काठमाडौँ: पूर्व प्रधानमन्त्री तथा मन्त्रिपरिषद् अध्यक्ष डा. तुलसी गिरीको मंगलबार निधन भएको छ।
९३ वर्षिय गिरीको मंगलबार बिहान बुढानीलकण्ठस्थित आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।
कलेजोको क्यान्सरबाट पीडित उनी दुई दिनअघि मात्रै मेडिसिटी अस्पतालबाट ‘डिस्चार्ज’ भएर घर गएका थिए।
नेपाली कांग्रेसको महामन्त्री हुँदै पञ्चायतकालमा प्रधानमन्त्री भएका राजनीतिज्ञ गिरीका श्रीमती, दुई छोरा र दुई छोरी छन्।
कलेजोमा क्यान्सर रोग लागेका उनी यसअघि करिब १० दिनसम्म भैंसेपाटीस्थित मेडिसिटी अस्पतालमा भर्ना भएका थिए । अस्पतालबाट घरमा ल्याइएको अवस्थामा मंगलबार बिहानै उनको देहान्त भएको हो ।
Facebook Comments Box