Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Sunday, November 8
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » प्रस्तावित प्रधानन्यायाधीशलाई सांसदको प्रश्न: ‘किन सरकारी जग्गा व्यक्तिको नाममा फैसला भो’

    प्रस्तावित प्रधानन्यायाधीशलाई सांसदको प्रश्न: ‘किन सरकारी जग्गा व्यक्तिको नाममा फैसला भो’

    पहिलोक्लिकपहिलोक्लिकDecember 30, 2018No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफ्नो कार्यकालमा न्यायलयमा देखिएका अनियमितता र भ्रष्टाचारको अन्त्य गर्न प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    सङ्घीय संसद् मातहतको संसदीय सुनवाइ समितिमा आज सुनुवाइका क्रममा उनले नागरिकलाई न्यायमा ढिलाइ भएमा प्रभावकारी अनुगमन गर्ने उल्लेख गर्दै भने, “न्यायालयको विकृति र विसङ्गतिको अन्त्य गर्न र विचौलिया रोक्न मेरो प्रयास हुनेछ ।” प्रस्तावित प्रधानन्यायाधीश जबराले न्याय दिनमा ढिलासुस्ती भएमा न्यायाधीशको आचारसंहिताको कडाइका साथ पालना गरिने र सोअनुसार भए नभएको अनुगमन गर्ने कार्ययोजना सुनाए ।

    संवैधानिक इजलासमा रहेका मुद्दालाई प्राथमिकता दिनेलगायतका १५ बुँद्धे कार्ययोजना सार्वजनिक गर्दै उनले थपे, “पूराना मुद्दालाई प्राथमिकताका साथ हेरिने छ, वृद्धा र थुनुवा मुद्दालाई विशेष प्राथमिकता दिइनेछ ।” उनले फैसला कार्यान्वयन वर्षलाई प्रभावकारी कार्यान्वयन गर्न समेत आफ्नो ध्यान केन्द्रित हुने बताए।

    न्यायाधीश जबराको कार्यकालमा तत्कालीन पुनरावेदन अदालतमा रहँदा चार हजार ५०० र सर्वोच्च अदालतमा रहँदा छ हजार ४३८ मुद्दा गरी करीब ११ हजार थान मुद्दामा उहाँसहितको इजलासले फैसला गरेको छ । उनले हेरेका विशेष मुद्दामा सौतेनी आमाको अंशमा अधिकार र गुठी सञ्चालनमा छोरीको हकका विषयमा आफूले महत्वपूर्ण फैसला गरेका छन् । सर्वोच्च अदालतमा आएर सरकारी जग्गा निजीकरण गरेको आरोप उहाँमाथि छ ।

    जबरालाई सांसदको प्रश्न

    प्रस्तावित प्रधानन्यायाधीश जबरालाई सांसदले वीरगञ्जको छप्कैयामा रहेको सार्वजनिक पोखरी निजीकरण गरेको, क्यासिनो रोयलको मुद्दामा विचौलियासँग साँठगाठ गरेको र तत्कालीन राजा वीरेन्द्रको ट्रष्टमा रहेको सम्पति पूर्व राजा ज्ञानेन्द्रकी छोरीलाई दाइजोमा दिने फैसला गरेको प्रति गम्भीर प्रश्न गरेका थिए ।

    समितिका सांसदहरु राजेन्द्र श्रेष्ठ, जीतेन्द्र देव, ज्ञानेन्द्रबहादुर काकी, पूर्णाकुमारी सुवेदी, सुमनराज प्याकुरेल र पुष्पा भूसालले विगतमा सरकारी जग्गा निजीको नाममा गर्ने र ट्रष्टको सरकारको सम्पति प्रेरणालाई दाइजोमा दिने खालका फैसला राष्ट्रहितविपरीत रहेको उल्लेख गरेका थिए । सांसद शिवकुमार मण्डलले प्रश्न गर्ने क्रममा भने, “तपाईको न्यायलय प्रवेश गर्ने बेलामै ब्ल्याकमेलबाट भएको थियो, जुवातासजस्तो अपराधलाई बौद्धिक मनोरञ्जन भनेर फैसला कसरी गरे गर्नुभयो ? न्यायालयले समाजलाई सभ्य बनाउँछ कि विसङ्गति तिर लैजान्छ ?”

    सांसद योगेश भट्टराईले अदालतले दिने सरकारका विकास निर्माणमा अवरोध गर्ने अन्तरिम आदेशले करोडौँ रुपैयाँका विकास निर्माणमा नोक्सानी भएको र अदालतले देश बनाउनुपर्ने अवस्थामा सरकारको क्रियाकलापमा हस्तक्षेप गर्ने काम गर्ने गरेकोप्रति ध्यानाकर्षण गराए । सांसद पार्वत गुरुङले न्याय क्षेत्रले देशको सार्वजनिक सम्पतिलाई निजीकरण गर्ने, न्यायको क्षेत्रमा देखिएका दोषीलाई कारबाही नगर्ने र सरकारविरुद्ध फैसला गर्न पाएमा महानता ठान्नेजस्ता कुराले राष्ट्रलाई कमजोर बनाएको उल्लेख गर्नुभयो । प्रस्तावित प्रधानन्यायाधीश जबराविरुद्ध नौ उजुरी परेका थिए । उजुरीकै विषयमा समितिका सांसदले प्रश्न गरेका थिए ।

    आन्दोलनका कारण सुनवाइ प्रभावित

    प्रस्तावित प्रधानन्यायाधीश जबराको संसदीय सुनुवाई कर्मचारीको आन्दोलनका कारण पूरा हुन पाएन । सुनुवाई आज २ बजेका लागि बोलाइएको थियो । जबराले आफ्ना १५ बुँदे आफ्नो कार्ययोजना पेश गरेर सांसदले प्रश्न राख्ने क्रम जारी थियो ।

    समितिका सभापति लक्ष्मणलाल कर्णले अपराह्नको ४ बज्न ३ मिनेट मात्र रहेको र छिटो प्रश्न गर्न आग्रह गर्नुभयो । समितिमा सदस्य पार्वत गुरुङ् बोल्दाबोल्दै तीन मिनेट मात्र बाँकी छ भनेर जानकारी गराए । कर्मचारी आन्दोलनका कारण आफूले बैठक अर्को दिन सार्नुपर्ने सुनाए । सांसदहरुले सुनुवाई प्रक्रिया आजै सम्पन्न गर्नुपर्ने माग गरेपछि समितिका सभापति कर्णले कर्मचारीको आन्दोलनका कारण यो सम्भव नभएको भन्दै बैठक मङ्गलबार ११ बजेलाई बोलाए ।

    Facebook Comments Box

    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.