Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Sunday, November 8
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » पुष १५ गतेदेखि इन्टरनेटको मूल्य बढ्ने, उपभाेक्ताले महिनाको थप १३० रुपैयाँ तिर्नुपर्ने

    पुष १५ गतेदेखि इन्टरनेटको मूल्य बढ्ने, उपभाेक्ताले महिनाको थप १३० रुपैयाँ तिर्नुपर्ने

    पहिलोक्लिकपहिलोक्लिकDecember 21, 2018No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ : निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेटको उपभोक्ता मूल्य बढाउने निर्णय गरेका छन्। यो वर्षको बजेटसँगै आएको आर्थिक ऐनमा इन्टरनेटमा १३ प्रतिशत सेवा शुल्क लगाउने नीति ल्याएपछि सोही शुल्क उपभोक्ताबाट उठाउने निष्कर्षमा पुगेको सेवा प्रदायकहरूको छाता सङ्गठन इन्टरनेट सर्भिस प्रोभाइडर एसोसिएसन अफ नेपाल (आइस्पान)ले जानकारी दिएको छ।

    यसअघि साउन १ गतेदेखि नै सरकारले थप गरेको शुल्क उपभोक्ताबाट उठाउने र त्यसको लागि मूल्य बढाउने निर्णय गरेका उनीहरुले सरकारसँगको सम्झौतासँगै पछि हटेका थिए। तर सरकारले त्यतिबेला भएका सम्झौता पुरा नगरेकोले यही पुष १५ देखि मूल्य बढाउने निर्णय गरिएको आइस्पानका अध्यक्ष भोजराज भट्टले जानकारी दिए।

    ४ महिना बितिसक्दा पनि सरकारले गठन गरेको समितिले केही नगरे पछि हामी इन्टरनेटको मूल्य बढाउने बाध्य भएको भट्टले बताए ।

    व्यवासयीहरुकाे याे निर्णयसँगै उपभाेक्ताले हाल तिरिरहेकाे मूल्यमा १३ प्रतिशत थप मूल्य तिर्नुपरपर्ने भएकाे छ। यसबाट हाल महिनामा १ हजार रुपैयाँ तिरिरहेका उपभाेक्ताले थप १३० रुपैयाँ तिर्नुपर्ने छ।

    इन्टरनेट संचालनका लागि आवस्यक पर्ने राउटरलगायत उपकरणको बिक्रीमा बिल बनाउन पाउने र त्यसमा सरकारले लगाएको शुल्क नलाग्ने सहमति भएको थियो। त्यस्तै इन्टरनेट जडान वा बिल बनाउँदा अधिकतम मर्मत शुल्क लगाउन पाउने र यसका लागि दूरसञ्चार नियमावलीमा आवश्यक संशोधन गर्ने सहमित भएको थियो। कानूनी र अन्य सुधारका लागि सुझाव दिन समिति बनाउने र उक्त समितिको सिफारिसमा अन्य सेवा सुविधामा सरकारले सहुलियत दिने सहमति भएको थियो।

    भएको सम्झौता पालना हुनुभन्दा उल्टो विद्युत पाधिकरणले पोल र ओपिजि डब्लु लाईन(सेवाप्रदायकले लिने सेवा)को भाडा ५ सय प्रतिशत वृद्धि गरेकोले मूल्य अझै बढाउनुपर्ने भट्टको भनाइ छ।

    इन्टरनेट प्रयोगमा नेपाल शुरूआती चरणमा रहेको अवस्थामा सरकारले यसरी इन्टरनेटको मूल्य बढाउने वातावरण बनाउनु नेपालले अन्तराष्ट्रिय दूरसञ्चार सङ्घ (आईटियू) लाई गरेको प्रतिवद्धता विपरित भएको आइसिटी विज्ञ मोहन भट्टराईको भनाइ छ।

    ‘विश्वमा इन्टरनेटको मूल्य घट्दै जादाँ नेपालमा भने इन्टरनेटको मूल्य बढ्दै गएको छ । यसले नेपालले अन्तराष्ट्रिय दूरसञ्चार सङ्घ (आईटियू) सगँ गरेको दूरसञ्चार सेवालाई सस्तो, गुणस्तरीय र दीगो विकासको आधार बनाउने भनेर गरेको प्रतिबद्धता विपरित भएको स्पष्ट देखिन्छ’ उनले भने।

    यसअघि सरकारले लगाएको थप शुल्कबाट बढेको मूलय फिक्स्ड ब्रोडब्यान्डमा घटेपनि मोबाइल इन्टरनेटमा भने लागू भइसकेको छ। अघिल्लो वर्षका तुलनामा मोबाइल इन्टरनेट १३ प्रतिशत बढी रहेको छ।

    नेपाल दूरसंचार प्राधिकरणका अनुसार गएको असोजसम्म २४ लाख ७१ हजार फिक्स्ड ब्रोडब्यान्ड प्रयोगकर्ता छन् भने जुन कूल इन्टरनेट प्रयोगकर्ताको ११ प्रतिशतमात्र हो।

    Facebook Comments Box

    इन्टरनेट
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.