Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Saturday, November 7
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » पन्ध्रबुँदे घोषणापत्र जारी गर्दै सकियो लघुवित्त सम्मेलन

    पन्ध्रबुँदे घोषणापत्र जारी गर्दै सकियो लघुवित्त सम्मेलन

    पहिलोक्लिकपहिलोक्लिकDecember 2, 2018No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: पन्ध्र बुँदे घोषणापत्र जारी गर्दै दोस्रो अन्तर्राष्ट्रिय लघुवित्त सम्मेलन आज सकिएको छ ।

    घोषणापत्रले ‘स्वच्छ लघुवित्त, हाम्रो अभियान’ भन्ने नारालाई मूर्तरूप दिनका लागि परिणाममुखी कार्यमा केन्द्रित हुनुपर्ने र वित्तीय साक्षरतालाई सबै लघुवित्तले सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ ।

    यस्तै लघुवित्तको पहुँच विस्तारमा अघि बढ्नुपर्ने, स्वास्थ्य तथा कर्जा बीमा कार्यान्वयनमा बीमा प्रदायक संस्थासँग समन्वय गर्ने, सदस्यलाई ऋणको भार पर्न नदिने गरी कर्जा प्रवाह गर्नुपर्ने, लघुवित्तले जीवनस्तरमा पारेको प्रभाव मापन गरी स्तरवृद्धि मापन कार्ड प्रदान गर्नेलगायत घोषणापत्रमा १५ बुँदा समेटेको छ ।

    सम्मेलनको समापन समारोहमा अर्थमन्त्री डा युवराज खतिवडाले लघुवित्तले दिगो विकासमा सघाउ पु¥याउने बताए ।

    उनले दिगो विकासको अवधारणामा लघुवित्तको प्रयोग सफल उदाहरण भएको उल्लेख गर्दै घोषणापत्रको कार्यान्वयनमा सरकारले सघाउने प्रतिबद्धता व्यक्त गरे ।

    अर्थमन्त्री डा खतिवडाले भने, “लघुवित्त अघिअघि दौड्नुभएको छ, लघुवित्तको पछाडि सरकार दौडिरहेको छ, पन्ध्र बुँदे घोषणापत्र, राष्ट्र बैंकले गरेको व्यवस्था र ऐन नियममा भएको व्यवस्थामा चित्त नबुभmे त्यसमा कार्यदल बनाएर अघि बढौँ, सरकार समस्या भएका व्यवस्था संशोधन गर्न तयार छ ।”

    बैंकिङ प्रणालीमा अहिले देखिएको तरलता अभाव उच्च आर्थिक वृद्धिदरको सङ्केत भएको स्पष्ट पार्दै उनले भने, “बच्चाको दाँत आउने बेलामा पखाला लागेको जस्तै अहिलेको तरलता समस्या पनि आर्थिक वृद्धि हुन लागेको सङ्केत हो ।”

    अर्थमन्त्री डा खतिवडाले काम हुन थालेपछि चारैतिरबाट पैसाको माग आउँछ र अभाव हुन थाल्छ, अहिलेको अवस्था पनि यस्तै भएको हो भने ।

    दोस्रो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन २०७५ को घोषणा

    १.“स्वच्छ लघुवित्त हाम्रो अभियान” लाई कार्यान्वयन गरी मूर्त रुप दिन सम्मेलनकासहभागी सदस्यहरु आ(आफ्नो क्षेत्रमा आफ्नो संस्थाको अभियन्ताकोे रुपमा कार्य गरी परिणाम मुखी बनाउन अठोट गर्ने ।

    २. वित्तीय साक्षरता कार्यक्रमप्राथमिकताका साथ सम्पूर्ण लघुवित्त संस्थाहरुले अभियानको रुपमा संचालन गरी“स्वच्छ लघुवित्त, हाम्रो अभियान” लाई साकार एवं सफल पार्ने ।

    ३. लघुवित्तमा हालसम्म पहुंच नभएका तथादुर्गम स्थानका अति विपन्न वर्गमा समेत पु¥याउन कार्ययोजना बनाई प्राथमिकताका साथ लघुवित्त सेवाको पहुंच विस्तार गर्ने ।

    ४.लघुवित्त संस्थाहरुले सुशासन, लघुवित्तको सिद्धान्त, मूल्यमान्यताको पूर्ण पालना हुने गरी प्रतिबद्धताका साथ लघुवित्त कार्यक्रम संचालन गर्ने ।

    ५.लघुवित्त संस्थाहरुले आफ्ना सदस्य एवं परिवारहरुको हित एवं सुरक्षाकोलागि स्वास्थ्य तथा कर्जा बीमा लगायत विभिन्न बीमा सम्बन्धी कार्यक्रम कार्यान्वयन गर्न बीमा प्रदायक संस्थाहरुसँग समन्वय गरी लागू गर्ने ।

