काठमाडौं: नेपालमै पहिलो पटक मानिस हिडने बाटो छेउको पेटी तथा खुला कम्पाउण्डहरुमा छाप्ने पानी सोस्ने ब्लकको उत्पादन हुने भएको छ ।
गोर्खा इको प्यानल अन्तगर्तको गोर्खा प्रिकाष्ट एण्ड विण्डोरले भक्तपुरमै पहिलो पटक यस्तो व्लकको उत्पादन थाल्न लागेको हो ।
हाल पेटी तथा खुला कम्पाण्डहरुमा प्रयोग भइराखेका व्लकहरुले व्लकहरुले पानी सोस्ने क्षमता राख्दैनन् । तिनीहरुको कापबाट निश्चित मात्रामा मात्रै पानी सोसेर जमिनमुनि जाने गर्दछन् । तर उत्पादन गर्न लागिएको यो व्लकले आकाशे पानीलाई पूरै सहतबाटै आफैंले पानी सोसेर सिधै जमिनमुनि पठाउने क्षमता राख्दछ ।
उत्पादन हुन लागेको यो व्लकमा विशेष प्रविधि अपनाई आकासे पानी सोसेर सिधै जमिनमुनि जानसक्ने गरी बनाइनेछ । यसो हुँंदा काठमाडौं उपत्यकामा पानी पुनर्भरण (ग्राण्ड वाटर रिचार्जिंङ) नहुने समस्या केही हदसम्म कम हुने विश्वास गरिएको छ । काठमाडौंका सडकहरुमा कालोपत्रे भई वर्षाको पानी पुनर्भरण हुन नपाउँंदा उपत्यकामा वर्षेनी पानीको सतह गहिरिदै गएको छ ।
काठमाडौं उपत्यकामा वढदो सहरीकरणसँंगै त्यहाँं प्रयोग भएका कंक्रिटले आकाशे पानी जमिनमुनि जान पाएको छैन । आकाशे पानी ढल हुँंदै खोलाबाट समुद्रमा जाने गर्दा विगतका वर्षहरुमा काठमाडौं उपत्यकाका इनारहरु सुक्दै जानुका साथै बोरिंगको पानी धेरै गहिराइमा पुगेको हो । यदि यो पानी सोस्ने व्लक प्रयोग गर्ने हो भने केही हदसम्म यो समस्याको समाधान निस्कने विज्ञहरु बताउँंछन् ।
गोर्खा प्रिकाष्ट एण्ड विण्डोर प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ईन्जिनियर राजन दुवालले दुई महिनाभित्र उत्पादन थाल्ने योजना रहेको बताए ।
यसका लागि चीनबाट अध्याधुनिक मेशिन हिडिसकेको पनि उनले जनाए । नेपालमा पानी सोस्ने व्लक उत्पादन हुन लागेको यो पहिलो कम्पनी भएको उनको दावी छ ।

ईन्जिनियर दुवालले भने, ‘चीनको विभिन्न सहरहरुमा घुमेर यसको प्रयोग भएका ठाउँंहरुको अध्ययनपश्चात त्यहाँंका विशेषज्ञहरुसँंग छलफल गरी नेपालको माटो सुहाउदो यो प्रविधि नेपालमा भित्राउन लागेका हौ ।’
व्लकमा विशेष प्रकारको केमिकल मिसाई गुणस्तरलाई मध्यनजर गरी पानी सोस्नसक्ने गरी उत्पादन गरिने जनाइएको छ । यसको माथि मानिस हिड्न तथा हलुका सवारीसाधन गुडाउँंदा पनि फुटनेलगायतका समस्या नहुने जनाइएको छ । व्लक ग्राहकको चाहना अनुरुप ३५ टन क्षमता भारबहन गर्न सक्ने मोटाई र स्टे«न्ठ (बलियोपन) हुने कम्पनीले जनाएको छ ।