काठमाडौँ: नेपाल राष्ट्र बैंकले ५ अर्ब ५१ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रिय बैंकले २८ दिने अवधिको ३ अर्ब २५ करोड रुपैयाँको र ९१ दिने अवधिको २ अर्ब २६ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
उक्त ट्रेजरी बिल खरिदका लागि आज मङ्सिर २४ गते सोमबार अपरान्ह २ बजेसम्म आवेदन दिइसक्नु पर्ने राष्ट्र बैंकले जनाएको छ ।
डिसकाउन्ट दर १५ प्रतिशत रहेको उक्त ट्रेजरी बिलको आम्दानीमा कर लाग्ने छ ।
२८ दिने अवधिको ट्रेजरी बिल पुष २४ गते र ९१ दिने अवधिको ट्रेजरी बिल फागुन २८ गते परिपक्व हुनेछ ।
Facebook Comments Box