काठमाडौं: निर्यातको तुलनामा झन्डै चार गुणाले आयात बढेर देशले व्यापार घाटा थेग्नै नसक्ने अवस्था भएका बेला पेट्रोलियम पदार्थको आयात उच्चदरमा बढेको छ ।
चालू आर्थिक वर्षको पहिलो चार महिनामा ६९ अर्ब रुपैयाँभन्दा बढीको पेट्रोलियम पदार्थ आयात भएको छ ।
व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार आ.व. २०७५/७६ को प्रथम चार महीनाको अवधिमा पेट्रोलियम पदार्थको आयात अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६८.२ प्रतिशतले वृद्धि भई ६९ अर्ब ७ करोड ५८ लाख पुगेको छ ।
चालू आर्थिक वर्षको सुरुदेखि नै इन्धनकोखपत बढेको छ । कुल आयातमा पेट्रोलियम पदार्थको आयात हिस्स झन्डै १५ प्रतिशत रहेको छ ।
विकास निर्माणको कमले गति लिएको र यातायातका सामानको आयात बढेसंगै पेट्रोलियम पदार्थको आयात बढेको केन्द्रले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य बढेको र डलरसंग नेपाली रुपैयाँ कमजोर हुँदा पनि आयातमा भारी वृद्धि भएको हो ।