Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Saturday, November 7
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » ‘अनुदान रकम जथाभावी बाँडे प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना असफल हुने’

    ‘अनुदान रकम जथाभावी बाँडे प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना असफल हुने’

    पहिलोक्लिकपहिलोक्लिकDecember 7, 2018No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: जमीनलाई केन्द्रीकृत नगरी जो कोहीलाई अनुदान रकम जथाभावी दिँदै गए प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना असफल हुने धारणा व्यक्त गरिएको छ ।

    सिंहदरबारमा आज बसेको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको कार्यदलको बैठकमा पूर्व कृषिमन्त्रीसमेत रहनुभएका सांसद हरिबोल गजुरेलले खण्डीकृत जमीनलाई एकीकृत गरी फार्म हाउसका रुपमा सहकारी वा कम्पनीमार्फत लगानी गर्न सरकारलाई सुझाव दिएका छन् ।

    साँसद सत्यनारायण शर्मा खनालले युवालाई आर्कषित, दिगो कृषि बिकास र लगानीको प्रतिफल प्राप्त गर्न कृषिमा ठुला फार्महाउसको लगानी आवश्यकता रहेकोमा जोड दिए । सांसद घनश्याम खतिवडाले सीमित व्यक्तिको हातमा रहेको खेतीयोग्य जमीन बाँझो भएसम्म कृषिको परनिर्भरता नघट्ने भएकाले दिगो कृषि विकासका लागि बाँझो जमीनलाई भरपुर उपयोग गर्नुपर्ने बताए ।

    बैठकमा सांसद सुरेशचन्द्र दास, भूपेन्द्रबहादुर थापा, शान्तिमाया तामाङ पाख्रिनलगायतले कृषिमा दिगो लगानीका लागि भूमिमा चक्लाबन्दीको आवश्यकता रहेकोमा जोड दिए ।

    प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सञ्चालन भएको दुई वर्ष नाघेको छ । यस अवधिमा करीब रु तीन अर्ब २३ करोड अनुदान वितरण भइसकेको छ । परियोजना २०८२ साल असारसम्म सञ्चालन हुन्छ ।

    परियोजना अवधिसम्म रु एक खर्ब ३० अर्बको लगानी हुनेछ । आउँदो २०८२ साल सम्ममा रु २० खर्ब, ९५ अर्ब ७५ करोड मूल्य बराबरको रकम कूल गार्हस्थ्य उत्पादनमा योगदान पुग्ने विश्वास गरिएको छ । परियोजनाको प्रथम वर्षमा आंशिक आठ लाख, ७० हजार र स्थायी ४३ हजार ५०० रोजगारी सिर्जना भई अन्तिम वर्षसम्म पुग्दा आंशिक १० हजार र स्थायी २५ हजार ५०० व्यक्तिले रोजगारी प्राप्त गर्ने उल्लेख छ ।

    आगामी दुई वर्षमा तरकारी र माछामा, तीन वर्षमा धान, मकै, गहुँ र सात वर्षमा फलफूल बालीमा आत्मनिर्भर भई दिगो कृषि विकास हासिल हुने अपेक्षा परियोजनाले लिएको छ । आयोजना पकेट, ब्लक, जोन र सुपरजोन गरी चार भागमा विभाजन गरिएको छ । परियोजना अवधिभर पकेट चार हजार ९६६, ब्लक ४५०, जोन ९० र सुपरजोन नौ वटा सञ्चालन गरी कृषिको आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरणमार्फत नेपाललाई कृषिमा आत्मनिर्भर हुने उल्लेख गरिएको छ ।

    परियोजनाको उद्देश्य कृषिउपजको विशिष्टिकृत क्षेत्रको निर्माण, निर्यातयोग्य कृषि वस्तुको मूल्य अभिवृद्धि, कृषिलाई सम्मानजनक, नाफामुखी व्यवसायका रुपमा विकास गर्दै रोजगारीका अवसर सिर्जना गर्ने र बहुसरोकारवाला निकायबीचको कार्यमूलक समन्वयमार्फत प्रभावकारी सेवा प्रवाहको सुनिश्चितता गर्ने अभिप्राय रहेको छ ।

    Facebook Comments Box

    कृषि
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.