काठमाडौँ: विगत १६ महिनादेखि विवादित बन्दै संसदीय समितिसम्म पुगेको नेपाल इञ्जिनियरिङ कलेज (एनईसी) को स्वामित्व विवाद यती खेर उत्कर्षमा छ।
कलेज नितान्त रुपमा २०६० भदौ ४ गते संघ/संस्था दर्ता ऐन-२०३४ अनुसार भक्तपुरको जिल्ला प्रशासन कार्यालयमा ७ जनाको लगानीमा संचालन हुँदै आएको देखिएपनि पछिल्लो पटक कलेज २०७३/७४ देखि नाफा कमाउंदै आउन थालेपछि स्वामित्व विवाद एतीखेर उत्कर्षमा पुगेको दुवै बहाल तथा पूर्व कलेजका अध्यक्षहरुसंगको कुराकानीबाट बुझ्न सकिन्छ।
अहिले कलेज व्यवस्थापकमा देखिएको दुई खेमा बिशेष गरी हालका कलेजका कार्यकारी अध्यक्ष लम्बोदर न्यौपाने र दिपक भट्टराईसहितको पूर्व उद्ध्योग मन्त्रीसमेत रहिसकेका हरि प्रसाद पाण्डेबीचको विवाद अदालत तथा शिक्षा तथा स्वास्थ्य समिति हुँदै बिना निष्कर्ष कलेज अथावत स्थितिबाट गुज्रिएको छ।
लम्बोदर नेतृत्वको पाँचजनाको समुहले कलेज नितान्त निजी व्यवस्थापन र ढांचामा चलेको दावी गर्छन भने अर्को पाण्डेनेतृत्वको तीन जनाको (अभिभावकको सदस्यकोसहित) समुहले भने कलेज स्थापना कालदेखि नै विधानसम्मत रुपमा पूर्ण रुपमा सामाजिक संस्थाको (गैरनाफामुलक) रुपमा दर्ता भई संचालन हुनेछ भनि उल्लेख भएको दावी छ।
उनीहरुले जयपुरी घर्ती सभापति रहेको संसदीय समितिमा यही सोमबार (मङ्सिर ३ गते) दुवै पक्ष छुटाछुट्टै समयमा उपस्थित भएर आ-आफ्नो धारणा पेस गरिसकेका छन् भने घर्तिको नेतृत्वमा थप छानविन गर्न एउटा समिति बनेको अवस्था छ भने समितिले हाल मगाइएको सबै कागजातको अध्यायन पश्चात निर्णय लिने भनिएको छ।
विवाद के हो?
कलेज सबैभन्दा पहिले २०५१ सालमा त्रिभुवन बिश्वबिद्यालयको सम्बन्धनमा चलेको भएपनि पछि २०५५ सालमा पुनः सोहि त्रिविमै दर्ता सम्बन्धन लिंदैको ढांचामा सामाजिक संस्थाकै रुपमा पोखरा विश्वबिद्यालयको सम्बन्धन लिएर चलेको संस्था हो।
कलेज २०६८ (तत्कालिन दिपक भट्टराई अध्यक्ष रहेदेखि २७ महिना २०७३ सम्म हरि पाण्डे अध्यक्ष रहंदासम्म)को समयावधिमा कलेज १३-१४ करोड घाटामा रहेको पछि लम्बोदर न्यौपानेले आफु कार्यकारी अध्यक्षको हैसियत लिएर व्यवस्थापनमा आइसकेपछि कलेज १३-१४ करोड ऋण तिरेर पनि कलेज नाफामा संचालन हुन थालेको अवस्थामा कलेज पुगेपछि हालको स्थिति सिर्जना हुनमासमेत केहि भूमिका देखिन्छ।
हरि पाण्डेका भनाइ अनुसार उनको पालामा कलेज द्वन्दकालको अवस्थादेखि गुज्रींदै आउँदा कलेज निरन्तर घाटामा गएको तर्क गर्छन।
कलेज स्थापना गर्न सुरुमा सातै जनाले जम्मा ३५ लाख लगानीमा उक्त कलेज दर्ता संचालन भएको बताएका छन्। जसमा दीपक भट्टराईको १८ लाख लगानी जसअनुसार ५१.४३ प्रतिशत शेयर, लवराज भट्टराईको ४ लाख (११.४३ प्रतिशत शेयर, त्यस्तै रामरत्न उपाध्याय, डा. उपेन्द्र गौतम, लम्बोदर न्यौपानेको तीन/तीन लाख अर्थात ८.५७ प्रतिशत शेयर रहेको देखिन्छ भने हरिप्रसाद पाण्डे र सूर्य बहादुर केसीको दुई/दुई लाख अर्थात ५.७१ प्रतिशत शेयर रहेको देखिन्छ।
सो शेयर स्वामित्व दीपक भट्टराईले पछि आफ्नो सम्पूर्ण शेयर आफ्नो छोरा सलिल भट्टराईलाई हस्तान्तरण गरेको भनि असोज २७ गते २०७३ साल बिधानमा उल्लेख गराएका छन्।
