Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Friday, November 6
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » ‘समुदाय– प्रहरी साझेदारी’ कार्यक्रम: ३६० समिति निर्माण

    ‘समुदाय– प्रहरी साझेदारी’ कार्यक्रम: ३६० समिति निर्माण

    पहिलोक्लिकपहिलोक्लिकNovember 13, 2018No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: नेपाल प्रहरीले भर्खरै शुरु गरेको ‘समुदाय– प्रहरी साझेदारी’ अवधारणालाई कार्यान्वयन गर्न देशभरमा ३६० विभिन्न समिति निर्माण गरेको छ । ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँग साझेदारी गरी समाजमा हुने अपराध न्यूनीकरण गर्ने लक्ष्य राखेको प्रहरीले सबै क्षेत्रमा समिति निर्माण गर्ने गरी अगाडि बढेको छ ।

    नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी देशभरका ३६० जिल्ला समिति, पालिका समिति, वडा समिति, टोल समिति र विद्यालय समिति निर्माण गरिसकिएको बताउछन् ।

    गृहमन्त्रालयबाट जारी भएको ८२ बुँदे ‘गृह प्रशासन सुधार योजना’ र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको १० बुँदे प्राथमिकताका आधारमा कात्तिक ११ देखि शुरु भएको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमलाई हरेक जिल्ला, स्थानीय तह र गाउँसम्म पुर्याउने लक्ष्य लिइएको छ ।

    कार्यक्रम कार्यान्वयन गर्न केन्द्रीयस्तरदेखि गाउँतहसम्मै साझेदारी संरचना निर्माण गरिने गरी प्रहरीले काम गरिरहेको प्रवक्ता सुवेदीको भनाइ छ । विद्यालय सम्पर्क कार्यक्रम तथा समुदाय आधारित सचेतना कार्यक्रम शुरुआत् भइसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    “हरेक गाउँ र टोलमा समिति निर्माण गर्ने अवधारणामा स्थानीय जनसहभागिता उत्साहजनक पाइएको छ”, प्रवक्ता सुवेदीले भन्नुभयो । प्रहरीले ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रममार्फत स्थानीय जनसमुदायको सहयोगमा केही फरार अपराधीसमेत नियन्त्रणमा लिइसकेको छ ।

    विकास र सुरक्षाको अन्तरनिर्भरता, विद्यमान परिस्थिति र भावी कार्यदिशालाई सम्बोधन गर्दै अपराध रोकथाम गरी समाजमा शान्ति, सुरक्षा र अमनचैनका लागि ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम फलदायी हुने विश्वास लिएको प्रहरीले मङ्सिरसम्ममा सबै जिल्ला, पालिका, वडा, टोल र विद्यालयमा समिति निर्माण गरिसक्ने जनाएको छ ।
    ६२० स्थानीय तहसँग साझेदारी

    ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमलाई कार्यान्वयन गर्नका लागि प्रहरीले देशभरका ६२० स्थानीय तहसँग सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर गरिसकेको छ । ७५३ स्थानीय तहसम्म कार्यक्रम लैजाने लक्ष्यका साथ अगाडि बढेको प्रहरीले अहिलेसम्म ६२० स्थानीय तहसँग समझदारी गरिसकेको हो । प्रहरीले सबै सामाजिक संस्था र विद्यालयसम्म उक्त कार्यक्रम लैजान सके १० हजार सामाजिक संस्था, ७५ लाख विद्यार्थी, ३६ हजार विद्यालय, चार लाख शिक्षक, ७५ हजार प्रहरी र ४० लाख अभिभावक यो कार्यक्रममा प्रत्यक्ष संलग्न हुनेछन् ।

    कार्यक्रमलाई सफल पार्न प्रहरीले पर्चा–पम्प्लेट वितरण गर्नेदेखि घरघरमा पुगेर समाजमा हुने अपराधसम्बन्धी जानकारी गराउने, प्रशिक्षण दिने, सामुदायिक गस्ती गर्ने, अन्तक्र्रिया कार्यक्रम सञ्चालन तथा सार्वजनिक सुनुवाइलगायत कार्यक्रम सञ्चालन गर्नेछ । अपराध रोकथामका लागि विद्यालयसँग सहकार्य गरेर छुट्टै पाठ्यक्रम निर्माण गरेर लागू गर्ने गरी अगाडि बढेको छ ।

    प्रहरीले समाजमा हुने अपराधलाई न्यूनीकरण गर्न केही स्थानीय तह र सामाजिक सङ्घ संस्थाको सहयोगमा सिसीटिभी जडान कार्यसमेत शुरुआत् गरिसकेको प्रवक्ता सुवेदीले बताउनुभयो । “सिसीटिभीको जडानसँगै अपराध रोकथाममा सहयोग पुग्ने विश्वास प्रहरीले लिएको छ”, उहाँले भन्नुभयो । कार्यक्रम कार्यान्वयनमा आए समाजमा हुने अपराधमा ठूलो मात्रामा कमी आउने प्रहरीले विश्वास लिएको छ ।

    Facebook Comments Box

    प्रहरी
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.