Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Saturday, November 7
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » गोकर्णेश्वर र कागेश्वरी मनोहराका स्थानीयवासीले भने- खानेपानी नपाए मेलम्चीको पानी वाग्मतीमा हल्छौ

    गोकर्णेश्वर र कागेश्वरी मनोहराका स्थानीयवासीले भने- खानेपानी नपाए मेलम्चीको पानी वाग्मतीमा हल्छौ

    पहिलोक्लिकपहिलोक्लिकDecember 5, 2018No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: मेलम्चीको पानी प्रशोधन केन्द्रलगायत संरचना भएको उपत्यकाको उत्तरपूर्वी भेगमा खानेपानी नदिए स्थानीयवासीले पानी वितरण गर्न नदिने भएका छन् ।

    मेलम्चीको पानी दुई महीनापछि राजधानी आएलगत्तै सुन्दरीजलमा रहेको प्रशोधन केन्द्रमा प्रशोधन गरी परीक्षणसँगै पानी वितरण गर्ने सरकारको योजना छ । पहिलो चरणको वितरण सञ्जाल निर्माण अन्तिम अवस्थामा पुगेका बेला गोकर्णेश्वर र कागेश्वरी मनोहरा नगरपालिकाका स्थानीयवासीले खानेपानी नपाए वाग्मतीमा हाल्ने घोषणा गरेका हुन् । यसमा स्थानीय सरकारको समेत समर्थन छ ।

    वाग्मतीको मुहान क्षेत्र नै भए पनि हाल यहीका धारामा खानेपानी आउँदैन । शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएका नगर क्षेत्र उपत्यकामा वितरण हुने वाग्मतीको पानीको स्रोत स्थल हो ।

    वाग्मती स्रोतको एउटा ठूलो पाइपबाट ल्याइएको पानी गोकर्णेश्वर नगरपालिका–१, सुन्दरीजल प्रशोधन केन्द्रमा प्रशोधन गरी वितरण हुन्छ । अर्को ठूलो पाइपको पानी महाँकालचौरमा प्रशोधन गरी वितरण गरिन्छ । दुवै स्थानबाट वितरण हुने पानी गोकर्णेश्वर नगर क्षेत्रमा वितरण हुने भए पनि धारामा पानी झर्दैन । वर्षौंदेखि धारामा पानी नआएपछि नगरपालिकामा पटकपटक गुनासो गरेको स्थानीय खड्गबहादुर गुरुङले बताए । मेलम्चीको पानी आउँदासम्म पनि यहाँ खानेपानीको व्यवस्था नगरे प्रशोधन केन्द्रको पानी वाग्मती नदीमा बगाउन खानेपानी पीडित समूह सङ्गठित हुन थालेको उनको भनाइ छ ।

    मेलम्चीबाट आउने पानी पनि गोकर्णेश्वर नगरपालिका–१, महाँकालमा प्रशोधन गरी उपत्यकामा वितरणका लागि पठाइन्छ । पहिलो चरणमा मेलम्ची खोलाको दैनिक १७ करोड २८ लाख लिटर पानी राजधानी आउँछ । मेलम्चीको पानी वितरणका लागि सुन्दरीजलबाट नै ठूला पाइपबाट आरुबारीलगायत पानीपोखरीमा लगिन्छ ।

    पानी प्रशोधन केन्द्र निर्माण, पाइप बिच्छ्याउन सडक खन्नेलगायत काम गर्दा नगर क्षेत्रमा हिउँदमा धूलो र वर्षामा हिलोले हिँडडुल गर्नसमेत नसकिने अवस्था रहेको स्थानीय सुशील सिम्खडाले सुनाए । १७ करोड लिटर पानी प्रशोधन गर्न निर्माण भइरहेको दुईवटा प्रशोधन केन्द्र बनाउँदा वातावरणीय रुपमा प्रभाव परेको उनको भनाइ छ । मेलम्ची प्रशोधन केन्द्र र सुरुङसम्म जाने सडक कालोपत्र गर्न पटकपटक अनुरोध गर्दा पनि आयोजनाले काम नगरेको स्थानीयवासीको गुनासो छ ।

    उपत्यकावासीलाई पानी वितरण गर्न आवश्यक संरचना निर्माण गर्दा नगरवासीले विभिन्न असहजता भोगेकाले पानी पाउने सुनिश्चितता नभए मेलम्चीको पानी वाग्मतीमा बगाइदिने चेतावनी सरोकार भएका निकायलाई दिइएको गोकर्णेश्वर नगर प्रमुख सन्तोष चालिसेले बताए ।

