काठमाडौँ: नेपाल राष्ट्र बैंकले १० अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रिय बैंकले ९१ दिने अवधिको ८ अर्ब २३ करोड रुपैयाँको र ३६४ दिने अवधिको २ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
उक्त ट्रेजरी बिल खरिदका लागि पुष २ गते सोमबार अपरान्ह २ बजेसम्म आवेदन दिइसक्नु पर्ने राष्ट्र बैंकले जनाएको छ ।
डिसकाउन्ट दर १५ प्रतिशत रहेको उक्त ट्रेजरी बिलको आम्दानीमा कर लाग्ने छ ।
९१ दिने अवधिको ट्रेजरी बिल फागुन २८ गते र ३६४ दिने अवधिको ट्रेजरी बिल २०७६ साल पुष १ गते परिपक्व हुनेछ ।
Facebook Comments Box