काठमाडौं: प्रधानन्यायाधीशमा प्रस्तावित चोलेन्द्र शमसेर जबराको नाम संसदीय सुनुवाई विशेष समितिले मंगलबार अनुमोदन गरेको छ ।
अनुमोदनसँगै अव उनलाई प्रधानन्यायाधीश बन्ने बाटो खुलेको छ।
संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । राणार चार वर्षसम्म प्रधानन्यायाधीश पदमा रहने छन् ।
यसअघि आजै संसदीय सुनुवाई विशेष समितिले जबराविरुद्ध प्राप्त उजुरीबारे उनीसँग छलफल गरेको थियो । छलफलको क्रममा उनले आफूले खराब नियत राखेर नियमविपरित काम नगरेको बताएका थिए ।
उनले आफू प्रधानन्यायाधीश बनेमा आफ्नो अनुहार कुरुप हुने कुनै पनि काम नगर्ने प्रतिवद्धता जनाएका थिए ।
संसदीय सुनुवाई विशेष समितिमा चोलेन्द्रविरुद्ध ९ वटा उजुरीहरु परेका थिए । ति उजुरीहरुबारे उनीसँग छलफल गरेपछि समितिले सर्वसम्मत नाम अनुमोदन गरेको हो ।