Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Friday, November 6
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » ट्रकोमा निवारण गर्ने दक्षिण–पूर्वी एशियाकै पहिलो राष्ट्र नेपाल

    ट्रकोमा निवारण गर्ने दक्षिण–पूर्वी एशियाकै पहिलो राष्ट्र नेपाल

    पहिलोक्लिकपहिलोक्लिकNovember 22, 2018No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ : संसारकै सबैभन्दा पुरानो सङ्क्रामक रोग ट्रकोमा (खस्रे रोग) निवारण गर्ने नेपाल दक्षिण–पूर्वी एशियाकै पहिलो राष्ट्र बनेको छ ।

    तोकिएको मापदण्ड पूरा गरेपछि विश्व स्वास्थ्य सङ्गठनले ट्रकोमा निवारण गर्नेमा नेपाललाई सो क्षेत्रका आफू अन्तर्गतका ११ राष्ट्रमध्ये दक्षिण–पूर्वी एशियाकै पहिलो देश घोषणा गरेको हो । राजधानीमा आज आयोजित ट्रकोमा रोग निवारण समारोहमा विश्व स्वास्थ्य सङ्गठन–दक्षिणपूर्वी एशियाका क्षेत्रीय निर्देशक डा पुनम खेत्रपाल सिंहले उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवलाई ट्रकोमा रोग निवारण भएको प्रमाणपत्र प्रदान गरे ।

    नेपालमा अन्धोपनको दोस्रो प्रमुख कारकतत्व रहेको ट्रकोमालाई खस्रे रोगको रुपमा चिनिन्छ । ट्रकोमा क्लाइमेडिया ट्रकोमाइटिस नामक जीवाणुको कारणले लाग्ने सङ्क्रामक रोग हो । यसले आँखाको ढकनी मुनिको भागमा खस्रोपना ल्याउने भएकाले खस्रे रोग भनिएको हो । यो रोग लागेपछि आँखा दुख्ने, आँखाको बाहिरी सतह (कर्निया) टुक्रने र अन्त्यमा अन्धोपना हुन्छ । पानीको अभाव, सरसफाइको कमी भएको क्षेत्र र आँखामा बस्ने झिङ्गा धेरै भएको बाक्लो बस्तीका गरीब समुदायमा यो रोग बढी फैलने चिकित्सकले बताएका छन् ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका निमित्त सचिव सुशीलनाथ प्याकुरेलले सामूहिक प्रयासबाट रोग निवारण भएको जनाउँदै उपलब्धिलाई कायम राख्न सबैको सक्रिय सहभागिता आवश्यक रहेको बताए ।

    सङ्क्रमित व्यक्तिको आँखाको प्रत्यक्ष सम्पर्कबाट वा आँखा वा नाकबाट निष्कने श्रावको सम्पर्कबाट सर्ने रोगलाई सरकारले लामो प्रयासमा निवारण गर्न सफल भएको छ । ट्रकोमा रोग निवारण भएको उपलक्ष्यमा आज मन्त्रालयले साझेदारी संस्था तथा व्यक्तिलाई सम्मानसमेत गरेको छ ।

    उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले ट्रकोमा निवारण जनस्वास्थ्य क्षेत्रको ऐतिहासिक उपलब्धि भएको उल्लेख गर्दै स्वास्थ्य क्षेत्रको समस्या समाधानमा विशेष रणनीति बनाएर अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

    नेपालमा सन् १९८१ मा ट्रकोमा फैलिएको पाइएको थियो । एक अध्ययनले अन्धोपनाको दोस्रो मुख्य कारण ट्रकोमालाई देखाएको थियो । अहिले नेपालमा एकदेखि नौ वर्ष उमेर समूहका पाँच प्रतिशतभन्दा कम बालबालिकामा मात्र सक्रिय ट्रकोमाका लक्षण रहेको छ । पन्ध्र वर्षभन्दा माथि उमेर समूहमा शून्य दशमलव दुई प्रतिशतभन्दा कम व्यक्तिमा ट्रकोमाको विकसित रुप (ट्रकोमाटस ट्रिकायसिस) रहेको मन्त्रालयले जनाएको छ ।

