काठमाडौँ: सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षको रुपमा मनाउने र कम्तिमा २० लाख पर्यटक भित्राउने लक्ष्य लिएको सन्दर्भमा अध्यागमन बिभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र अन्य १० वटा नाकाहरुमा एक-एक वटा ‘डेडिकेटेड डेस्क र टिम’ (कटिवद्ध कक्ष र समूह) परिचालन गर्ने भएको छ।
यसका लागि विभागले नेपाल भ्रमण वर्ष २०२० को सचिवालयसंग समन्वय गरेर काम गर्ने समेत जनाएको छ।
विभागका सहसचिव तथा महानिर्देशक ईश्वरराज पौडेलले पहिलोक्लिकसंग कुरा गर्दै भने, भ्रमण वर्षको अवधीभर अध्यागमन कार्यालयहरुमा पर्यटकको स्वागत, भिसा सहजीकरण र सूचना प्रदान लयातका कार्य स्थापना हुने डेस्कले गर्नेछ।
पर्यटनमंत्रीको रुपमा रबिन्द्र अधिकारी आउने बितिकै उनले पहिलो आफ्नो फाइलमा २०२० मा २० लाख पर्यटक भित्राउने अभियान संचालन गर्ने फाइलममा २०७४ चैत्र २ गते हस्ताक्षर गरेका थिए।
यो भ्रमण वर्ष खासमा सन् २०१८ मै गर्ने सरकारको लक्ष्य भएपनि पोखरामा बन्दै गरेको दोश्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सकिने हुँदा यो २०२० का लागि तय गरिएको कार्यकम हो।
अहिले पोखरामा बन्दै गरेको अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य ९५ प्रतिशत सकिएको र अवको ६ महिनभित्र सकिने भनिएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीको इच्छामा त्रिवि विमानस्थललाई एउटा ‘बुटिक एरपोर्ट’ को रुपमा विकास गर्ने लक्ष्य समेत रहेको हुँदा पनि अग्ध्यागमन बिभागले देशका कूल ११ वटा अध्यागमन कार्यालयहरुमा यस्तो डेडिकेटेड डेस्क र टिम परिचालन गर्ने निर्णय भएको हो, पौडेलले भने।
यसको मुख्य उदेश्य भनेकै जहीं कतैबाट प्रवेश गर्ने विदेशी पर्यटकहरुको स्वागत र सहजीकरण गर्ने नै हुनेछ जसको लागि हामीले अहिलेदेखी नै तयारीहरु थालेका हौँ, उनले भने।
अध्यागमनको एक तथ्याङ्क अनुसार सन् २०१८ मा ११ लाख ७३ हजार ३५८ विदेशी नागरिक नेपाल भित्रिएका थिए भने ११ लाख ८० हजार २५९ वाहिरिएको तथ्याङ्क रहेको छ।
यसै अवधिमा १२ लाख ६२ हजार ५९५ हाजर नेपाली नेपाल प्रवेश गरेको र १२ लाख ६९ हजार ७२५ नेपाली विदेश प्रस्थान गरेको अभिलेखबाट देखिन्छ।
यो तथ्याङ्क हेर्दा एक वर्षको अवधिमा मात्रै नेपाली र विदेशी गरेर कूल ४८ लाख नागरिक नेपाल प्रवेश गर्ने र बाहिरिने गरेको बुझ्न सकिन्छ, पौडेलले भने।
यो तथ्यांक सन् २०२० सुरु भएपछी त झन् नेपाल सराकारका विभिन्न कार्यक्रम र निजी क्षेत्रबाट पनि आयोजना हुने प्रवर्धनात्मक कार्यक्रमहरुले गर्दा यसको तथ्यांक झन् बढ्नेछ। त्यसका लागि पनि हामीले हाम्रा अध्यागमन कार्यालयहरुको स्तरउन्नोती र आधुनिक बनाउनु पर्ने हुन्छ, पौडेलले भने।
यस्तै २०७५ साउन १ देखि यही पुस १५ गते २०७५ सम्म अध्यागमन विभाग र मातहत कार्यालयहरुबाट कुल एक अर्व तीस करोड ७० लाख ४१ हजार १२० रुपैयाँ राजस्व संकलन भएको पनि उनले जानकारी दिए।
पौडेलका अनुसार गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पनि अवको केहि महिनामै संचलानमा आउने भएकाले पनि हाम्रो कार्यालयले पनि आवश्यक तयारी प्रारम्भ गरिसकेका छौं। यस विमानस्थलले पनि २०२० को लक्ष्य भेटाउने थप सहयोग सिद्ध हुने उनको बिचार छ।