काठमाडौँ: सन् हियुंङ मिनको गति र बेजोडको लयले दक्षिण कोरिया एसियन कप फुटबलमा ५९ वर्षे प्रतीक्षा समाप्त गरी महादेशीय बादशाहको रुपमा ताज जित उत्सुक छ । यसपल्टदेखि विस्तार गरेर २४ टोली सहभागी हुने एसिया कप शनिबार युएईमा शुरु हुँदै छ।
साविक विजेता अस्ट्रेलिया, चारपल्टको विजेता जापान, कार्लोस क्विरोजको प्रशिक्षणलमा रहेको इरान र आयोजक युएई प्रतियोगिताका स्वाभाविक दावेदार हुन्।
तर सबै टोली पाउलो बेन्टोको प्रशिक्षणमा रहेको कोरियालीलाई छल्न चाहन्छन्।
सन् २०१५ को उपविजेता दक्षिण कोरियाले हालैका दिनमा अन्तर्राष्ट्रियस्तरमा अलग पहिचान बनाएको छ। विश्वकपमा साविक विजेता जर्मनीलाई समुहा चरणबाटै घर पठाएको कोरियाले त्यसको दुई महिनापछि १८ औं एशियाली खेलकुदमा स्वर्ण जितेको थियो।
२६ वर्षीय सन दक्षिण कोरियाकाको दुवै सफलतामा निर्णायक भूमिकामा रहे।
विश्वकपभन्दा पनि एशियाली खेलकुदमा स्वर्ण जित्दा उनलाई व्यक्तिगत रुपा बढी फाइदा भयो।
सनले एशियाली खेलकुदमा स्वर्ण जितेपछि हरेक कोरियालीले अनिवार्य गर्नुपर्ने २१ महिने सैन्य सेवा छुट पाए।
दुवै खुट्टा समान चलाउन सकेन सन प्रिमियर लिग क्लब टोटेनहमका खतरनाक स्ट्राइकर उच्च लयमा छन्।
सन् २०१५ को फाइनलमा अस्ट्रेलियासंग अतिरिक्त समयमा 2-१ ले पराजित कोरियाली टोलीले १९६० यता एशियाली कप जित्न सकेको छैन।
