द्रब्य जोड्नु राम्रो हुने जनविश्वास छ। धनकी देवि लक्ष्मीलाई प्रसन्न पार्न धनतेरस (धातुका भाँडा) चढाउँदा १३ गुणा बढी धन लाभ हुने विश्वास गरिन्छ। यही जनविश्वासका कारण सुनचाँदीको कारोबार बढी हुने गर्छ।
खपत भएको सुनचाँदी मध्य काठमाडौँ उपत्यकामा मात्रै ५० प्रतिशत खपत हुने गरको उनले बताए । देशभर लगभग २२ हजार सुनचाँदी व्यावसायी छन् ।