    स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्रकुमार यादवले रोग निवारण महत्वपूर्ण उपलब्धि भएको भन्दै रोग दोहोरिन नदिन सम्बन्धीत सबै पक्ष सचेत हुनुपर्नेमा जोड दिए ।

    विश्व स्वास्थ्य सङ्गठन–दक्षिण पूर्वी एशियाकी क्षेत्रीय निर्देशक डा सिंहले नेपालको सफलता गर्व गर्न लायक भएको उल्लेख गर्दै नेपालको चुस्त निरीक्षण प्रणालीको प्रशङ्सा गरे ।

    अमेरिकी सहयोग नियोग (युएसएड)का मिसन निर्देशक एमी टोहिल–स्टलले सन् २००९ देखिनै ट्रकोमा प्रभावित जिल्लामा सेवा विस्तारमा सहकार्य गर्दै आएको जानकारी दिँदै एक दशकपछि प्रतिफल हासिल भएकोमा खुशी व्यक्त गरे ।

    स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय स्वास्थ्य समन्वय महाशाखा प्रमुख महेन्द्र श्रेष्ठ, अमेरिकी सहयोग नियोग आरटिआइ इनभिजनका आवासीय कार्यक्रम सल्लाहकार धर्मपालप्रसाद रमन, नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष तीर्थप्रसाद मिश्र र सङ्घका कार्यकारी निर्देशक शैलेशकुमार मिश्रलगायतले यो उपलब्धिलाई कायमै राख्न सबैको सहकार्य जरुरी रहेको धारणा व्यक्त गरे ।

    पाँच प्रतिशतभन्दा कम बालबालिकामा ट्रकोमा

    इन्टरनेशनल ट्रकोमा इनिसियटिभ (आइटीआई) अमेरिकी सहयोग नियोग, रिसर्च ट्रयाङग इन्स्टिच्युट इन्टरनेशनल र हेलेन केलर इन्टरनेशनको आर्थिक तथा प्राविधिक सहयोगमा नेपालमा सन् २००२ देखि राष्ट्रिय ट्रकोमा कार्यक्रम शुरु गरेको थियो ।

    कार्यक्रमअन्तर्गत विश्व स्वास्थ्य सङ्गठनले सुझाएको रणनीतिअनुसार कार्यक्रम सञ्चालन भएपछि ट्रकोमा प्रमुख जनस्वास्थ्य समस्याबाट सामान्य समस्यामा झारिदिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका निमित्त सचिव सुशीलनाथ प्याकुरेलले बताउनुयो । कार्यक्रम सफल पार्न १० हजार सामाजिक परिचालक र १६ हजार बढी स्वास्थ्य स्वयम्सेविक परिचालन भएका थिए । सन् २०१४ सम्ममा नेपालमा एक करोड ४७ लाख डोज अजिथ्रोमाइसिन एन्टिवायोटिक वितरण भएको मन्त्रालयले जनाएको छ ।

    अहिले नेपालमा एकदेखि नौ वर्ष उमेर समूहका पाँच प्रतिशतभन्दा कम बालबालिकामा मात्र सक्रिय ट्रकोमाका लक्षण रहेको र १५ वर्षभन्दा माथिका शून्य दशमलव दुई प्रतिशतभन्दा कम व्यक्तिका ट्रकोमाको विकसित रुप (ट्रकोमाटस ट्रिकायसिस) रहेको मन्त्रालयले जनाएको छ ।

    सन् २०१८ को मे महीनामा विश्व स्वास्थ्य सङ्गठनले नेपाललाई ट्रकोमा निवारण भएको देश घोषणा गरेको थियो । जेनेभामा भएको विश्व स्वास्थ्य सङ्गठनको ७१ औँ महासभामा तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री पद्यमा अर्यालले उक्त प्रमाणपत्र ग्रहण गर्नुभएको थियो ।

    Facebook Comments Box

    ट्रकोमा नेपाल
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.