Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
    • अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
    • पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
    • राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
    • बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
    • लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
    • कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
    • मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Sunday, November 8
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » धरहरा निर्माण: दूरसञ्चार क्षेत्रबाट पौने दुई अर्ब संकलन, पहिलो नम्बरमा एनसेल

    धरहरा निर्माण: दूरसञ्चार क्षेत्रबाट पौने दुई अर्ब संकलन, पहिलो नम्बरमा एनसेल

    पहिलोक्लिकपहिलोक्लिकJanuary 10, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौं : टेलिकम क्षेत्रबाट धरहरा निर्माणका लागि पौने दुई अर्ब रुपैयाँ संकलन भएको छ। भूकम्पले क्षति पुर्‍याएका सांस्कृतिक सम्पदा पुनर्निर्माणका लागि आर्थिक वर्ष २०७२/७३ को बजेटमा दूरसञ्चार सेवा दस्तुरको १ प्रतिशत सम्पदा कोषमा जाने उल्लेख थियो। अर्थमन्त्री डा.रामशरण महतले प्रस्तुत गरेको बजेटमा ‘हाम्रो धरोहर–हाम्रै दायित्व’ शीर्षकमा राष्ट्रिय पुनर्निर्माण कोष अन्तर्गत छुट्टै सम्पदा कोष बनाइने उल्लेख थियो।

    त्यसअघि दूरसञ्चार सेवा दस्तुरका रूपमा १० प्रतिशतमात्रै बुझाउँदै आएका टेलिकम सेवा प्रदायक कम्पनीले १ प्रतिशत थप गरी ११ प्रतिशत बुझाउँदै आएका थिए। २०७२/७३ देखि आर्थिक वर्ष २०७४/७५ सम्म उक्त कोषमा एक अर्ब ७९ करोड ३७ लाखभन्दा बढी रुपैयाँ जम्मा भएको नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार कोष सुरु भएको पहिलो वर्ष कुल ६१ करोड सात लाख संकलन भएको थियो। त्यसमा नेपाल टेलिकमबाट २६ करोड ३६ लाख, एनसेलबाट ३४ करोड २७ लाख, स्मार्ट टेलिकमबाट ३७ लाख ९३ हजार, यूटीएलको चार लाख ३० हजार र नेपाल स्याटलाइट टेलिकम (हेलो नेपाल) बाट एक लाख ७८ हजार संकलन भएको थियो।

    आर्थिक वर्ष २०७३/७४ मा अघिल्लो आवको तुलनामा संकलन भएको रकमा केही कमी आएको देखिन्छ। यो आवमा कुल ५८ करोड ६६ लाख ८८ हजार रुपैयाँ संकलन भएको थियो। आव २०७४/७५ मा पाँच सेवा प्रदायक कम्पनीबाट कुल ५९ करोड ६२ लाख १९ हजार रुपैयाँ संकलन भएको छ।

    हिलो वर्षको तुलनामा पछिल्ला आर्थिक वर्षमा संकलन भएको रकमले पनि दूरसञ्चार क्षेत्रमा पछिल्लो समय घटिरहेको व्यापारलाई दर्शाएको छ। कोष स्थापना भएको तीन आवमा नेपाल टेलिकमबाट कुल ८३ करोड ९८ लाख ६३ हजार, एनसेलबाट ९४ करोड दुई लाख २१ हजार, स्मार्ट टेलिकमबाट एक करोड २७ लाख ७१ हजार, यूटीएलको ६ लाख ३० हजार र हेलो नेपालबाट दुई लाख १७ हजार संकलन भएको प्राधिकरणको तथ्यांकमा उल्लेख भएको छ। यो अवधिमा एनसेलबाट सबैभन्दा बढी रकम संकलन भएको देखिन्छ। दोस्रोमा नेपाल टेलिकम छ। यसबाहेक नेपाल टेलिकमले धरहरा पुनर्निर्माणका लागि एक अर्ब रुपैयाँ सहयोग घोषणा गरेको थियो। सांस्कृतिक सम्पदा पुनर्निर्माणका लागि बनाइएको यो कोषलाई केपी ओली प्रधानमन्त्री भएपछि गुम्राहमा राखियो। पहिलोपटक प्रधानमन्त्री भएपछि ओलीले जनताबाट चन्दा संकलन गरेर ‘म बनाउँछु मेरो धरहरा’ अभियानको घोषणा गरेका थिए।

    Facebook Comments Box

    दूरसञ्चार क्षेत्र धरहरा
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल

    November 4, 2026

    अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त

    November 4, 2026

    पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता

    November 4, 2026

    राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी

    November 1, 2026

    बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’

    October 30, 2026

    कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने

    October 29, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.