काठमाडौँ: नेपाल राष्ट्र बैंकले ४ अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल आज सोमबार बिक्री गर्ने भएको छ । केन्द्रिय बैंकले २८ दिने अवधिको तीन अर्ब २५ करोड रुपैयाँको र ९१ दिने अवधिको एक अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।
उक्त ट्रेजरी बिल खरिदका लागि आज सोमबार (पुष २३ गते) सोमबार अपरान्ह २ बजेसम्म आवेदन दिइसक्नु पर्ने राष्ट्र बैंकले जनाएको छ ।
डिसकाउन्ट दर १५ प्रतिशत रहेको उक्त ट्रेजरी बिलको आम्दानीमा कर लाग्ने छ ।
२८ दिने अवधिको ट्रेजरी बिल माघ २२ गते र ९१ दिने अवधिको ट्रेजरी बिल चैत १२ गते परिपक्व हुने राष्ट्र बैंकले जनाएको छ ।
Facebook Comments Box