Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Saturday, November 7
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » तेल चोर्न पाउनुपर्‍यो भन्दै ट्यांकर चालकले गरे आन्दोलन

    तेल चोर्न पाउनुपर्‍यो भन्दै ट्यांकर चालकले गरे आन्दोलन

    पहिलोक्लिकपहिलोक्लिकDecember 10, 2018No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौं : इन्धन बोक्ने ट्यांकरहरूले ठाउँठाउँमा पटकपटक हड्ताल गरिरहेका छन्। उनीहरूको घुमाउरो माग छ– तेल चोर्न पाउनुपर्‍यो। ट्यांकर चालकहरूले ‘तेल चोर्न’ माग राखी दुई दिनअघि पनि दिनभरि हड्ताल गरे। नेपाल आयल निगमले विभिन्न बहानामा हुने इन्धन चुहावट र चोरी नियन्त्रण गर्न लकिङ प्रविधि जडान गरेको छ। यसपछि चालकले तेल चोर्न पाएका थिएनन्। अहिले एक दिनमै करोडौं मूल्यको तेल ‘चोर्न’ पाउनुपर्ने उनीहरूको माग छ।

    नेपाल पेट्रोलियम ट्यांकर चालक संघले प्रत्येक ट्यांकरका पाँचवटै च्याम्बरमा तीन सेन्टिमिटरसम्म तेल मिलाउन पाउनुपर्ने माग राखेको हो। तीन सेन्टिमिटरमा ९० लिटर तेल अट्छ। देशभरिका एक हजार आठ सय ट्यांकरले तीन सेन्टिमिटर ‘तेल मिलाउँदा’ प्रतिदिन डिजेल र पेट्रोलमा चार करोडभन्दा बढी मूल्यको तेल हिनामिना हुन्छ।

    निगम स्रोतका अनुसार ट्यांकरमा लकिङ प्रविधि जडानपछि विराटनगरको एउटा अपवाद घटनाबाहेक चालकहरूले तेल चोरी गर्न पाएका थिएनन्। यसपछि नै उनीहरूले क्षेत्रीय डिपोहरूमा चरणबद्ध आन्दोलनका कार्यक्रम गर्दै आएका हुन्।

    निगमले चालकहरूको माग पूरा गरे तीन सेन्टिमिटर मिलाउने नाममा प्रतिदिन करोडौं घोटाला हुन्छ। एक खेपमा मात्रै प्रतिट्यांकर डिजेलतर्फ सातहजार चार सय २५ रूपैयाँको ७५ लिटर र पेट्रोलतर्फ सात हजार सात सय २८ रूपैयाँको ६९ लिटर घोटाला हुन्छ।

    संघले शुक्रबार थानकोट डिपोमा १० सूत्रीय माग राखेर ४० वटा ट्यांकरको इन्धनसमेत अनलोड गरेनन्। ‘चालकहरूको यो माग निकै घातक छ,’ निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले भने, ‘यो मागका पछाडि धेरै ठूलो भूमिका खेलिएको छ। सम्पूर्ण ट्यांकरमा तीन सेन्टिमिटरसम्म तेल मिलाउन पाउनुपर्ने माग राखेर इन्धनमा ठूलो चलखेल गर्न खोजिएको छ। चालकहरूलाई दैनिक करोडौं मूल्यबराबरको इन्धनको घोटाला गर्न दिन मिल्दैन।’

    उनकाअनुसार लकिङ प्रणालीले इन्धनको चोरी र चुहावट ९८ प्रतिशतसम्म नियन्त्रण गरेको थियो। इन्डियन आयल कर्पोरेसन (आईओसी) ले आफ्ना ट्यांकरमा पनि चुहावट नियन्त्रणका लागि यही प्रविधि जडान गरेको छ। ‘हामीले सकेसम्म शतप्रतिशत चुहावट रोक्न आईओसीको सहयोगमा यो प्रविधि जडान गरेका थियौं,’ थानकोट डिपो प्रमुख भरत रेग्मीले भने, ‘यति गर्दागर्दै पनि केही साताअघि विराटनगरको २० हजार लिटरको एउटा ट्यांकरबाट चालकले लकिङ प्रणाली बिगारेर दुई हजार पाँच सय लिटर डिजेल चोरी गर्‍यो।’ लकिङ प्रविधिलाई समेत नछाड्ने चालकको माग पूरा गर्न नसकिने निगमले जनाएको छ। यो समाचार अन्नपुर्ण पोस्टमा रहेको छ ।

    Facebook Comments Box

    तेल
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.