काठमाडौँ: कारोवारको पहिलो दिन शेयर बजारमा दोहोरो अंकको सुधार आएको छ । आज आइतबार नेप्से परिसूचक १० दशमलब ८५ अंकले बढेर एक हजार १३१ दशमलब ७० अंकमा पुगेको छ ।
नेप्से परिसूचक बढेपनि कारोवाररकममा भने साधुर आउन सकेन ।
आजको कारोवारमा बाणिज्य बैंक समूहको परिसूचक १० दशमलब ४५ अंक, विकास बैंक १० दशमलब ९९ अंक र निर्जीवन बीमा १० दशमलब ७१ अंकले बढेको छ ।
त्यसैगरी जीवन बीमा ४ दशमलब ०७ अंक, अन्य समूहको परिसूचक २ दशमलब ८३ अंक र जलबिधुत ३ दशमलब ५६ अंकले बढेको छ ।
यधपी, उत्पादन १० दशमलब ०३ अंक र होटल एक दशमलब ०३ अंकले घटेको छ ।
आज कूल १५५ कम्पनीको ७ लाख १४ हजार ६१८ कित्ता शेयर २२ करोड ३७ लाख २४ हजार ६८७ मूल्यमा खरीद बिक्री भएको छ ।