काठमाडौँ: चालू आर्थिक वर्षको पहिलो चार महिना सकिदासम्म जम्मा आठ दशमलब ३४ प्रतिशत मात्रै पूँजीगत खर्च भएको छ ।
आर्थिक वर्षकोको शुरुमा विकासका कामले तिब्रता नपाउँदा पूँजीगत बजेटको जम्मा ८ प्रतिशत बजेट खर्च भएको छ ।
चालू आर्थिक वर्षको कुल पूँजीगत खर्च बिनियोजन ३ खर्ब ५९ अर्ब ५५ करोड मध्ये पहिलो चार महिनामा जम्मा २९ अर्ब ९७ करोड खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । यधपी समिक्षा अवधिमा गत आर्थिक वर्षको तुलनामा पूँजी गत खर्च २ प्रतिशतले बढेको छ ।
गत आर्थिक वर्षको पहिलो चार महिनामा पूँजीगत खर्च ६ प्रतिशतमा सिमित थियो ।
त्यसैगरी, समिक्षा अवधिमा चालू खर्च २४ दशमलब ३५ प्रतिशत पुगेको छ । चालू खर्च तर्फको बजेट बिनियोजनको २ खर्ब ५ अर्ब खर्च भएको छ । सरकारले चालू खर्च तर्फ ८ खर्ब ४५ अर्ब बिनियोजन गरेको छ ।
समिक्षा अवधिमा कुल बजेट निकाशाको १८ दशमलब ४५ प्रतिशत खर्च भएको छ । कुल बजेट बिनियोजनको २ खर्ब ५१ अर्ब खर्च भएको छ । सरकारले १३ खर्ब ६० अर्ब बजेट बिनियोजन गरेको छ ।
सरकारले चालू आवको पहिलो चार महिनामा लक्ष्य अनुरुप राजस्व संकलन गएको छ । आर्थिक वर्ष लक्ष्यको ३२ दशमलब १७ प्रतिशत राजस्व संकलन गएको छ । सरकारको ९ खर्ब ४५ अर्ब राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा समिक्षा अवधिमा३ खर्ब ४ अर्ब राजस्व संकलन गरेको छ ।
यसरी पूँजीगत खर्च कम हुनु अर्थतन्त्र तथा देशको विकासमा नकारात्मक असर पर्ने अर्थशास्त्रीहरू बताउछन् ।
उनीहरुले भने- ‘पहिलो चार महिनामा पूँजीगत खर्च कम्तिमा २० प्रतिशत पुग्नु पर्ने तर यसरी समयमा खर्च गर्न नसक्नु सरकार तथा सम्बन्धित निकायको कमजोरी हो ।’