    “चेतावनी दिएपछि पानी नआउने नगर क्षेत्रमा पाइप बिच्छ्याउन सर्वेक्षण भएको छ, पाइप राख्न अझै शुरु भएको छैन, टेण्डर भएर काम हुनेजस्तो देखिएको छ, पानी वितरण सञ्जाल नबने सङ्घर्षमा ओर्लन बाध्य हुनुपर्छ, हाललाई छिटो पहल गर्न भनिरहेका छौँ”, उनले भने ।

    वर्षौंदेखि धारामा पानी नआएपछि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड महाँकालचौर शाखामा प्रतिनिधिमण्डलसहित गएर समस्या राख्दा नगरपालिकामा जान भनिएको गोकर्णेश्वर नगरपालिका–८, अत्तरखेलका जमान लामाले बताए ।

    लिमिटेडले नगरपालिकालाई सबै अधिकार दिएकाले उतै कुरा गर्न भनेपछि स्थानीयवासीले नगरपालिकाका प्रमुख र उपप्रमुखलाई भेटी समस्या अवगत गराए । नगरपालिकाका उपप्रमुख शान्ति नेपाल खानेपानीको काम लिमिटेडले गर्ने भएकाले सहजीकरणसम्म गर्न सकिने बताउछन् । नगरकै स्रोतको पानी उपत्यकामा वितरण हुने भएकाले सबै नगरभर पानी आउने व्यवस्था मिलाउन लिमिटेडलाई अनुरोध गरिएको उनले जानकारी दिए ।

    पानीको समस्या राख्न नगरपालिका पुग्नुभएका रामप्रसाद गुरागाइँ जुन कार्यालयमा गए पनि अर्कोलाई देखाएर पन्छाउने गरिएको गुनासो गर्छन । नगर क्षेत्रको जमीनमुनिबाट उपत्यकामा वितरणका लागि पानी जान्छ तर मुहान क्षेत्रका नगरवासी काकाकुलको जीवन बिताउन बाध्य छन् ।

    मेलम्ची पानी प्रशोधन केन्द्रपारिको कागेश्वरी मनोहरा नगरपालिकाको अवस्था पनि उस्तै छ । यही नगरपालिकाको सडक खनेर भक्तपुरको टिग्नी पानीपोखरीमा पानी लैजाने थोक वितरण प्रणालीको निर्माण भएको छ । गोकर्णेश्वरको आरुबारीबाट मूलपानीको क्रिकेट मैदान हुँदै भक्तपुरसम्म ठूलो पाइप बिच्छ्याउँदा खनिएको सडक अझै कालोपत्र भएको छैन ।

    सडक कालोपत्र नगरिँदा वर्षामा हिलो र हिउँदमा धूलोले बस्न नसकिने गरेको स्थानीय गोकुल थापाले दुःखेसो पोख्नुभयो । सडक खनेपछि ड्रेनसमेत नबनाउँदा पानी पर्दा सडक जलमग्न हुने गरेको छ । नगर क्षेत्रको मुख्य बस्ती रहेको १.८ किमी सडकको दूरावस्थाले घरमा बस्न नसक्ने भएपछि स्थानीयवासी नगरपालिकाको ६ नं वडा कार्यालय घेराउ गर्न पुगे ।

    दुई जिल्ला जोड्ने मूलपानी क्रिकेट मैदान–मनोहरा–भक्तपुर सडक दायाँबायाँ घर भएका स्थानीय धूलोका कारण क्रुद्ध छन् । पानी परीक्षण नभएकाले सडक कालोपत्र गर्न नसकिएको निर्देशनालयले जनाएको छ । निर्देशनालयका प्रवक्ता दिवाकर ढकाल पाइप बिच्छ्याउनु अघि सडक जुन अवस्थामा थियो, त्यस्तै बनाइने बताउछन् ।

    पाइप बिच्छ्याउनु अघि कच्ची सडक भए कालोपत्र हुन नसक्ने उनको भनाइ छ । मूल सडक जति कालोपत्र गर्न सडक विभागलाई नै जिम्मेवारी दिइएको जनाइएको छ ।

    Facebook Comments Box

    मेलम्चीको पानी
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.