Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Friday, November 6
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » दुई तिहाइ बहुमतको कम्युनिष्ट सरकारले न्यायपालिकाको अस्तित्व समाप्त पार्यो: देउवा

    दुई तिहाइ बहुमतको कम्युनिष्ट सरकारले न्यायपालिकाको अस्तित्व समाप्त पार्यो: देउवा

    पहिलोक्लिकपहिलोक्लिकNovember 21, 2018No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले दुई तिहाइ बहुमतको कम्युनिष्ट सरकार स्वतन्त्र न्यापालिकाको अस्तित्व समाप्त पार्न लागिपरेको आरोप लगाएका छन् ।

    नेपाल डेमोक्र्याटिक लयर्स एशोसियसनको २९औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले व्यवस्थापिका र कार्यपालिकाको गलत क्रियाकलाप रोक्ने स्वतन्त्र न्यायपालिकालाई सरकारको दबाबमा राख्न खोजिएको बताए ।

    नेपाल बार एशोसियसनको आगामी नेतृत्व लोकतन्त्र र स्वतन्त्र न्यायपालिकालाई सुरक्षित गर्न सक्ने निर्वाचित हुनुपर्नेमा उनको जोड थियो । महासमिति बैठकपछि प्रमुख विपक्षी दलको हैसियतमा सरकारका गलत क्रियाकलापका विरुद्ध लड्ने सभापति देउवाले दाबी गरे ।

    कार्यक्रममा काङ्ग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसालले कम्युनिष्ट पार्टीको समाजवाद र काङ्ग्रेसको समाजवादका बारेमा बहस गर्नुपर्ने समय आएको बताइन । नेपाल बार एशोसियसनका अध्यक्ष शेरबहादुर केसीले पुस १७ गते वर्तमान प्रधानन्यायाधीशको पदावधि सकिने भएकाले मङ्सिर १७ अगावै संवैधानिक परिषद्ले सिफारिश गर्नुपर्ने बताइन । खस्कँदो अवस्थामा रहेको स्वतन्त्र न्यायपालिकाको अस्तित्व रक्षाका लागि उनले सरकारको ध्यानाकर्षण गराइन ।

    कार्यक्रममा वरिष्ठ अधिवक्ता हरिहर दाहाल, प्रेमबहादुर खड्का, वसन्तराम भण्डारी, नेपाल बार एशोसियसनका महासचिव खम्बाबहादुर खाती, आयोजक समितिका अध्यक्ष योगेन्द्रबहादुर अधिकारी, उपाध्यक्ष सुरेश पौडेल, नेपाल लयर्स एशोसियसनका अध्यक्ष रुद्र नेपाल, राष्ट्रिय प्रजातान्त्रिक कानून व्यवसायी समूहका अध्यक्ष राजु बस्नेत, डिएलए काठमाडौँका अध्यक्ष प्रकाश रावल, नेपाल कानून आयोगका पूर्वअध्यक्ष बाबुराजा जोशीलगायतले खस्कँदै गएको स्वतन्त्र न्यायपालिकाको साख उँचो बनाउन सबैको सहयोग हुनुपर्नेमा जोड दिए ।

    Facebook Comments Box

    काङ्ग्रेस
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.