काठमाडौँ: चालू आर्थिक वर्ष २०७४/७५ को पहिलो चार महिनामा नेपालको व्यापार घाटामा ४ खर्ब ५४अर्ब ४७ करोड पुगेको छ ।
समीक्षा अवधिमा समग्र निकासीमा सामान्य सुधार भएतापनि पैठारीमा देखिएको अत्यधिक वृद्धिका कारण व्यापार घाटामा ४० दशमलब ३ प्रतिशतले वृद्धि भई ४ खर्ब ५४ अर्ब ४७ करोड पुगेको अर्व पुगेको छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार चालू आ.वको प्रथम चार महीनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३६ दशमलब १ प्रतिशतले वृद्धि भई ५ खर्ब १३ अर्ब ३ करोड पुगेको छ ।
कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ५ दशमलब ७ प्रतिशत र ९४ दशमलब ३ प्रतिशत रहेको छ ।
समीक्षा अवधिमा नेपालको कुल निकासी १० दशालब ७ प्रतिशतले वृद्धि भर्ई २९ अर्ब २८ करोड तथा कुल पैठारीमा ३८ दशमलब १ प्रतिशतले वृद्धि भई ४८३ अर्ब ७५ करोड पुगेको छ ।
आ.व. २०७४/७५ को प्रथम चार महीनाको अवधिमा निकासी— पैठारी व्यापारको अनुपात १ः१३.२ भएकोमा आ.व. २०७५÷७६ को सोही अवधिमा निकासी— पैठारी व्यापारको अनुपात १ः१६.५ रहन आएको छ ।
समीक्षा अवधिमा २ अर्ब ४६ करोड बराबरको यार्न, २ अर्ब ३४ करोडको ऊनी गलैंचा, २ अर्ब ४ करोडको तयारी पोशाक र एक अर्ब ५६ करोडको जुस निर्यात भएको छ ।
उक्त अवधिमा नेपालबाट निकासी भएका प्रमुख वस्तुहरुमा पोलिष्टर तथा अन्य धागो, ऊनी गलैंचा, तयारी पोशाक, फलाम तथा स्टील र तिनका उत्पादनहरु, जुस, चिया, टेक्सटाइल, पश्मिना सल, अलैंची, जुटका झोला तथा बोराहरु, फेल्टका सामानहरु, मुसुरोको दाल, शिरपोश, तामाका सामानहरु, टुथपेष्ट, चाउचाऊ, रोजिन तथा रेजिन एसिड, जडिवुटी, जुत्ता, हस्तकलाका सामानहरु, सुतीका झोला, अदुुवा, मासु, छाला, सारयुक्त तेल, अदुवा, छाला आदि प्रमुख रहेका छन् ।
नेपालको निकासी व्यापारमा भारत, संयुक्त राज्य अमेरिका, जर्मनी, युके, , टर्की, चीन, वंगलादेश, इटाली, जापान, फ्रान्स, क्यानडा, अष्ट्रेलिया र डेनमार्क आदि प्रमुुख रुपमा रहेका छन् ।
समीक्षा अवधिमा ६९ अर्बको पेट्रोलियम पद्धार्थ, ५८ अर्बको फलाम तथा फलामका समान र ३७ अर्बको मशीनरी तथा पार्ट आयात भाको छ ।
नेपालको पैठारी व्यापारमा भारत, चीन, फ्रान्स, युएई, थाइलेण्ड, इण्डोनेशिया, स्वीट्जरलेण्ड, मलेशिया, , क्यानडा, भियतनाम, अर्जेन्टिना, युक्रेन, दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका प्रमुुख रुपमा रहेका छन् ।