काठमाडौँ: नेपाल राष्ट्र बैंकले ४ अर्ब ८१ करोड रुपैयाँ बढीको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रिय बैंकले ९१ दिने अवधिको २ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल र १८२ दिने अवधिको २ अर्ब ४७ करोड रुपैयाँ र ३६४ दिने अवधिको ११ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री जारी गर्न लागेको हो ।
जम्मा चार अर्ब ८१ करोड ३२ लाख रुपैयाँ बराबरको उक्त ट्रेजरी बिल खरिदका लागि मङ्सिर १० गते सोमबार अपरान्ह २ बजेसम्म आवेदन दिइसक्नु पर्ने राष्ट्र बैंकले जनाएको छ ।
डिसकाउन्ट दर १५ प्रतिशत रहेको उक्त ट्रेजरी बिलको आम्दानीमा कर लाग्ने छ ।
९१ दिने अवधिको ट्रेजरी बिल फागुन १४ गते, २८२ दिने अवधिको ट्रेजरी बिल २०७६ जेठ १४ गते र ३६४ दिने अवधिको ट्रेजरी बिल गते २०७६ साल मङ्सिर १० गते परिपक्व हुनेछ ।