    ६. लघुवित्त कार्यक्रममा संलग्नलघुवित्तसंस्थाहरु र सहकारीहरुले कर्जा साख सूचना (ऋक्ष्ऋ)लिने एवं दिने नियमको पूर्ण पालना गरी “स्वच्छ लघुवित्त हाम्रो अभियान”को मर्म अनुरुपएक जना एक लघुवित्त संस्थामा रही सदस्यको आवश्यकता एवं क्षमताको मूल्यांकन गरी आवश्यक रकम मात्र कर्जा प्रवाह गर्ने र सदस्यहरुलाई अनावश्यक अधिक ऋण भारको जोखिममा पर्न बाट जोगाउने कार्यनीति तुरुन्त अवलम्बन गर्ने ।

    ७. लघुवित्त संस्थाका नीति निर्माताहरु(संचालक समिति समेत) ले ग्राहक सदस्य प्रति जिम्मेवार भई ग्राहकसदस्यहरुको व्यवसाय, सीप तथा क्षमता विकासका साथै सदस्यहरुको हित संरक्षण हुने एवंउद्यमशीलता बढाउने कार्यमा नीति बनाइ लागू गर्ने ।साथै उत्पादित वस्तु बजारीकरणको व्यवस्था र सहजीकरण गर्न नेपाल सरकार लाई अनुरोध गर्ने ।

    ८.स्थानीय स्तरमा रहेकाउद्यम विकास गर्नेकार्यालयहरुसंग समन्वय गरी लघुवित्त सदस्यहरुलाई उद्यमशीलता विकासका तालिमहरु दिई उद्यमी बनाउनस्थानीय स्तरमा उपलब्ध सीप, साधन रश्रोतमा आधारित उद्यम एवंसृजनशील कार्यका लागि प्रत्येक लघुवित्त संस्थाले आवश्यक रणनीति तयारगरीलागू गर्ने ।

    ९. लघुवित्त कार्यक्रमको सेवाबाटग्राहक सदस्यको जीवनस्तरमा पारेको प्रभावकोस्तर मापन नियमित रुपमा गर्नप्रत्येक संस्थामा इकाइकोस्थापना गर्ने र सो इकाईले ग्राहक सदस्य स्तर वृद्घि मापन कार्ड ९न्चयधतज च्भअयचम ऋबचम० तयार गरी प्रत्येक सदस्यलाई उपलब्ध गराउने र सोको निरन्तर अनुगमन गर्ने ।

    १०. लघुवित्त कार्य गर्ने सहकारी संस्थाहरुलाई संशोधित सहकारी ऐन २०७४ मा ५, ७, र १० प्रतिशत आयकर तिर्नू पर्नेव्यवस्था रहेकोमा२०५ आयकर लिने गरेकोले सहकारी ऐन २०७४ अनुसार आयकर लिने व्यवस्था कार्यान्वयनकोलागिनेपाल सरकार, अर्थ मन्त्रालय र सहकारी विभागलाई अनुरोध गर्ने ।

    ११. उद्योग मन्त्रालय अन्तरगत कम्पनी रजिष्ट्रार कार्यालयले नेपालको लघुवित्त कार्यक्रमलाई प्रभावकारी भूमिका खेलेको गैर सरकारी संस्थालाईअप्राकृतिक संस्था भनि उनीहरुले लघुवित्त वित्तीय संस्थाहरुमा लगानी गरेको संस्थापक सेयर विक्री गर्नु पर्ने भनी गरेको निर्देशन कम्पनी ऐन विपरित समेत भएको हुँदा गैर सरकारी संस्थाहरुले लघुवित्तवित्तीय संस्थामा लगानी गर्न नपाउने निर्देशनखारेज गर्न नेपाल सरकार, उद्योग मन्त्रालयलाईअनुरोध गर्ने ।

    १२. लघुवित्त संस्थाहरुले लघुवित्तको दिगाोपना तथा गरीवी न्यूनीकरण लक्ष्यलाई दृष्टिगत गरी सन् २०३० सम्ममा गरिवी शून्यमा झार्ने गरी लघुवित्त कार्यक्रमलाई अभियानको रुपमा संचालन गर्ने ।

    १३.लघुवित्त संस्थाहरुले विगत केहि वर्ष देखि सेवा तथा कर्जा विस्तारमा अनअपेक्षित रुपमा नगद प्रवाहमा अभावको सामना गर्नु परेको छ । यसको दीर्घकालिक समाधानका निम्ति लघुवित्त संस्थाहरुलाई निक्षेप संकलन गर्न दिने स्वीकृतीकोलागि नेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने ।

    १४.ग्राहकहरुको स्वामित्वमालघुवित्त संस्थाहरुको संरक्षण र प्रवर्धन गर्न सर्वसाधारण शेयर एवं विक्री गर्न चाहने संस्थापक शेयर समेत सम्बन्धित संस्थाका ग्राहक एवं ऋणीहरुले खरिद गर्न सक्ने ब्यवस्था गर्ननेपाल राष्ट्र बैंक र धितोपत्र बोर्डलाई अनुरोध गर्ने ।

    १५. लघुवित्त संचालन गर्दै आएका संस्थाहरु बाहेक नयाँ लघुवित्त संस्था दर्ता नगर्ननेपाल राष्ट्र बैंकलाई अनुरोध गर्ने ।

    Facebook Comments Box

    लघुवित्त सम्मेलन
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.