Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Sunday, November 8
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » कछुवा गतिमा महाकाली सिँचाइ, एकदशकमा १३ किलोमिटर मात्रै मूल नहर निर्माण

    कछुवा गतिमा महाकाली सिँचाइ, एकदशकमा १३ किलोमिटर मात्रै मूल नहर निर्माण

    पहिलोक्लिकपहिलोक्लिकDecember 24, 2018No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    भीमदत्तनगर: सिँचाइ सुविधा पु¥याउन थालिएको महाकाली सिँचाइ तेस्रो चरण मूल नहर निर्माणको काम कछुवा गतिमा छ । एक दशकअघि निर्माण थालिएको नहर निर्माणको काम सन्तोषजनकरुपमा अघि बढ्न नसक्दा यहाँका किसानमा निराशा छाएको छ ।

    बितेको एकदशकमा तेस्रो चरणअन्तर्गत हालसम्म करीब १३ किलोमिटर मात्रै मूल नहर निर्माण भएको छ । तेस्रो चरणको काम आर्थिक वर्ष २०६३÷६४ देखि भीमदत्त नगरपालिकाबाट थालिएको थियो ।

    त्यसैगरी महाकाली नदीदेखि करीब एक हजार २०० मिटर वर (नेपाली सिमानासम्म) भारतले महाकाली सन्धिअनुसार बनाउनुपर्ने नहर निर्माणको काम पनि उस्तै छ । केही समयदेखि भारतीय पक्षले उक्त नहर निर्माणका लागि ठेक्का आह्वान गरे पनि काम भने अघि बढेको छैन । महाकाली नदीको पानी तेस्रो चरणको नहरमा ल्याउन भारतले एक हजार २०० मिटर नहर बनाउनुपर्ने हुन्छ ।

    आयोजनाका लागि आवश्यक बजेट सरकारबाट विनियोजन नहुँदा निर्माणले गति लिन नसकेको महाकाली सिँचाइ आयोजना तेस्रो चरणको कार्यालयले जनाएको छ । महाकाली सिँचाइ तेस्रो चरण आयोजना कार्यालयका निर्देशक लोकबहादुर थापाले नेपाल–भारत महाकाली सन्धिअनुसार टनकपुरबाट एक हजार क्युसेक पानी पाउने सहमतिअनुसार ३३ हजार हेक्टर जमीनमा सिँचाइ पु¥याउने आयोजनाको लक्ष्य रहेको जानकारी दिए ।

    उहाँले आयोजनाअन्तर्गत १३ किलोमिटर नहर सकेर हालै पुनः थप १५ किलोमिटर नहर निर्माणको काम थालेको छ । पन्ध्र किलोमिटर नहर निर्माणको काम सम्पन्न भए कञ्चनपुरको शुक्लाफाटा नगरपालिकाको फुलेलीसम्म मूल नहर पुग्नेछ ।

    नहर निर्माण कार्यअन्तर्गत अहिले ‘साइफन’, कल्र्भटलगायतको निर्माण भइरहेको छ भने नहर निर्माण क्षेत्रमा पर्ने मुआब्जाको विषय किनारा लाग्न बाँकी नै छ । मुल नहरसँगै शाखा नहर निर्माणको कुनै सुरसार छैन । “हाल चालू रहेको निर्माण सक्न हामीलाई रु ८० करोड आवश्यकपर्ने भए पनि रु १५ करोड मात्रै विनियोजन भएको छ”, निर्देशक थापाले भने, “बजेट, मुआब्जा विवादलगायतका कारणले आयोजना ढिलो हुँदै गएको हो ।” बजेट अभावका कारण ठेक्का भएको काम पनि समयमा सक्न समस्या हुने उनको भनाइ छ ।

    “शाखा नहरको निर्माण पनि प्रक्रिया अघि बढेको छ”, थापाले भने, “त्यसका लागि थोरै रकम विनियोजन भएको छ ।” आयोजनाअन्तर्गत कञ्चनपुर र कैलालीको मालाखेती क्षेत्र गरी करीब ३५ हजार हेक्टर जमीन सिँचाइ सुविधा पु¥याउने आयोजनाको लक्ष्य हो ।

    कछुवा गतिमा नहर निर्माणको काम भइरहेको भए पनि महाकालीको पानी नहरमा बग्ने विषय अझै अनिश्चित छ । सन्धि भएको दुई दशक बितिसक्दा पनि भारतले आफ्नो भूमिमा बनाउनुपर्ने नहर निर्माणमा चासो नदिँदा अन्योलता थपिएको हो ।

    सन् २०२२ सम्म पूरा गर्ने आयोजनाको लक्ष्य रहे पनि समयमा पूरा हुने सम्भावना टर्दै गएको छ । रु २७ अर्ब लागत अनुमान गरिएको आयोजनाअन्तर्गत कैलालीको मालाखेतीमसम्म १५२ किलोमिटर मूल नहर निर्माण गर्नुपर्ने उल्लेख छ । हालसम्म नहर निर्माण र मुआब्जा गरी रु अढाइ अर्ब खर्च भइसकेको छ ।

    भारतले टनकपुर बाँधबाट सुक्खायाममा महाकालीको ३०० क्युसेक तथा वर्षा याममा एक हजार क्युसेक पानी उपलब्ध गराउने महाकाली सन्धिमा उल्लेख छ । सन्धिअनुसार नहर निर्माणको काम सकेर किसानलाई सहुलियत प्रदान गर्न यहाँको स्थानीयवासीको माग रहेको छ ।

    विसं २०५२ माघ २९ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री पिभी नरसिंह रावबीच महाकाली सन्धि भएको थियो । दुई देशका सरकार प्रमुखहरुबीच भएको सन्धिको कार्यान्वयन यतिका समय सकिंदासम्म पनि कार्यान्वयन नहुँदा किसानले सिँचाइ सुविधा पाउन सकेका छैनन् । त्यसपछि पनि पटकपटक यसको कार्यान्वयन हुनुपर्नेमा कुटनीतिक तहदेखि जनस्तरबाट पनि आवाज उठ्दै आएको छ ।

    पञ्चेश्वर परियोजना र महाकाली नदीको एकीकृत विकाससम्बन्धी गरिएको उक्त सन्धिको धारा (२) को उपधारा २ ‘क’ मा भारतले टनकपुर बाँधबाट नेपालले पाउने पानी प्रवाहित गर्नका लागि हेड रेगुलेटर र नेपालको सीमासम्म नहर निर्माण गर्नुपर्ने उल्लेख थियो ।

    Facebook Comments Box

    महाकाली सिँचाइ
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.