सलिल भट्टराई र हरि पाण्डे कलेज सामाजिक संस्थाकै रुपामा संचालन हुनेपर्ने र कलेज कदापी निजि प्रयोजन र व्यवथापनमा जानु हुँदैन भन्दै न्यौपानेसमूहसंग विवादित छन्।
हाल शेयर विवाद भन्दा पनि उनीहरुबीच कलेज निजी वा सामाजिक (गैरनाफामुलक) के हो भन्ने बारे विवाद मुख्य देखिन्छ।
हरि पाण्डेसमुह कलेजको आफ्नो आन्तरिक विधान २०६० तयार गर्दा र दर्ता गर्ने बेलामै पूर्ण रुपमा सामाजिक संस्थाको रुपमा संचालन हुनेछ भने उल्लेख गरिएको भनिरहेका छन्।
लम्बोदर न्यौपानेको दावी
अर्को तर्फ न्यौपानेले कलेज सधै सामाजिक संस्थाको रुपमा जस्तो देखिएको र ”लेटर अफ इनटेण्ट’आदि काम गर्नका लागि अन्य संघ साथ र प्रतिष्ठान जादै एउटै कलेजको नाम दुई प्रकृतिको संस्था दर्ता गराउने भन्दै न्यौपानेले आफ्नो नाम २०७४ बैशाख २५ गते कम्पनी रजिस्ट्रारको कार्यालयमा निजी सोहि कलेजकै नाममा दर्ता गरेका छन्।
जसमा उनले कम्पनीको सम्पूर्ण स्वामित्व, सम्पति र भवन निजी हुने भनि प्रवन्ध पत्रमा उल्लेख गरी गर्दा हात पारेका छन्।
न्यौपानेका अनुसार कलेज निजी नै हो भन्दै पाटन उच्च अदालतले पनि सोहि अनुरुपको फैसला गरेको र जिल्ला प्रशासन कार्यालय भक्तपुरले समेत कलेज सामाजिक संस्थाको रुपमा दर्ता भएको २०६० साल देखि हालसम्म पनि एक पटक पनि दर्ता नविकरण नभएको देखिएको , नवीकरण हुन नसकेको मनाविस कारण पनि पेश नभएको र नवीकरणका लागि माग भएको आधारभूत कागजात पेश हुन नआएकोले नवीकरण गर्न नसकिने र कानुनबमोजिम कलेज संचालनलाई पूर्ववत रुपमा निरन्तरता दिन हुन भनि सिडियो कार्यालय भक्तपुरको २०७४/१०/११ गतेको पत्रको चलानी नम्बर २९७१ मा उल्लेख गरिएकोले कलेज सामाजिक संस्थाको रुपमा नभई निजी नै हो भन्ने दावी गर्छन।
लम्बोदरको दुईथरी नियत
कलेजका कार्यकारी अध्यक्ष न्यौपानेले नै कलेजको सम्पत्तिलाई निजीमा रुपान्तरण गर्न कम्पनी रजिस्ट्रार कार्यालयबाट निजीको दर्ता प्रमाणपत्र निकालेको देखिन्छ।
सामाजिक संस्था स्थापना गरी त्यसमार्फत कलेज सञ्चालन भइरहेकोमा कलेजको नामसँग मिल्नेगरी उनले कम्पनी स्थापना गरेका हुन् । १६८१६०–२०७३/७४ दर्ता नम्बर उल्लेख गरी गत बैशाख २५ गते ‘नेपाल इन्जिनियरिङ कलेज’ नामका प्राइभेट कम्पनी दर्ता भएको अभिलेखबाट देखिन्छ ।
अहिले कलेजको सम्पत्तिमा अनियमितता” को शंका भएपछी विद्यार्थी, कर्मचारी तथा स्थानीयबासी आन्दोलित छन् ।
कम्पनीका सञ्चालक न्यौपानेले निजी कम्पनी भएपनि कलेज सञ्चालन र सम्पत्ति खरिदबिक्रीमा ‘नेपाल इन्जिनियरिङ कलेज’ मात्रै भनी उल्लेख गरिने सूचना कम्पनी रजिष्ट्रारको कार्यालयलाई दिएका छन् । यो नाम सामाजिक संस्थाका रूपमा चाँगुनारायणमा सञ्चालित इञ्जिनियरिङ कलेजसँग हुबहु मिल्छ।
यस अर्थमा बुझ्दा अहिले न्यौपाने कलेजको सामाजिक संस्थाको नाम दर्ता रहेको पुरानो उनी आफैले कम्पनि कार्यालयमा दर्ता गराएको प्रमाणपत्रले उनी एउटै संस्थाको कार्यकारी अध्यक्ष रहिरहेका छन् ।
प्रवन्ध पत्रमा गैरनाफामूलक संस्थाको सम्पत्ति न्यौपानेले भक्तपुरको चागुनारायणमै आफ्नो कम्पनी स्थापना गरी त्यहीँ सञ्चालन हुने विवरण पेस गरेका छन् । कलेजको अधिकृत पूँजी १० करोड रुपैयाँ देखाई सञ्चालक न्यौपानेले ७ करोड रुपैयाँको शेयर आफ्नो नाममा राखेका छन् ।
