Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Friday, November 6
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » तीन महीनामा मुद्रास्फीति ४ दशमलव ७ प्रतिशत, पहाडमा सबैभन्दा बढी मूल्य वृद्धि

    तीन महीनामा मुद्रास्फीति ४ दशमलव ७ प्रतिशत, पहाडमा सबैभन्दा बढी मूल्य वृद्धि

    पहिलोक्लिकपहिलोक्लिकNovember 25, 2018No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: पहाडी क्षेत्रमा उपभोक्ता मुद्रास्फीतिमा वृद्धि भएको छ ।

    नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो महीनाको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा पहाडमा उपभोक्ता मुद्रास्फीति ६ दशमलव १ प्रतिशत रहेको छ ।

    यस्तै तराईमा ४ दशमलव ३ प्रतिशत, हिमालमा ४ दशमलव २ प्रतिशत र काठमाडौँ उपत्यकामा ४ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति क्रमशः ३ प्रतिशत, ३ दशमलब ६ प्रतिशत, ५दशमलब १ प्रतिशत र २ दशमलब ३ प्रतिशत रहेको थियो ।

    यस्तै नेपाल र भारतको उपभोक्ता मुद्रास्फीति चालू आवको तीन महीनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ७ प्रतिशत र भारतको ३ दशमलव ३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा नेपालको मुद्रास्फीति ३ दशमलव १ प्रतिशत र भारतको ३ दशमलव ६ प्रतिशत रहेको थियो ।

    यस्तै थोक मुद्रास्फीति २०७५ असोज महीनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ९ दशमलव २ प्रतिशत रहेको छ । पेट्रोलियम पदार्थ, आधारभूत धातु, निर्माण सामग्री तथा खाद्य एवं पेय पदार्थको मूल्यमा भएको वृद्धिका कारण समग्र थोक मुद्रास्फीति बढ्न गएको बैंकले जनाएको छ ।

    गैर–खाद्य तथा सेवा मुद्रास्फीति समीक्षा अवधिमा ५ दशमलव ७ प्रतिशत रहेको छ । अघिल्लो वर्ष उक्त मुद्रास्फीति ५ दमलव २ प्रतिशत रहेको थियो । यस समूहअन्तर्गतको यातायात, फर्निसिङ तथा घरायसी उपकरण, मनोरञ्जन तथा संस्कृति एवं घरायसी उपयोगिता तथा सेवालगायतका उप–समूहका वस्तु तथा सेवाको मूल्यमा वृद्धि भएकाले समग्र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति बढ्न गएको छ ।

    खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ३ दशमलव ४ प्रतिशत छ । अघिल्लो वर्ष उक्त समूहको मुद्रास्फीति शून्य दशमलव ५ प्रतिशत थियो । समीक्षा अवधिमा खाद्यान्न तथा खाद्यजन्य पदार्थ, मासु तथा माछा, घ्यू तथा तेल एवं सुर्तीजन्य पदार्थलगायतका उपसमूहका वस्तुको मूल्यमा भएको वृद्धिका कारण समग्र खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति बढ्न गएको हो ।

    उपभोक्ता मुद्रास्फीति २०७५ असोज महीनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४ दशमलव ७ प्रतिशत छ । विसं २०७४ असोजमा यस्तो मुद्रास्फीति ३ दशमलव १ प्रतिशत थियो । खासगरी खाद्यान्न, तरकारी, माछामासु र पेय पदार्थको मूल्य तथा घरभाडा बढेका कारण समीक्षा अवधिमा समग्र मुद्रास्फीति बढ्न गएको हो ।

    यसैगरी समीक्षा अवधिमा वार्षिक बिन्दुगत राष्ट्रिय तलब तथा ज्यालादर सूचकाङ्क ८ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्षको सोही अवधिमा उक्त सूचकाङ्क ४ दशमलव ७ प्रतिशतले वृद्धि भएको थियो । समीक्षा अवधिमा तलब सूचकाङ्क ६ दशमलव ६ प्रतिशत र ज्यालादर सूचकाङ्क ९ दशमलव ३ प्रतिशतले वृद्धि भएको छ ।

    Facebook Comments Box

    मुद्रास्फीति
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.