काठमाडौं: सातौं राष्ट्रिय कर दिवसका अवसरमा सरकारले विभिन्न क्षेत्रबाट धेरै कर तिर्ने १५ संस्था तथा व्यक्तिलाई सम्मान गरेको छ। क्षेत्रगत आधारमा गरिको वर्गीकरणअनुसार सबैभन्दा धेरै कर तिर्ने एक एक जनालाई सम्मान गरिएको हो।
सबैभन्दा धेरै व्यक्तिगत आयकर तिर्ने उद्योगी सिद्धार्थ राणालाई सरकारले सम्मान गरेको छ। आन्तरिक राजस्व विभागले तयार गरेको सूचीअनुसार उद्योग, कृषि, वित्तीय क्षेत्र, बीमा, व्यापारलगायतका क्षेत्रमा धेरै कर तिर्ने संस्थालाई सम्मान गरिएको छ।
विभागले हरेक वर्ष धेरै कर तिर्ने करदतालाई सम्मान गर्दै आएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाले सम्मानपत्र प्रदान गरेका छन्।
विभागले उत्कृष्ट काम गर्ने कर्मचारी तथा विभिन्न प्रतिस्पर्धामा अब्बल ठहरिकालाई पनि सम्मान गरेको छ।
आन्तरिक राजस्व विभागका अनुसार सबैभन्दा बढी आयकर तिर्ने सूर्य नेपाल सम्मानित भएको छ।
निर्यात उद्योगतर्फ सबैभन्दा धेरै कर तिर्ने डाबर नेपाल छ भने उद्योगतर्फ हिमाल पावर कम्पनीले धेरै कर तिरेको छ।