निजी कम्पनीका रूपमा दर्ता भएको कलेजको प्रबन्धपत्रमा हालको गैरनाफामूलक कलेजको सम्पत्ति हत्याउन खोजेको स्पष्टै देखिन्छ ।
प्रबन्धपत्रमा ‘यसअघि कम्पनी ऐन अनुसार दर्ता नभई पोखरा विश्वविद्यालयको सम्बन्धनमा मात्र सञ्चालन भएका सम्पूर्ण शैक्षिक कार्यहरू आजको मितीदेखि कम्पनी ऐन अनुसार सञ्चालन भएको मानिनेछ’ भन्ने उल्लेख छ ।
यो व्यवस्थाले सामाजिक संस्थाको सम्पत्ति व्यक्तिको नाममा ल्याउन खोजेको प्रस्ट देखिन्छ ।
साथै प्रबन्धपत्रमा उक्त कलेजले खरिद वा निर्माण गरेका सम्पूर्ण चलरअचल सम्पत्ति स्वतस् यस कलेज (निजी) को हुनेछ’ भनिएको छ । साथै उक्त कलेजको लेनदेनसमेत दर्ता भएको कम्पनीको जिम्मेवारीमा सर्ने उल्लेख छ ।
कम्पनी दर्ताका क्रममा अन्य कुनै व्यक्तिको सम्पत्ति अब दर्ता हुने कम्पनीको स्वामित्वमा आउने भन्ने व्यवस्थामा सम्बन्धित व्यक्तिको समेत स्विकृति र उपस्थिती आवश्यक पर्छ तर यसमा त्यसो भएको देखिन्न।
हरि पाण्डेको दावी
यस्तै यता पाण्डे समूह भने कलेज कहिले पनि निजी भनि संचलन र सहयोग र आम्दानी नगरेको, तत्कालिन चांगुनारायण गाविसमा १७० रोपनी जग्गामा बनेको र हाल निजी भन्दै कलेजले उक्त जग्गा पुनः भक्तपुरमा बन्ने भनिएको बीर अस्पताललाई विक्री गरेको दावी छ। यस्तै कलेज निजी अन्तर्गत संचालन गर्न न्यौपाने समुहले पोखराको सम्बन्धनबाट अलग भई मध्यपश्चिममाञ्चल विश्वबिद्यालयको सम्बन्धन लिन लागेको पाण्डे समूहको दावी छ।
पाण्डेले भने निजी स्वार्थ र मानिसकता कारण अहिले कलेज धरासायी भन्दै गएको र लम्बोदर पक्षले कलेजको हालको बैंक खातामा पैसा देखिए पनि कलेजको नाममा पैसा जम्मा नभएको, छुटै माइनुट तयारी गर्दै अपारदर्शी ढंगले बैंक खाता संचालन गरेको र बहुमत जुटाएर कलेजको पनि पैसा झिकेको पनि पाण्डेले बताए।
पाण्डे समूहले पनि छुट्टै दुइ जनाको (सलिल र हरि पाण्डे) को हस्ताक्षर जुटाएर माछापुछ्रे बैंकमा रहेको खाता बन्द गर्न लगाएको र हाल दुवै पक्षले बैंक खाता बन्द गर्न निवेदन दिएकोले पैसा झिक्न भने दुवै पक्षले पाएको छैन।
पाण्डेका अनुसार यस समस्याको हल दुई तरिकाबाट दिन सकिने तर्क गर्छन – एक कलेजलाई भक्तपुर नगरपालिकाको स्वायत्त सामाजिक संस्थाको रुपमा सचालन हुन दिने दोश्रो कलेज पोखरा विश्वबिद्यालयको एक आंगिक कलेजको रुपमा संचालन हुन दिने जसले गर्दा कलेज सामाजिक रुपमै संचालन/व्यवस्थापन हुनेछ।
पाण्डेका अनुसार कलेज सामाजिक संस्था हुन नदिन हालै कलेजको विधान अनुरुप सदस्य भएको भक्तपुर नगरपालिका मेयर र अभिभावकबाट चुनिएका दीपक भट्टराईलाई समेत निकालेका छन्।
पाण्डेका अनुसार कलेजको हालको वार्षिक आम्दानी १० देखि १२ करोड रहेको छ भने हाल बैंकमा ३२ करोड पैसा रहेको र २१ करोड खर्च देखिएको छ। उनका अनुसार लम्बोदर र उनका समुहले गरी कलेजको ३३ करोड पैसा अपारदर्शी ढंगले हिनामिना गरेको जुन अहिले अखित्यारले समेत अनुसन्धान गरिरहेको छ।
कलेजमा हाल झन्डै २,२०० विद्यार्थी रहेका छन् जसको भविष्य अहिले आन्तरिक विवादले गर्दा झन् अन्धकारको बाटो तर्फ धकेलिएक छ।
संचालकहरु
१) डा. रामरत्न उपाध्याय
२) डा. दीपक भट्टराई
३) डा उपेन्द्र गौतम
४) नवराज भट्टराई
५) हरिप्रसाद पाण्डे
६) सूर्यबहादुर केसी
७) लम्बोदर न्यौपाने





