काठमाडौँ: नेपाल राष्ट्र बैंकले आज ५ अर्ब रुपैयाँको रिभर्स रिपो जारी गर्दैछ । ७ दिनमा परिपक्व हुने गरी केन्द्रीय बैंकले रिभर्स रिपो जारी गर्न लागेको हो ।
बैंकहरुमा तरलता अभाव भइरहेको चर्चा चलिरहेकै बेलामाराष्ट्र बैंकले रिभर्स रिपो जारी गर्न लागेको हो ।
५ अर्ब रुपैयाँको रिभर्स रिपोका लागि राष्ट्र बैंकले मध्यान्ह २ बजे बोलकवोल हुने जनाएको छ ।
बैंक तथा वित्तीय संस्थाहरुमा तरलता बढी भएको अवस्थामा केन्द्रीय बैंकले रिभर्स रिपोमार्फत तरलता प्रशोचन गर्ने गर्दछ भने बजारमा तरलता अपुग भएको बेला रिपो जारी गरेर तरलता प्रवाह गर्ने गर्दछ ।
Facebook Comments Box