भक्तपुर : सूर्यबिनायक नगरपालिका–५ सल्लाघारी चोकस्थित भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ
सिर्जनानगरबाट दुवाकोटतर्फ जाँदै गरेको बा ९४ प ७१७४ नं को मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक भक्तपुरको चाँगुनारायण नगरपालिका–४ बस्ने २९ वर्षीय शहीद तामाङको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए
दुर्घटनामा मोटरसाइकलमा सवार दुईजना घाइते भएको र तामाङको उपचारको क्रममा इवामुरा अस्पताल सल्लाघारीमा मृत्यु भएको र अर्का घाइते चाँगुनारायण नपा ४ बस्ने २७ वर्षीय सेरवबहादुर तामाङको सोही अस्पतालमा उपचार भइरहेको उनले बताए ।
Facebook Comments Box