काठमाडौं, मंसिर ११ । काठमाडौं जिल्ला अदालतले पूर्वमुख्यसचिव एकनारायण अर्याललाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।
शुक्रबार अदालतमा उपस्थित गराइएका अर्यालमाथि थप अनुसन्धानका लागि प्रहरीले चार दिनको म्याद पाएको हो।
मलेसियामा वैदेशिक रोजगारीमा जाने श्रमिकको बायोमेडिकल सेवा शुल्क असुलीसम्बन्धी प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अर्यालमाथि अनुसन्धान गरिरहेको छ।
यस प्रकरणमा अनुसन्धानका लागि भारतमा पक्राउ परेका अर्याललाई प्रहरीले बिहीबार काठमाडौं ल्याएको थियो।
उक्त प्रकरणमा प्रहरीले यसअघि नै दुई पूर्वमन्त्रीसहित १० जनालाई पक्राउ गरिसकेको छ।
Facebook Comments Box

