Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Friday, November 6
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटक बढ्दै

    अन्नपूर्ण क्षेत्रमा पदयात्री पर्यटक बढ्दै

    पहिलोक्लिकपहिलोक्लिकNovember 22, 2018No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    पोखरा: पदयात्रा पर्यटनका लागि विश्वमा नै विशिष्ट पहिचान बनाएको अन्नपूर्ण सेरोफेरोमा बर्षेनी पदयात्राका लागि पुग्नेको सङ्ख्या बढ्दै गएको छ ।

    नेपालका विभिन्न पदमार्ग मध्येमा आकर्षक एवम् सबैभन्दा फराकिलो संरक्षित क्षेत्र रहेका कारण मनमोहक दृश्यावलोकनसहित पदयात्राका लागि यस क्षेत्रमा पर्यटकको आकर्षण बर्षेनी बढ्दै गएको हो । भूकम्प र नाकाबन्दीका कारण २०७२ र २०७३ मा पदयात्रामा आउने पर्यटकको सङ्ख्या घटे पनि पछिल्ला दुई वर्षमा भने पर्यटकको सङ्ख्या बढेको छ ।

    सेप्टेम्बरको मध्यदेखि डिसेम्बरको मध्यसम्म नै अन्नपूर्ण क्षेत्रमा ठूलो सङ्ख्यामा पदयात्री पर्यटक आउने गरेको ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घका अध्यक्ष हरि भुजेलले जानकारी दिए । सो मार्गमा आउने पर्यटकका लागि पदयात्री व्यवस्थापन सूचना प्रणाली (टिम्स) कार्ड अनिवार्य लिनुपर्ने व्यवस्था गरिएकामा टानले सामूहिक रुपमा आउनेको टिम्स शुल्क उठाउने गर्छ । नेपाल पर्यटन बोर्डले व्यक्तिगत रुपमा जानेको शुल्क उठाउँछ ।

    व्यक्तिगतमध्ये सार्क राष्ट्रबाट जानेले रु ६०० र अन्य राष्ट्रकाले रु दुई हजार तिर्नुपर्छ । सामूहिकमा जाने सार्क राष्ट्रकाले प्रतिव्यक्ति रु ३०० र अन्य राष्ट्रकाले प्रतिव्यक्ति रु एक हजार निर्धारण गरिएको छ । अध्यक्ष भुजेलका अनुसार टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घमार्फत सन् २०१७ को सेप्टेम्बरमा सार्क राष्ट्रबाट सामूहिक रुपमा टिम्स कार्ड लिनेको सङ्ख्या एक हजार १९१ थियो । सन् २०१८ मा उक्त सङ्ख्या बढेर एक हजार ४७८ पुगेको छ ।

    सार्कबाट सन् २०१७ को अक्टोबरमा टिम्स लिनेको सङ्ख्या एक हजार ७२३ पुगेकामा २०१८ मा एक हजार ९७२ पुगेको छ । टिम्स लिनेमध्ये अन्य विदेशी राष्ट्रबाट सन् २०१७ को सेप्टेम्बरमा दुई हजार ७४ भएकामा यस वर्ष दुई हजार २२८ पुगेको छ भने २०१७ को अक्टोबरमा तीन हजार ६५६ पुगेकामा यस वर्ष तीन हजार ७०४ पुगेको थियो ।

    तथ्याङ्कअनुसार पनि बर्षेनी पदयात्री पर्यटकको सङ्ख्या बढ्दै गएको पाइएको अध्यक्ष भुजेलले बताए ।

    पर्यटन बोर्ड पोखराका प्रबन्धक सूर्य थपलियाका अनुसार सो कार्यालयबाट सन् २०१७ मा सेप्टेम्बर देखि नोभेम्बरसम्म छ हजार ७०३ पर्यटकले टिम्स कार्ड लिएकामा यस वर्षको नोभेम्बर १६ सम्म छ हजार ३३ ले टिम्स कार्ड लिइसके । अघिल्लो वर्ष सेप्टेम्बरदेखि नोभेम्बरसम्म सार्क राष्ट्रका २८७ पदयात्रीले अन्नपूर्ण क्षेत्रको पदयात्राका लागि टिम्स कार्ड लिएकामा यस वर्ष नोभेम्बर १६ भित्रै ५२४ ले उक्त कार्ड लिइसकेको बताइएको छ । सार्कका साथै आन्तरिक पर्यटकको पदयात्रा गर्ने क्रम वृद्धि भएको उहाँले जानकारी दिए ।

    अन्नपूर्ण सेरोफेरो विश्वकै प्रसिद्ध १० टे«किङ मार्गमध्येमा पाँचौँ स्थानमा पर्दछ । सो क्षेत्रका पदमार्ग संरक्षणसाथै पछिल्ला समयमा विकास हुँदै गएका पोखरा–खयरलेक, पोखरा–हिडेनलेक, तेरिला पास, गुरुङ हेरिटेजजस्ता पदमार्गमा पनि पदयात्री पुग्न थालेका छन् । अन्नपूर्ण पदयात्रा अन्य पर्यटकीय गन्तव्यको तुलनामा सहज, उपयुक्त मौसमआदिका कारण यसप्रति पर्यटकको आकर्षण बढ्दै गएको विश्वास गरिने नेपाल पर्यटन व्यवसायी सङ्घ (निट) गण्डकी प्रदेशका अध्यक्ष एवम् टान पश्चिमाञ्चल क्षेत्रीय सङ्घका पूर्वअध्यक्ष सोम थापाले बताए ।

    उपल्लो मुस्ताङ, अन्नपूर्ण चक्र, घान्द्रुक घोरेपानी, घलेखर्क, घाद्रुक, घम्पुस, जोमसोम, नारफूलगायतको सो क्षेत्रका दर्जनौँ ठाउँ पदयात्राका लागि उपयुक्त मानिन्छ । विशेषगरी पर्यटकीय मौसममा ठूलो सङ्ख्यामा पर्यटक पदयात्रामा जाने गर्छन् ।

    नेपालमा आउने विदेशी पर्यटकमध्ये ७५ प्रतिशत बढी पदयात्रामै आउने गरेको पाइन्छ । पछिल्लो समयमा जथाभावी बाटो खन्ने प्रवृत्तिले पदयात्रा पर्यटन प्रभावित बन्दै गएको बताउँदै थापाले सरकारले पदयात्रा मार्गहरूको पहिचान गरी ती क्षेत्रलाई पदयात्रा संरक्षण क्षेत्र घोषणा गर्नुपर्नेमा जोड दिए ।

    Facebook Comments Box

    अन्नपूर्ण क्षेत्र
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.